देशको खबर

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ शुरु

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज सुनुवाइ शुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासमा पेशी तोकिएको छ । यसअघि सो इजसालले यही पुस १० गतेको सुनुवाइपछि अ�. . .


सात किलो चरेससहित होटेल सञ्चालक पक्राउ

कैलालीमा लागुऔषध चरेससहित एक होटेलका सञ्चालकलाई प्रहरीले आज पक्राउ गरेको छ । गोदावरी नगरपालिका–२ रिङरोडस्थित न्यू जानकी होटेल एन्ड लजको १०२ नं कोठाबाट सात किलो चरेससहित सोही होटेलका सञ्चालक बलबहादुर धामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकार�. . .


नेपालको पैसामा पृथ्वीनारायण शाहको तस्वीर राख्न सरकारलाई सुझाव

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह नेपालको परिचय र पहिचानको प्रतीक भएकाले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस भव्यरुपमा मनाउन सम्पूर्ण तह र तप्कासगँ आह्वान गरिएको छ । समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउनुभएका व्यक्तिले पृथ्वीनारायणको योगदानको सम्मान गर्दै उहाँको तस्वीर अङ्कित गर�. . .


राजधानी अत्यन्त प्रदुषित: दीर्घरोगी र वृद्धवृद्धा बाहिर ननिस्कन सरकारको आग्रह

मीनपचासको जाडो, विगत दुई दिनदेखि राजधानी काठमाडौँमा घाम लागेको छैन । जाडोयाममा घाम नलाग्दा त्यसले वृद्धवृद्धा, बालबालिका र दीर्घरोगीलाई सबैभन्दा बढी मारमा पारेको छ । काठमाडौँमा धुम्म तुवाँलो लागेको छ । तुवाँलोका कारण घाम लाग्न सकेको छैन । आज बिहान हल्का वर्षा भए पनि तुवाँलो हट्न सकेको छैन । हावा नचल्�. . .


तीर्थस्थल देवघाटमा माघेसङ्क्रान्ति मेला नहुने

पवित्र तीर्थस्थल देवघाटमा यस वर्ष माघेसङ्क्रान्ति मेला नहुने भएकोे छ । कोरोना सङ्क्रमण जोखिमका कारण हरेक वर्ष देवघाटमा हुने माघे सङ्क्रान्तिको मेला यस वर्ष नहुने देवघाट क्षेत्रविकास समितिले जनाएकोे छ । समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेका अनुसार तीन जिल्लाका सुरक्षा निकायका प्रमुख एवं. . .


ढुङ्गाले लागेर एक मजदूरको निधन

नाली निर्माणका क्रममा ढुङ्गाले लागेर एक मजदूरको आज घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा नौकुण्ड गाउँपालिका वडा नं १ संयूल निवासी ४२ वर्षीय दमै थोक्रा छन् । गोसाइँकुण्ड गाउँपालिका वडा नं ६, पासाङल्हामु मार्गको धुञ्चेदेखि केबु हुँदै त्रिशूली नदी किनारको मैलुङ राजमार्ग जोड्ने नयाँ सडकको नाली न. . .


कैलालीमा भन्सार छली ल्याइएको सामग्री बरामद

सत्ती भन्सार कार्यालय कैलालीले भन्सार छलेर ल्याइँदै गरेका सामग्री बरामद गरेको छ । भन्सार कार्यालयको गस्ती टोलीले आज बिहान रु ६ लाख २५ हजार ७० मूल्य बराबरका कपडा र सौन्दर्य प्रसाधनका सामान तथा रु नौ लाख मूल्य बराबरको पिकअप भ्यान बरामद गरेको हो । भन्सार कार्यालयले टीकापुर नगररपालिका–८ वनगाउँ नजीकैबा�. . .


अदालतका सहयोगीमा पहिलो पल्ट महिला सिफारिश

सर्वोच्च अदालत बार एशोसिएशनले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइका लागि अदालतको आदेशानुसार समावेशी बनाउने उद्देश्यले अदालतका सहयोगीमा वरिष्ठ अधिवक्ता गीता पाठकको नाम सिफारिश गरेको छ । सर्वोच्च अदालत बारको सोमबार बसेको कार्यसमितिको बैठकले वरिष्ठ अधिवक्ता पाठकको नाम सिफारिश गरेको बार. . .


सुनको मूल्य तोलामा रु १,१०० ले उकालो लाग्यो

स्थानीय बजारमा आज पहेंलो धातुको मूल्यमा रु एक हजार १०० ले वृद्धि भएको छ । छापावाला सुन आज प्रतितोला रु ९६ हजार ४०० मा कारोवार हुने गरी मूल्य निर्धारण गरिएको छ । छापावाला सुन सोमबार प्रतितोला रु ९५ हजार ३०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन आज प्रतितोला रु ९५ हजार ९०० मा कारोवार हुने गरी मूल्य निर्�. . .


सप्तरीमा ट्रकको ठक्करबाट एकको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको वीरेन्द्र बजारमा आज बिहान ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको विष्णुपुर गाउँपालिका–१ का ३५ वर्षीय रामकुमार खत्वे मण्डल रहेकोे प्रहरी उपरीक्षक राजेन्द्र धमलालले जानकारी दिनुभयो । ठक्करबाट गम्भीर घाइते भएका मण्डलको स्थानीय अस्प�. . .


होमस्टेले ल्यायो महिलाहरुको जीवनमा परिर्वतन

घरधन्दामा मात्रै सीमित हुने गलकोटका महिलाहरु घरबास(होमस्टे) का कारण जीवन नै परिवर्तन हुन थालेको बताउछन् । घाँस, दाउरा र मेलापातमा मात्रै सीमित हुँदा आर्थिक सङ्कट भोग्दै आएका यहाँका महिलाहरु घरबास सञ्चालनसँगै सक्षम बन्दै गएका छन् । घरबासले आर्थिक मात्रै होइन सामाजिक जीवनमा समेत परिवर्तन ल्याएको घरब�. . .


हाइटेन्सनबाट जमिनमा विद्युत प्रसार हुँदा करेन्ट लागि जङ्गली भालुको मृत्यु

उदयपुर जिल्लाको कटारी नगरपालिकास्थित मिर्चैया–कटारी चुरेखण्डको जङ्गलमा हाइटेन्सन भोल्टेजको विद्युत् तारको करेन्टका कारण जङ्गली भालुको मृत्यु भएको छ । डिभिजन वन कार्यालय त्रिवेणी कटारीका अनुसार सिरहाको मिर्चैयाबाट कटारी खण्डमा विस्तार गरिएको उक्त विद्युत् तारबाट चिसो जमिनमा करेन्ट प्रवाह हुँद. . .