देशको खबर

आज दुई वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११:१५ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । सिंहदरवार संसद भवनस्थित समितिको बैठक कक्षमा आज बस्ने बैठकमा अध्यागमन विभाग तथा कार्यालयको अवलोकन सम्बन्धमा छलफल गरिने कार्यसूची तय गरिएको छ । यस्तै, संघीयता स. . .


मौसम पूर्वानुमान : आज मौसम सफा रहने

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । यस्तै, आज राती भने कोशी प्रदेश र गण्ड. . .


प्रचण्डले भने– ‘राष्ट्र असाधारण संकटमा, एकता ऐतिहासिक आवश्यकता हो’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई राष्ट्र बचाउने ऐतिहासिक आवश्यकता भएको बताएका छन् । नेपाली कम्युनिष्ट पार्टी र मातृभूमि जागरण अभियान नेपालबीचको पार्टी समायोजन कार्यक्रममा बोल्दै उनले देश अहिले असाधारण संकटमा परेको बताएका हुन् ।दाहालले भने, �. . .


दमक, सुरुङ्गा र अनमारमनी प्रहरी कार्यालय जलाउने १६ जना पक्राउ

विराटनगर । जेनजी आन्दोलनका क्रममा कोशी प्रदेशका विभिन्न जिल्लामा अपराधिक उपद्रव मच्चाउनेहरु पक्राउ पर्न थालेका छन् । प्रहरीले पहिलो चरणमा प्रहरी कार्यालयहरुमा तोडफोड गर्ने, हतियार लुट्ने, आगजनी गर्ने र प्रहरी सदस्यमाथि आक्रमणमा उत्रनेहरुको पहिचान गरेर नियन्त्रणमा लिन थालेको हो । कोशी प्रदेश प्रह. . .


कोशी प्रदेश सभा कटहरीमा सारियो, हिउँदे अधिवेशन चाँडै सुरु हुने तयारी

विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा अराजक समूहले आगजनी गर्दा ध्वस्त भएको कोशी प्रदेश सभा भवन अब कटहरीस्थित फलफूल तथा कृषि थोक बजार संरचनामा सारिएको छ । नयाँ स्थलमा प्रदेशसभा सचिवालय स्थापना गरिएको छ । जहाँ सभामुख, उपसभामुखसहित प्रदेशसभाका प्रमुख पदाधिकारीहरूको कार्यकक्ष तयार गरिएको छ। प्�. . .


नेप्से २०.५६ अंकले घटयो, कारोबार रकममा सामान्य सुधार

काठमाडौं । बुधबार नेप्से परिसुचक २०.५६ अंकले घटेर २५४४.५९ विन्दुमा झरेको छ । यसअघि मंगलबारको बजारमा नेप्से परिसुचक ३.२१ अंकले बढेर २५६५.१६ विन्दुमा उक्लिएको थियो । यसअघि सोमबारको बजारमा नेप्से परिसुचक ५.८० अंकले घटेर २५६०.२९ विन्दुमा झरेको थियो । आज नेप्से घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तु�. . .


नागरिक उन्मुक्ति पार्टी नेपालले पायो दल दर्ताको प्रमाण पत्र

काठमाडौं । रेशम चौधरीको संरक्षकत्वमा कबिर सोप अध्यक्ष रहने गरी निर्वाचन आयोगमा दर्ता भएको नागरिक उन्मुक्ति पार्टी नेपालले दल दर्ताको प्रमाणपत्र पाएको छ । बुधबार रेशम चौधरी, कबिर सोप लगायतका अन्य सदस्यले आयोगमा गएर पार्टी दर्ताको प्रमाण पत्र बुझेका हुन् । यसअघि चौधरीले नागरिक उन्मुक्ति पार्टी ग�. . .


मेलम्ची खानेपानीको मुहान क्षेत्र जाने सडक स्तरोन्नति गर्न टेण्डर आह्वान

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र (हेडवक्र्स) जाने सडक स्तरोन्नति गर्न बुधबार टेण्डर आह्वान गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङको उपस्थितिमा मंगलबार खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजनाका सरोकार समितिहरुब�. . .


नेपाल–चीनबीचको मालसामान ढुवानी चार महिनादेखि पूर्णरूपमा अवरुद्ध

काठमाडौं । गत असार २४ गते चीनको ल्हेन्दे खोलामा आएको विनाशकारी बाढीका कारण केरुङ नाकामा रहेको मित्तेरी पुल बगाएपछि नेपाल–चीनबीचको मालसामान ढुवानी चार महिनादेखि पूर्णरूपमा अवरुद्ध भएको छ । बाढीले जनधनसहित ठूलो संख्यामा ट्रक र कन्टेनरहरूमा क्षति पु¥याएपछि नेपाल ट्रक यातायात व्यवसायी महासंघले ब�. . .


धनुषामा महिलाको हत्या र लुटपाट प्रकरणमा एक महिला पक्राउ

जनकपुर । धनुषामा एक जना महिलाको हत्या गरेर सुनचाँदीका गरगहना लुटपाट गर्ने अर्की महिलालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । धनुषाको हंसपुर नगरपालिका ७ की ६२ वर्षिया चन्द्रकला देवी दासको हत्या गरेर सुनचाँदीका गरगहना लुटपाट गरेको आरोपमा सोही स्थानमा बसोबास गर्ने ४५ वर्षिया पवित्री देवी मण्डललाई धन�. . .


गृहमन्त्री अर्याल र दुर्गा प्रसाईंका प्रतिनिधिहरु बिच भेटवार्ता

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंका प्रतिनिधिहरुले आज भेटवार्ता गरेका छन् । प्रसाईंको नागरिक बचाऔँ महाअभियान नेपालका प्रतिनिधिहरु बुधबार गृहमन्त्री कार्यालय पुगि गृहमन्त्रीसमक्ष विभिन्न मागहरु राखि मागपत्र समेत बुझाएका छन् । नागरिक बचाऔँ महाअभियान. . .


जनकपुरधाममा सात राजनितिक दलको विरोध प्रदर्शन सुरु

जनकपुर । जनकपुरधाममा सात राजनितिक दलको विरोध प्रदर्शन सुरु भएको छ । मधेश भवन अगाडि सडक अवरुद्ध गर्दै सात दलिय गठबन्धनका नेता, कार्यकर्ता तथा सांसदहरुले विरोध प्रदर्शन गरिरहेका छन् । उनीहरुले मुख्यमन्त्री सरोज कुमार यादवको नियुक्ति असंवैधानिक रहेको भन्दै खारेज गर्नुपर्ने मागसहित प्रदर्शन गरिरह�. . .