देशको खबर

‘माग बढ्दो तर स्रोतमै पानी घट्दो’

टिकाराम सुनार र शङ्खर पहाडी/रासस जनकपुरधाम । सर्लाहीको वाग्मती नदी आसपासका जमिन हराभरा हुन थालेको धेरै भएका छैनन् । तीस वर्षअघिसम्म नदी किनारका बगर घर छाउन प्रयोग हुने खरले ढकमक्क ढाकेका र अरु अधिकांश ठाउँमा मकैखेती मात्रै हुने गरेको अवस्था सर्लाहीको बर्थना हजरियाका लक्ष्मी महतोको मानसपटलमा ताजै छ . . .


धनुषामा बालिकाको हत्या

महेन्द्रनगर (धनुषा) । धनुषामा एक बालिकाको हत्या भएको छ । सबैला नगरपालिका–९ कुसमहा सतोखरकी ६ वर्षीया बालिका राखी यादवको हत्या भएको हो । बालिकाको शव नग्न अवस्थामा सतोखर पोखरी नजिक खाल्डोमा जमेको पानीमा गए राति फेला परेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव निरीक्षक रञ्जन अवालेले जानकारी दिनुभयो । ब. . .


सर्लाहीका उखुको मूल्य निर्धारणप्रति किसान असहमत

सर्लाही । सर्लाहीका उखु उत्पादक किसानले सरकारले निर्धारण गरेको उखुको मूल्यप्रति असहमति जनाएका छन् । उनीहरुले सरकारले निर्धारण गरेको मूल्य बढाउन माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल उखु उत्पादक किसान महासङ्घ, उखु उत्पादक किसान हकहित संरक्षण समिति र मिलगेड उखु उत्पादक क. . .


आज राति मिथुन उल्कावर्षाको गतिविधि उच्च

काठमाडौँ । यही मङ्सिर १८ गतेदेखि सुरु मिथुन उल्कावर्षाको आज राति अत्यधिक सक्रियता रहने नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) ले जनाएको छ । अत्यधिक सक्रिय समयमा प्रतिघन्टा १५० वटासम्म उल्का देख्न सकिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो । योे उल्कावर्षा क्षुद्रग्रह ३२०० फेथनले अन्तर. . .


चौध किलो सुन प्रकरणमा अहिलेसम्म पाँच पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यही मङ्सिर २१ गते राति बरामद गरिएको १४ किलो सुन प्रकरणमा हालसम्म पाँच जना पक्राउ परेका छन् । सो दिन फ्लाई दुबईको उडान नं ‘एफजेड ५७३’ बाट आएका गोरखाका ४५ वर्षीय चन्द्र घलेको साथबाट उक्त परिमाणको सुन बरामद गरिएको थियो । अनुसन्धानका क्रममा आज प्रहरीले �. . .


रुसी सेनामा गएकालाई स्वदेश फर्काउन सरकारको पहल

काठमाडौँ । नेपाल प्रहरीले एक साताअघि नेपाली युवालाई प्रलोभन देखाएर अवैध रुपमा रुस पठाउने गिरोहका १२ जनालाई काठमाडौँका विभिन्न स्थानबाट नियन्त्रणमा लियो । युक्रेनसँगको युद्धमा होमिएको रुसको राष्ट्रिय सेनामा भर्ती गराइदिने आश्वासन दिँदै उक्त गिरोहले युवासँग ठूलो रकम असुलेको प्रहरीले अनुसन्धानबा�. . .


शोधनान्तर स्थिति एक खर्ब ४७ अर्ब ११ करोडले बचतमा

काठमाडौँ । मुलुकबाट बाहिरिनेभन्दा भित्रने पैसाको मात्रामा क्रमशः वृद्धि भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनाको विवरण अनुसार यस अवधिमा शोधनान्तर स्थिति रु एक खर्ब ४७ अर्ब ११ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु २० अर्ब तीन करो. . .


विदेशी मुद्राको विनिमय सञ्चिती १६ खर्ब ९६ अर्ब कायम

काठमाडौँ । विदेशी मुद्रा सञ्चिति १० दशमलव दुई प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनाको विवरणअनुसार गत कात्तिक मसान्तसम्म विदेशी मुद्राको विनिमय सञ्चिति रु १६ खर्ब ९६ अर्ब ७८ करोड पुगेको छ । कूल विदेशी सञ्चितीमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चित�. . .


दूरसञ्चार सेवाको अनुमति पाएका तीन कम्पनीको अनुमतिपत्र खारेज

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवाको अनुमति पाएका तीन कम्पनीको अनुमतिपत्र खारेज गरेको छ । इन्टरनेट (इमेलसहित) को दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त गरेका युनाइटेड टेलिकम लिमिटेड पुतलीसडक काठमाडौँ, म्याक्स नेट सोलुसन प्राली कोटेश्वर काठमाडौँ र चितवन नेटवर्क प्रालि�. . .


विचार : मिथिला कलाको प्रतीकात्मक अर्थबोघ

काठमाडौँ । मिथिला चित्रकलामा प्रतीकहरूको प्रयोगले मिथिलाको सम्पूर्ण सांस्कृतिक जीवन परिलक्षित भएको पाइन्छ । मैथिलहरूले हजारौं वर्ष पहिलेबाट उत्सवका लागि चित्रकलालाई विकसित पारेको देखिन्छ । चित्रहरू तान्त्रिक प्रतीकहरूले परिपूर्ण रही जीवनको तान्त्रिक विचारधाराको प्रतिनिधित्व गरिरहेका छन् । क�. . .


इजरायलमा ज्यान गुमाएका विद्यार्थीका परिवारजन भन्छन्, ‘मन भुलाउनै गाह्रो भयो’

भजनी (कैलाली) । दार्चुलाका लोकेन्द्रसिंह धामीको विद्रोही हमासको आक्रमणमा परेर गत असोज २० गते इजरायलमा ज्यान गयो । श्रीमान गुमाएको पीडाले उहाँकी श्रीमती मञ्जु अझै थला पर्नुभएको छ । छ वर्षकी छोरी र १६ महिनाको छोराको भविष्यको चिन्ताले उहाँलाई सधैँ छटपटी हुन्छ । “एउटा घटना जुन नहुनु थियो त्यो भयो । त्यस�. . .


आजको मौसम : चिसो बढ्ने, तत्काल पानी नपर्ने

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । बिहान बेलुका मौसम धुम्म भइरहे पनि तत्काललाई वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ । �. . .