देशको खबर

आज महाअष्टमी पर्व : पशु बलि दिई दुर्गा भवानीको पूजा-आराधना गरी मनाइँदै

आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादशैँका रुपमा दुर्गा भवानीको पूजा आराधना गरी भव्यरुपमा मनाउँदैछन् । बडादशैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रह�. . .


महोत्तरीमा बस दुर्घटना, २० घाईते पाँच जना गम्भीर

जर्नाजन खत्री   सर्लाही, असोज १८ गते । सर्लाहीबाट जनकपुरका लागि छुटेको बस पूर्व–पश्चिम राजमार्गस्थित महोत्तरीमा पल्टिँदा २० जना घाईते भएका छन् । सर्लाही सदरमुकाम मलङ्गवाबाट छुटेको ना ४ ख ७१९० नम्वरको बस शनिवार दिउँसो महोत्तरीको बर्दिवास नगरपालिका–५, स्थित टुटेश्वर मन्दिर जाने बाटो नजिकै पल्टिएको �. . .


दशैमा राष्ट्र बैंकको शुक्रबार सम्ममा करिब १२ अर्ब रुपैयाँ नयाँ नोट सटही

नेपाल राष्ट्र बैंकले शुक्रबार सम्ममा करिब १२ अर्ब रुपैयाँ नयाँ नोट सटही गरेको जनाएको छ । दशैंमा हुने नयाँ नोटको मागलाई मध्यनजर गर्दै असोज १० गतेदेखि राष्ट्र बैंकले नयाँ नोट सटहीको सुविधा उपलब्ध गराइएको थियो । नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका अनुसार, उपत्यकाभित्र विभिन्न सरकारी बैंकसँ�. . .


नेपाल रेडक्रस सोसाइटीको सेवा दशैँका बिदाको दिन पनि निरन्तर सञ्चालनमा आउने

काठमाडौँ ।  नेपाल रेडक्रस सोसाइटीद्वारा प्रदान गर्ने सेवा दशैँका बिदाको दिन पनि निरन्तर सञ्चालनमा आउने भएका छन् । सो अवधिमा विपद्को घटनाको व्यवस्थापन गर्न केन्द्रीयस्तरमा विपद् व्यवस्थापन विभागका उपनिर्देशक हरि मोहन श्रेष्ठको संयोजकत्वमा टोली सक्रिय रहने रेडक्रसले जनाएको छ । यसैगरी रक्तसञ्च. . .


जेष्ठ नागरिकको सम्झना : भन्छन् पहिलाको दशै नै रमाइलो हुन्थ

नगेन्द्र सापकोटा काठमाडौँ, असोज १८ गते । भक्तपुरको लोकन्थलीमा बस्ने ६६ वर्षीय महाप्रसाद पराजुलीलाई उहिलेको दशैँ सम्झँदा मन नै पुलकित हुन्छ । आफू बाल्यकाल हुँदा मनाउने दशैँै स्मरण गर्दा उहाँलाई अहिलेको दशैँै दशैँजस्तै लाग्दैन । उहाँले भन्नुभयो, “दर्जीले घरमा नै आएर एक महिनादेखि सियोले खाडीको दौरा �. . .


महरालाई नपक्रन दबाब

काठमाडौं ।  निवर्तमान सभामुख कृष्णबहादुर महरालाई कारबाही गर्ने कि नगर्ने ? प्रहरी दुविधाग्रस्त देखिएको छ। ‘लिखित उजुरी नआई कसरी समात्ने ? ’, उच्च स्रोत भन्छ, ‘भोलि अदालतमा जाहेरवाला खोइ भनेर खोजी हुन्छ। प्रहरी प्रतिवेदनले मुद्दा चलाउने हो भने पनि घटना वारदातमा प्रहरी थिएन। त्यसैले कानुनी कारबाहीको ब�. . .


आज दसैंको सातौं दिन अर्थात् फूलपाती

काठमाडौं- आज दसैंको सातौं दिन अर्थात् फूलपाती। हिन्दू परम्पराअनुसार सप्तमी तिथिको दिन दसैंको लागि पूजा सामग्री स्वरूप फूलपाती आगममा प्रवेश गराउने कार्य हुन्छ। घटस्थापनाको दिनदेखि नै दसैं सुरु भए पनि दसैंको चहलपहल भने फूलपातीदेखिनै सुरु हुन्छ। घर-घरमा फूलपाती भित्र्याएपछि दसैंको रौनक सुरु हुन्छ�. . .


बोको हुनु त यस्तो पो ! मौका पाए कसैको घरको ओछ्यान र सोफामै आराम गरिदिन्छ

दोलखा । दिनहुँ सयौं बोका काटिन्छन् । तर यी यस्ता बोका हुन् जसलाई कालगतिले बाहेक अन्य कारणले ज्यान गुमाउनु पर्दैन । उसले खोरमा थुनिएर पनि बस्नु पर्दैन । इच्छा लागेको ठाउँ जान्छ, केही भेटे जबर्जस्ती भए पनि खान्छ । जतिसुकै बदमासी गरे पनि मानिसले श्रद्धापूर्वक धपाउँछन् एक सिर्कानो हिर्काउने हिम्मतसम्म ग�. . .


धर्म संस्कृतीप्रति उदासिन हुँदा विकृती बढ्यो : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्म संस्कृतीप्रति उदासिन हुँदा विकृती बढेको बताएका छन् । थापाले भने, "समाजमा भगवानको अस्तित्व स्वीकार नगर्ने बढदो प्रवृत्ति तथा धर्मप्रतिको आस्था कमजोर हुँदै गएका कारण व्यभिचार, बलात्कार, भ्रष्टाचार र अत्याचार बढदै गएको हो। त्यसर्थ, सन. . .


झापाको दमकमा चिनियाँ लगानीमा औद्योगिक पार्क निर्माण हुने

झापा- चिनियाँ लगानीमा झापाको दमकमा औद्योगिक पार्क निर्माण हुने भएको छ । लगानी बोर्ड र चिनियाँ कम्पनी लासा इकोनोमिक एण्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ जोईन्ट कन्स्ट्रक्सन कम्पनीबीच बिहीबार काठमाडौंमा सो औद्योगिक पार्क निर्माण गर्ने समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । कम्पनीले यसअघि नै सो पार�. . .


चाडबाडका बेलामा बढी भाडा असुल्ने ११ जना पक्राउ परे

काठमाडौं-नेपाल प्रहरीले चाडबाडका बेलामा बढी भाडा असुल्ने ११ जनालाई पक्राउ गरी कारवाही गरेको छ । सादा पोशाकमा खटिएको प्रहरी टोलीले टिकट काउन्टर अनुगमनका क्रममा बढी भाडा लिएर टिकट काट्ने कार्यमा संलग्न उनीहरुलाई उपत्यकाका विभिन्न स्थानबाट आज पक्राउ गरेको हो । पक्राउपर्नेमा दिनेश राउत, धनिन्द्र रा. . .


वडा दशैंको छैटौं दिन आज माता कात्यायनी भगवतीको पूजाअर्चना गरिँदै

काठमाडाैँ । नेपाली समाजमा भव्यताका साथ मनाइने पर्व वडा दशैंको छैटौं दिन आज माता कात्यायनी भगवतीको पूजाअर्चना गरिँदैछ ।साहसकी प्रतीक भगवतीलाई यज्ञयज्ञादि दानलगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृत्तिका राक्षसहरुबाट हुने विघ्न-बाधा रोक्ने देवीको रुपमा समेत धार्मिक ग्रन्थहरुमा उल्लेख गरिए�. . .