देशको खबर

आज पञ्चमी तिथिका दिन : स्कन्दमाताको पूजा गरिँदै

काठमाडौं । बडादशैं अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दशैंघर तथा पूजा कोठामा स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन नवदुर्गामध्येकी पाँचौँ देवी स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । दुर्गा पक्ष समेत भनिने दशैंको पह�. . .


अनियमितता र भ्रष्टाचार कायम रहिरहे अर्को ठूलो विद्रोह हुन्छ : मन्त्री घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले अनियमितता र भ्रष्टाचार कायम रहिरहे अर्को ठूलो विद्रोह हुने र त्यसले कसैलाई नछोड्ने बताएका छन् । शुक्रबार नेपाल विद्युत प्राधिकरणले ऊर्जामन्त्री घिसिङलाई बधाई तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अनियमितता र भ्रष्टाचारक. . .


विराटनगरमा ९० केजी अवैध माछा नियन्त्रणमा

विराटनगर। मोरङ जिल्लाको विराटनगर महानगरपालिका–११ बसपार्क क्षेत्रबाट प्रहरीले करिब ९० केजी अवैध माछा नियन्त्रणमा लिएको छ। असोज १० गते गस्तीमा खटिएको प्रहरी टोलीले बसपार्क क्षेत्रमा वेवारीसे अवस्थामा राखिएको उक्त माछा फेला पारी नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार फेला परेका माछाहरूलाई जिल्ल�. . .


माओवादी केन्द्र भंग, मंसिरमा विशेष महाधिवेशन

काठमाडौं । नेकपा माओवादी केन्द्र अब महाधिवेशन आयोजक समितिमा रूपान्तरण भएको छ । साथै आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव पनि स्वीकृत भएको छ । शुक्रबार शुक्रबार प्रज्ञा भवन कमलादीमा सकिएको बैठकले मङ्सिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको हो । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापक�. . .


इन्द्रजित राजभण्डारीसहित २३ सदस्यीय पौडी टोली भारत प्रस्थान

विराटनगर, असोज ९ नेपालको २३ सदस्यीय पौडी टोली आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA) बाट भारतको अहमदाबादतर्फ प्रस्थान गरेको छ। टोली 11th Asian Aquatics Championships 2025 मा सहभागी हुन गएको हो। सेप्टेम्बर २८ देखि अक्टोबर ११ सम्म सञ्चालन हुने यस प्रतियोगितामा नेपालका १६ खेलाडी (११ पुरुष र ५ महिला) ले प्रतिस्पर्धा गर�. . .


प्रधानसेनापति ट्रफीको समापन : आठ पृतना र ६ वाहिनीबीच प्रतिस्पर्धा

काठमाडौं । सत्रौँ संस्करणको प्रधानसेनापति ट्रफी २०८२ को शुक्रबार समापन भएको छ । भाद्र १७ गतेबाट सुरु भएको प्रधानसेनापति ट्रफी प्रतियोगित आज (शुक्रबार) समापन भएको हो । प्रतियोगिताका विजेताहरुलाई ट्रफी र पुरस्कारहरु पनि वितरण गरिएको छ । प्रतियोगितामा दौड, पौडी, बक्सिङ, तेक्वादो, भलिबल, बास्केटबल, फूटब�. . .


यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला १९ निर्णयहरु

काठमाडौं । सरकारले प्रधानमन्त्री कार्यालय मातहत रहेका राजस्व अनुसन्धान विभाग र सम्पत्ती शुद्धीकरण अनुसन्धान विभागलाई अर्थ मन्त्रालयको कार्यक्षेत्रमा सारेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले राजस्व अनुसन्धान विभाग र सम्पत्ती शुद्धीकरण अनुसन्धान विभागलाई अर्थ मन्त्रालयको कार्यक्षेत्रम. . .


युवाहरु अनलाइन खेलमा व्यस्त हुँदा चङ्गा उडाउने परम्परा लोप हुँदै

दिपेश पौडेल , रौतहट । बडा दसैँको चहलपहल गाँउ तथा बजारमा देखिएपनि पछिल्लो समय चङ्गा उडाउने परम्परा हराउँदै गएको छ । गाउँ घरमा केही व्यक्तिहरु मिलेर आकाशमा चङ्गा उडाउँदा दसैँको रमझम सुरु हुने गर्दथ्यो । तर पछिल्लो समयमा चङ्गा उडाउनका लागि युवाहरुले रुची नदेखाएपछि परम्परा नै हराउँदै गएको हो । पछिल्लो प�. . .


युवासँगै देश घाइते अवस्थामा छ, सबै मिलेर उपचार गरौं : मन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत बिरामीहरुलाई भेटेका छन् । शुक्रबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा रहेका विरामीहरुको स्वास्थ्य अवस्था बुझ्दै उनले युवासँगै देश घाइते अवस्थामा रहेको . . .


रामेछापमा भूकम्पको धक्का

काठमाडौं । रामेछापमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार रामेछापको भटौली केन्द्रबिन्दु भएर ४ म्याग्नेच्युडको भूकम्प गएको हो। दिउँसो २ बजेर १४ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको केन्द्रले जनाएको छ।. . .


मेयर्स फोरमद्वारा सिंहदरबार पुनर्निर्माणका लागि पाँच करोड सहयोगको घोषणा

काठमाडौं । काठमाडौं उपत्यका मेयर्स फोरमले हालै जेनजी आन्दोलनको क्रममा भएको अराजक गतिविधिप्रति कडा आपत्ति जनाउँदै सार्वजनिक सम्पत्तिको सुरक्षा र पुनर्निर्माणका लागि ठोस कदम चालेको छ । असोज ९ गते गोदावरी नगरपालिकामा सम्पन्न बैठकले आन्दोलनको नाममा सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, प्रहरी कार्�. . .


मन्त्री घिसिङ र युरोपेली सङ्घका राजदूतबीच भेट

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि युरोपेली सङ्घका राजदूत भेरोनिक लोरेन्जोबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा मन्त्री घिसिङलाई राजदूत भेरोनिक लोरेन्�. . .