देशको खबर

अनिल–मीन’ ट्रफी क्रिकेट प्रतियोगितामा सुनसरी विजयी

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगरमा पहिलो पटक भएको ‘अनिल–मीन’ ट्रफी क्रिकेट प्रतियोगितामा सुनसरी विजयी भएको छ । विराटनगरको मेरिलेबन ज्वाला क्रिकेट मैदानमा शुक्रवार भएको दोस्रो खेलमा मोरङलाई २१ रनले पराजित गर्दै सुनसरी विजयी भएको हो । जितसँगै ३ खेलको सिरिज १–१ को बराबरी भएक�. . .


मोरङमा तीव्र हावाहुरीको चेतावनी, सतर्क रहन मोरङ प्रशासनको आग्रह

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङ ले मोरङ जिल्लामा आगामी दिन शनिबार देखि तीव्र हावाहुरी आउने सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। कार्यालयद्वारा जारी सूचनाअनुसार जल तथा मौसम विज्ञान विभाग को पूर्वानुमानका आधारमा चैत ७ गते शनिबार विशेषगरी विराटनगर सहित मोरङका विभिन�. . .


मैदानमा आएको क्याप्टेनले जिम्मेवारी छाड्न मिल्दैन : अर्जुननरसिंह केसी

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सभापति गगन थापाको राजीनामा बेठिक भएको प्रतिक्रिया दिएका छन् । शुक्रबार कांग्रेस केन्द्रिय कार्यसमितिको बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै निर्वाचनको हार वा जितकै आधारमा मात्र नेतृत्वको परीक्षण गरिनु गलत हुने धारणा राखे । पार्टी र मुलुक नै ब. . .


रक्षा बममाथि दुर्व्यवहार गरेको भन्दै नेपाल जेनजी फ्रन्टले गर्यो भर्त्सना

काठमाडौं । नेपाल जेनजी फ्रन्टले काठमाडौंको माइतीघरमा प्रदर्शनका लागि पुगेकी संयोजक रक्षा बममाथि दुर्व्यवहार गरेको घटनामा आपत्ति जनाएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै फ्रन्टले आफ्ना संयोजकमाथि दुर्व्यवहार गरेको भन्दै आपत्ति जनाएको हो । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको छानबिन गर्न बनेको पूर�. . .


कांग्रेसको केन्द्रीय समिति बैठक सुरु, गगन थापा अनुपस्थित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । सभापति गगन थापा अनुपस्थित भएपछि सानेपामा उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बैठक सुरू भएको हो । सभापति थापाले राजीनामा दिएर बैठकमा नै अनुपस्थित भएपछि उनको कुर्सी खाली राखिएको छ । बैठकमा सभापति थापाको राजीनामा र चुनावी समीक्षा. . .


अशक्तलाई घरमै पुगेर नागरिकताको प्रतिलिपी हस्तान्तरण

बाजुरा । बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले अशक्त नागरिकलाई घरमै पुगेर नागरिकताको प्रतिलिपी हस्तान्तरण गरेका छन् । बाजुराको बुढीनन्दा नगरपालिका–६ कोटिलाका ३३ वर्षीय खगिन्द्र भाटलाई प्रजिअ निरौलाले नागरिकताको प्रतिलिपी हस्तान्तरण गरेका हुन् । धनगढीमा बसोबास गर्दै आएका भाटलाई उ. . .


संविधान कार्यान्वयनमा इमान्दारिता अभाव : पेम्बा गुरुङ भोटे

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) को ११ औं महाधिवेशन काठमाडौंमा जारी छ । ‘प्राकृतिक स्रोत, जल, जंगल र जमिनमा आदिवासी जनजातिको अधिकार सुनिश्चित गरौं’ भन्ने नारासहित सुरु भएको महाधिवेशनमा शुक्रबार नयाँ नेतृत्व चयनका लागि प्रक्रिया अगाडि बढाइएको छ । वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्र . . .


नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते

काठमाडौं । नवनिर्वाचित सांसदहरुको शपथ चैत १२ गते हुने भएको छ । संघीय संसद सचिवालयले शुक्रबार सूचना जारी गरी नवनिर्वाचित सांसदहरूको सपथ चैत १२ गते बिहीबार हुने जनाएको हो । शपथ ग्रहण कार्यक्रम दिउँसो २ बजे सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा हुने तय भएको छ । सांसदहरूलाई कार्यक्रम समय भन्दा दु. . .


नागरिक उड्डयन प्राधिकरणले माग्यो विभिन्न पदमा ७५ जना कर्मचारी

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदमा ७५ जना कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको छ । प्राधिकरणले शुक्रबार सूचना जारी गरी तह ९ देखि तह ४ सम्मका विभिन्न पदमा कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको हो । प्राधिकरणले प्रशासन र प्राविधिकतर्फ एक÷एक जना कर्मचारी मागेको छ । प्रशासनतर�. . .


आज ‘विश्व मुख स्वास्थ्य दिवस’ मनाइँदै

काठमाडौं । आज विश्व मुख स्वास्थ्य दिवस मनाइँदैछ । मुख स्वास्थ्यको विषयमा विभिन्न सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ । शरीरभित्र प्रवेश गर्ने खानेकुराको प्रवेशद्वार नै मुख हो । शरीरका सम्पूर्ण अंगहरुलाई स्वस्थ र सुचारु राख्नका लागि पनि खानेकुरा र पौष्टिक तत्त्वहरू मुखबाटै खाने गरिन्छ । पे. . .


विराटनगरमा जेन–जी युवाको प्रदर्शन, कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

सोनु साह विराटनगर । भदौ २३ र २४ मा भएका घटनाबारे जाँचबुझ गर्न गठन गरिएको कार्की आयोगको प्रतिवेदन पूर्ण रूपमा सार्वजनिक गर्न माग गर्दै विराटनगरमा जेन–जी अभियन्ताहरूले प्रदर्शन गरेका छन्। विराटनगरका जेन–जी युवा समूहको आयोजनामा भएको उक्त प्रदर्शन पुरानो गुद्री क्षेत्रमा सम्पन्न भएको हो। प्रदर्शनक�. . .


विराटनगर, धनकुटा र धरान लगायत देशभरि तीन दिनसम्म मौसम खराब,सतर्कता अपनाउन आग्रह

विराटनगर । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ले आगामी तीन दिन देशका विभिन्न भागमा खराब मौसमको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले जारी गरेको सूचनाअनुसार जल तथा मौसम विज्ञान विभाग को पूर्वानुमानका आधारमा कर्णाली र सुदूरपश्चि. . .