देशको खबर

सप्तरीमा टिपरकाे ठक्करबाट एक भारतीयको मृत्यु

सप्तरीको बोदेवरसाइन नगरपालिकास्थित गौरामा टिप्परले टेम्पोलाई ठक्कर दिँदा एकजना भारतीय नागरिकको मृत्यु र ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा विहार अररिया जिल्ला मोतिहारीग्राम पञ्चाय–७ बस्ने २६ वर्षीय मोहम्मद सदाम हुसेन रहेको इलाका प्रहरी कार्यालय बोदेवरसाइनले आज जनाएको छ । सप्तरीको बोदेवरसाइ�. . .


सवारी साधनको लाइसेन्स बनाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं । मध्यपुरथिमि नगरपालिका–९ राधेराधेमा रहेको इजीवे ट्रायल सेन्टरमा सवारी साधनको लाइसेन्स निकाल्न आउने व्यक्तिसँग पैसा दिए ट्रायल पास गराइदिन्छु भनी ठगी गर्दै हिँड्नेलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थिमि भक्तपुरबाट खटिएको प्रहरी टोलीले सोमबार सिन्धुपाल्चोक लिसङ्खुपा�. . .


पशुपतिमा साधुको शोभायात्रा आज

सरोज आचार्य काठमाडौँ, फागुन ६ गते । महाशिवरात्रि पर्व त्रिदिवसीय रूपमा मनाउने गरी पशुपति क्षेत्र विकास कोषले मङ्गलबार पर्व मनाउन आएका सबै साधुको उपस्थितिमा शोभायात्राको तयारी गरेको छ । कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाका अनुसार शोभायात्रामा सहभागी साधुको उपस्थितिअनुसार साधुलाई पर्व समापनपछि �. . .


सिरहा गोलबजारमा लागुऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ परे

सिरहा । सिरहा गोलबजार नगरपालिका ७, चोहर्वाबाट अवैध लागुऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २५ वर्षीय कृष्ण यादव र २० वर्षीय प्रवेश महतो छन् । उनीहरूको साथबाट ब्राउन सुगरको पोका ३० थान, मोबाइल ७ थान र नगद १५ हजार ९ सय ७५ रुपैयाँ बरामद भएको छ । इलाका प्रहरी कार्या�. . .


देशका अधिकांश भू–भागमा तुवाँलो , कारण यस्तो

काठमाडौँ, फागुन ५ गते । पछिल्लो केही दिनयता वायुमण्डलको प्रदूषणले काठमाडौँ उपत्यकासहित देशका अधिकांश भू–भागमा तुवाँलो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वायुमण्डलमा हावाको गति कम भएकाले तुवाँलो लागेको मौसमविद् मीनकुमार अर्यालले बताउनुभयो । “मौसम नखुले पनि तत्काललाई वर्षा हुने स. . .


निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फे कानुन मन्त्री नियुक्त हुने, सपथ आजै

काठमाडौ, फागुन ५ गते । निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फे कानुन न्याय तथा संसदीय मामिलामन्त्री नियुक्त हुने हुनु भएको छ । रिक्त रहेको कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गर्न लाग्नु भएकाे प्�. . .


पूर्वसभामुख कृष्णबहादुर महरा निर्दोष रहेको ठहर

पूर्वसभामुख कृष्णबहादुर महरालाई काठमाण्डू जिल्ला अदालतले जबरजस्ती करणी उद्योग मुद्दामा निर्दोष रहेको ठहर गरेको छ। लामो समय चलेको बहस आइतवार सकिएपछि न्यायाधीश अम्बरराज पौडेलको इजालसले सोमवार फैसला सुनाएको हो।अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले भने: "अभियोग दाबी नपुगेकाले उनले सफाइ पाउने �. . .


पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाबारे फैसला आज

काठमाडौं, फागुन ५ गते । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाबारे काठमाडौं जिल्ला अदालतले साेमबार फैसला गर्दैछ । पूर्वसभामुख महराविरुद्धको अन्तिम सुनुवाइ आइतबार सकिएको छ । जिल्ला अदालतका प्रवक्ता आनन्दकुमार श्रेष्ठका अनुसार मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । आइतबार समय अभावका कारण फैसल. . .


सकारात्मक समाचार : नेपालमा विद्युत् चुहावट नियन्त्रणले जोगियो १० अर्ब

रमेश लम्साल सरकारको सार्थक प्रयास तथा नेपाल विद्युत् प्राधिकरणको नियमित क्रियाशीलताका कारण विद्युत् चुहावटबाट खेर जाने रु १० अर्ब बराबरको रकम जोगिएको छ । प्राधिकरणले देशव्यापीरुपमा सञ्चालन गरेको चोरी तथा चुहावट नियन्त्रणको सार्थक परिणाम देखापरेको छ । चुहिएर जाने विद्युत्को समेत आर्थिक लाभ प्रा�. . .


तोकेको समयमा लाग्दैन फोन , मापदण्ड पूरा गर्न सेवा प्रदायकहरू करिब असफल देखिए

काठमाडौँ, फागुन ४। भ्वाइस सेवाका लागि नियामकले निर्धारण गरेको मापदण्ड पूरा गर्न सेवा प्रदायकहरू करिब असफल देखिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले चलायमान सवारीसाधनमा उपकरणको माध्यमबाट गरेको ‘ड्राइभ टेस्ट’ले तोकेको समयभित्र सेवा प्रदायकको फोन कल स्थापना हुन नसकेको देखाएको हो । दमक नगरपालिका र. . .


वुहानबाट १७५ जनालाई ल्याइयो : खरिपाटीस्थित क्वारेन्टाइनमा

भक्तपुर, फागुन ४ गते । चीनको वुहानबाट फर्काएर नेपाल ल्याइएका १७५ जनालाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रमा निर्माण भएको क्वारेन्टाइनमा राखिएको छ । आज विहान उनीहरुलाई विमानस्थलबाट बसमा सल्लाघारी, जगाती, च्यामासिंह, कमलविनायक हँुदै खरिपाटीस्थित क्वारेन्टाइनमा ल्य�. . .


प्रदेश नं २ सरकारको ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

प्रदेश नं २ सरकारले सञ्चालन गरेको ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रम अन्तर्गत सञ्चालित छोरी शिक्षा बीमा शिविर सिरहा जिल्लामा प्रभावकारी बन्दै गएको छ । छोरा र छोरीबीचको विभेदलाई अन्त्य गर्दै छोरीको पनि शिक्षामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यका साथ सञ्चालित ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रमलाई प्रभावक. . .