देशको खबर

सभामुखद्वारा कम्बल वितरण

वाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले वाग्मती प्रदेशअन्तर्गत मकवानपुर जिल्लाको विकट कैलाश गाउँपालिकाका ४२५ घर परिवारलाई कम्बल वितरण गर्नुभएको छ । सामाजिक संस्था बाल विकास कार्यक्रम नेपालको आयोजना एवं केएफएचआइ नामक संस्थाको सहयोगमा बुधबार उहाँले कैलाश गाउँपालिका वडा नम्बर ३, ४, ९ र १० का ४२५ . . .


क्लिनफिडले बन्द टेलिभिजन च्यानल पुनः सञ्चालन

सरकारले गत कात्तिक ८ गतेदेखि नेपालमा सञ्चालित विदेशी टेलिभिजन च्यानल पूर्णरुपमा विज्ञापनरहित (क्लिन फिड) लागू भएपछि रोकिएका च्यानल पुनः सञ्चालनमा आएका छन् । विदेशी टेलिभिजन च्यानल विज्ञापनरहित भएको करीब २ महिनापछि डिसहोम मिडिया प्रालिबाट प्रसारण हुने स्टार नेटवर्कअन्तर्गतका ३२ वटा च्यानल मङ्गलब�. . .


नेप्सेमा झिनो गिरावट: पाँच अर्बको कारोवार

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ६.२० बिन्दुले ओरालो लागेर २०५५.२२ मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक ०.४३ बिन्दुले घटेर ३८६.९८ मा ओर्लेको छ । कूल १९९ कम्पनीको एक करोड पाँच लाख ५८ हजार ३९१ कित्ता शेयर रु पाँच अर्ब १�. . .


नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ५० हजार बढि

नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या अढाइ लाख नाघेको छ । आज थप ७३६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ५० हजार ९१६ पुगेको छ । पछिल्लो २४ घण्टामा पाँच हजार ५५५ जनाको पिसिआर परीक्षण गरिएको थियो । हालसम्म १८ लाख ४९ हजार १३६ ज. . .


समाधानको बाटोमा नेकपा विवाद

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयको सहमतिका आधारमा स्थायी कमिटीको बैठक चल्न थालेपछि पार्टीभित्रको अन्तरविरोध निकासतर्फ उन्मुख देखिएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको छलफलमा सरकारको सिफारिशमा राष्ट्रपतिबाट मङ्गल�. . .


मर्जरको तयारीमा हिमालयन बैंक, समिति गठन

निजी क्षेत्रको अग्रणी बैंक हिमालयन बैंक लिमिटेडको सञ्चालक समितिले मर्जर तथा प्राप्तिका लागि एक समिति गठन गरेको छ । बैंकका सञ्चालक सुनिलबहादुर थापाको संयोजकत्वमा मर्जर/एक्युजिसन उपसमिति गठन गरेको हो । नेपालको वित्तीय क्षेत्रलाई सबल तथा सक्षम बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले अगाडि सारे�. . .


अवैध औषधिसहित ८ पक्राउ

जिल्ला प्रहरी कार्यालयले अवैध औषधिसहित ८ जनालाई पक्राउ गरेको छ । कार्यालयले आज पत्रकार सम्मेलन गरी पक्राउ परेकालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा कालिका नगरपालिका–४ का २८ वर्षीय राजकुमार महतो, सोही नपा वडा नं ३ का ३१ वर्षीय हरिशरण चौधरी, माडी नगरपालिका–३ का २२ वर्षीय बालकृष्ण महतो र मिलन महतो, मक�. . .


कारागारमा कैदीको मृत्यु

कारागार कार्यालय चितवनमा रहेका एक कैदीको क्षयरोगका कारण मृत्यु भएको छ । आज बिहान मृत्यु हुनेमा पोखरा महानगरपालिका २१ का ४२ वर्षीय जीतेन्द्र कार्की रहेका छन् । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार लामो समयदेखि श्वासप्रश्वासको समस्या भई उपचारका क्रममा क्षयरोगको सङ्क्रण पुष्टि भएका उनको भर�. . .


नेकपा अध्यक्षद्वयबीचको छलफल

पार्टीभित्रको विवाद समाधानलगायत विषयमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ । उहाँहरुको छलफल सकिएकाले स्थायी कमिटीको बैठक आरम्भ हुने अपेक्षामा नेताहरु छन् । अपरा. . .


सुनको मूल्यमा रु ८०० वृद्धि

स्थानीय बजारमा आज सुनको मूल्यमा प्रतितोला रु ८०० ले उकालो लागेको छ । पछिल्ला केही दिन झण्डैझण्डै स्थिर जस्तै रहेको सुनको मूल्यमा आज भने वृद्धि देखिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ९३ हजार १०० मा कारोबार भएको छ । मङ्गलबार छापावाला सुन प्रतितोला रु ९२ हजार ३. . .


प्रज्ञासभाबाट विभिन्न पुरस्कार घोषणा

नेपाल प्रज्ञा–प्रतिष्ठानको ३५औँ प्राज्ञसभाले विभिन्न विज्ञ र स्रष्टालाई पुरस्कृत गर्ने निर्णय गरेको छ । बैठकले रु दुई लाखको ‘नेपाल सामाजिक शास्त्र,संस्कृति,दर्शनशास्त्र पुरस्कार’ प्रा डा वीरेन्द्रप्रसाद मिश्र र ‘नेपाल प्रज्ञा भाषा पुरस्कार’ प्रा डा तेजरत्न कंसाकारलाई प्रदान गर्ने निर्णय गरेको . . .


पाँच शय्याको कोभिड अस्पताल स्थापना

सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुरमा पाँच शय्याको अस्थायी कोभिड–१९ अस्पताल स्थापना गरिएको छ । गाउँपालिकाको तीन महिनाको प्रयासमा कोभिड अस्पताल स्थापना भएकाले सबैको सहयोग र सहकार्य आवश्यक रहेको गाउँपालिकाका अध्यक्ष जागेश्वर यादवले बताउनुभयो । स्थापना गरिएको कोभिड अस्पतालका लागि एक मेडि�. . .