चितवन । अत्यधिक गर्मी बढेसँगै अण्डाको उत्पादन घटेपछि माग बढ्दा मूल्य वृद्धि भएको छ । विगतको तुलनामा २५ प्रतिशत हाराहारी उत्पादन घटेसँगै मूल्य बढेको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा अनन्त दाहालका अनुसार गर्मीका कारण कुखुराले दाना कम खाँदा अण्डा उत्पादन पनि कम भएको छ ।. . .
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज तोलामा एक हजार पाँच सय रुपैयाँले सुनको मूल्य घटेको हो । मंगलबार तोलाको एक लाख ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको पनि मूल्य घटेको छ. . .
जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विद्यालय तहको शिक्षा प्रणाली नाजुक बन्दै गएको भन्दै स्थानीय तहलाई सुधारको नेतृत्व लिन आह्वान गरेका छन् ।मंगलबार महोत्तरीको औरही नगरपालिकाको १६ औं नगरसभालाई सम्बोधन गर्दै उनले सामुदायिक विद्यालयमा विद्यार्थीको संख्यामा गिरावट, शिक्षक र अभिभाव. . .
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका १० निबुवा टोलमा सेफ्टि ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु भएको छ । दुबै बालबालिका खेल्ने क्रममा मंगलबार साँझ पौने ८ बजे स्थानीय हृदय पासवानको शौचालयको सेफ्टि ट्यांकीमा खसेका हुन । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार �. . .
काठमाडौं । एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपको २९ औं संस्करणमा सहभागी हुन नेपाली टोली आज उज्वेकिस्तान जादैँछ । बुधबार ६ खेलाडीसहित ८ सदस्यीय नेपाली टोली उज्वेकिस्तानको तास्केन्ट प्रस्थान गर्ने भएको हो । असार १२ देखि १८ गतेसम्म हुने प्रतियोगितामा समान ३÷३ पुरुष महिला खेलाडीले नेपालको चुनौती प्. . .
रौतहट । मौलापुर नगरपालिकाले नयाँ आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा जनतालाई सिधै फाइदा पुग्ने कार्यक्रमहरू सार्वजनिक गरेको छ । मंगलबार नगरपालिकाको बजेट अधिवेशन बसेको थियो, जसमा कर छुट, निःशुल्क सेवा, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकता दिइएको छ । नगरप्रमुखको नेतृत्वमा आएको बजेटले. . .
इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२÷८३ का लागि २ अर्ब ५५ करोड २१ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख संगीता कुमारी चौधरीले मंगलबार नगरको १६ औं नगरसभामा बजेट प्रस्तुत गरेकी हुन् । उपमेयर चौधरीका अनुसार स्थानीय जनताको मागलाई सम्बोधन गर्दै इटहरीको समग्र विकासका लागि य�. . .
काठमाडौं । आज (बुधबार) छ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ । अर्थ समितिको बैठकमा आर्थिक विधेयक मार्फत आयुर्वेदिक औषधिमा प्रस्तावित मूल्य अभिबृद्धि करका सम्बन्धमा नेपाल आयुर्वेद औषधि उत्पादक संघले दिएको निवेदन उपर छलफल गरिने कार्यसूची रहेको छ । यसका सा�. . .
काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक बस्ने भएको छ । बुधबार दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो । आजको बैठकमा विधान महाधिवेशनको तयारी, समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने बताइएको छ ।. . .
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा तथा बाँकी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र सुदू. . .
काठमाडौँ । संवैधानिक प्रावधानअनुसार सङ्घीय सरकारले हरेक वर्षको जेठ १५ गते बजेट ल्याउने गरेको छ । यस्तै, प्रदेश सरकारले असार १ गते र स्थानीय सरकारले असार १० गते बजेट प्रस्तुत गर्ने प्रावधान छ । स्थानीय सरकार सञ्चालन ऐन र अन्तरसरकारी वित्त व्यवस्थापन ऐनले हरेक वर्षको असार १० गतेभित्र आगामी आवको बजेट प. . .
काठमाडौं । पूर्वअर्थमन्त्री प्रकाश शरण महतले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्यालाई अन्तर्राष्ट्रियस्तरमा लैजानुपर्ने बताएका छन् । मंगलबार ग्रामीण पुनर्निर्माण नेपाल राष्ट्रिय परामर्शको चौथो अन्तर्राष्ट्रिय सम्मेलनको लागि वित्तपोषण कार्यक्रममा बोल्दै उनले पुनर्निर्माणका विषय�. . .