देशको खबर

गृहमन्त्रीलाई हटाउने निर्णय नभएको प्रधानमन्त्री कार्यालयको स्पष्टिकरण

काठमाडौं । प्रधानमन्त्रीको कार्यालयले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउने निर्णय नभएको स्पष्ट पारेको छ ।पछिल्ला दिनहरूमा गृहमन्त्री अर्याललाई हटाउने विषयमा विभिन्न समाचार माध्यम तथा सामाजिक सञ्जालमार्फत फैलिएको सूचनाले प्रधानमन्त्रीको ध्यानाकर्षण भएको भन्दै प्रधानमन्त्रीको स्वकीय सचिवाल�. . .


सुनको मूल्य स्थिर,चाँदीको बढ्यो

काठमाडौं । नेपाली बजारमा आज(बिहीबार) सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला मूल्य २ लाख ३६ हजार ३ सय रुपैयाँ तय भएको छ । अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो ।त्यस्तै चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । आज चा. . .


१९ हजार मेट्रिक टन धान खरिद गर्ने तयारीमा खाद्य कम्पनी

काठमाडौं । सरकारकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यसवर्ष १९ हजार मेट्रिक टन धान खरिद गर्ने तयारी गरेको छ । सरकारले तोकेको न्युनतम समर्थन मूल्यमा खाद्यले देशका विभिन्न १४ स्थानबाट धान खरिद गर्ने तयारी गरेको हो । सरकारले यसवर्षका लागि मध्यम धानको न्युनतम समर्थन मूल्य प्. . .


सशस्त्र प्रहरीले अन्नपूर्ण आधार शिविरबाट १ सय ६२ जना पर्यटकको उद्दार गर्यो

सशस्त्र प्रहरीले अन्नपूर्ण आधार शिविरबाट १ सय ६२ जना पर्यटकको उद्दार गरेको छ। म्याग्दी जिल्लाको अन्नपूर्ण आधार शिविरबाट सशस्त्रले तीन दिनमा आन्तरिक र बाह्य गरी १६२ जनालाई उद्धार गरेको सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। त्यस क्षेत्रमा कात्तिक ११ गतेदेखि सशस्त्रको उद्धार टोली खटिए�. . .


अबको २४ घण्टा अत्यावश्यक नभइ बाहिर ननिस्कन आग्रह

काठमाडौं । देशका केही स्थानमा आज र भोलि भारी वर्षा र हिमपातको सम्भावना रहेको छ । भारी वर्षा र हिमपात हुने भन्दै सरकारी आधिकारिक निकायले नागरिकलाई सचेत रहन आग्रह गर्दै आएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि ४४ जिल्लामा उच्च सतर्कता अपनाउनु पर्ने र दश जिल्लामा �. . .


बालुवाटार बैठक : सबै दलहरु निर्वाचनमा भाग लिन सहमत

काठमाडौं । निर्वाचनको वातावरण बनाउनका लागि सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिहरूबीच त्रिपक्षीय छलफल भएको छ । बुधबार राति बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बसेको पहिलो त्रिपक्षीय बैठक बैठकमा विशेषगरी निर्वाचन सफल बनाउने तथा मुलुकमा सुशासन कायम र भ्रष्टाचार नियन्त्रणका विषयमा �. . .


नेकपा एसको केन्द्रीय समिति बैठक आज पनि जारी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय समिति तेस्रो पूर्ण बैठक आज पनि जारी छ। बुधबारदेखि काठमाडौंको मिराकल भेन्युमा सुरु भएको बैठकको पहिलो दिन पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका थिए। राजनीतिक प्रतिवेदनमार्फत अध्यक्ष नेपालले वर्तमान सन्दर्भमा कम्युनिस्�. . .


आजको मौसम : यी भूभागहरुमा वर्षासहित हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणाली तथा बङ्गालको खाडीमा विकसित चक्रवात ’मोन्था’ को आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार आज बिहान देशभर साधरणतया बदली रहेको छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका . . .


कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज (बिहीबार) बस्दैछ । बैठक आज दिउँसो १ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन ललितपुरमा बस्ने छ । गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शन, अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटनपछि विकसित राजनीतिक अवस्था र पार्टीको भूमिकाका विषयमा के. . .


विश्वकप लिग–२ : आज नेपाल यूएईसँग भिड्दै

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपाल आज यूएईसँग भिड्दै छ । नेपाल र यूएईको खेल बिहीबार बिहान ११ बजेर १५ मिनेटमा सुरु हुँदैछ । लिग–२ अन्तर्गत यूएई सिरिजको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपाल आज जित्नै पर्ने दबाबकाबीच खेल्दै  छ । लिग–२ शृङ्खलामा नेपाल र आयोजक संयुक्त युएईलाई हराएपछि अमे. . .


आज कुष्माण्ड नवमी पर्व मनाइँदै

काठमाडौं । मधेस प्रदेशका महोत्तरीसहित जिल्लामा आज कुष्माण्ड नवमी पर्व मनाइँदैछ । आज कार्तिक शुक्ल पक्षको नवमी तिथि, आजको यो विशेष दिन कुष्माण्ड नवमीलाई अक्षय नवमी, अमला नवमी र धात्री नवमीको नामले चिनिन्छ । आजको दिन अमलाको वृक्षको पूजा गर्ने गरिन्छ । भगवान विष्णु कार्तिक शुक्ल नवमीबाट कार्तिक पूर्णि. . .


बालुवाटारमा त्रिपक्षीय बैठक जारी

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सरकार, राजनीतिक दल र जेनजी युवासहितको त्रिपक्षीय बैठक जारी छ । प्रतिनिधि सभा निर्वाचनको वातावरणका लागि वार्ता र छलफल गरिरहेको सरकार पहिलो पटक राजनीतिक दल र जेनजी युवासँग वार्तामा रहेको हो । यसअघि यहि कात्तिक ४ गते सरकार र राजनीतिक दलहरूबीच छलफल . . .