देशको खबर

अन्तरदेशीय उडानको प्रतीक्षामा पोखरा विमानस्थल

राम थापा /रासस गण्डकी । उद्घाटन भएको दुई वर्षमा केही ‘चार्टर’ उडान भएपनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान हुनसकेको छैन । सन् २०२३ को जनवरी १ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभएको यस विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा छ । झण्डै �. . .


‘भैरहवामा अन्तर्राष्ट्रिय हवाई उडानले तराईमा पर्यटन विकासको ढोका खुल्यो’

सिबी अधिकारी/रासस काठमाडौँ । नेपालको पर्यटन भन्नासाथ विशेष गरी हिमालय क्षेत्रलाई मानिन्छ । त्यसैले नेपाल भित्रने अधिकांश पर्यटकको रोजाइ सर्वोच्च शिखर सगरमाथादेखि अन्नपूर्ण, लाङटाङलगायत क्षेत्रमा हुने गर्छ । साथै सांस्कृतिक सम्पदा, विभिन्न तीर्थस्थल, पर्यटन राजधानी पोखरा, काठमाडौँ, चितवन र लुम्ब. . .


दुर्गा प्रसाईलाई आज म्याद थपका लागि अदालतमा पेस गरिँदै

काठमाडौं । विद्युतीय कारोबार (साइबर अपराध) मुद्दामा पक्राउ परेका दुर्गा प्रसाईलाई बुधबार काठमाडौं जिल्ला अदालतमा पेस गरिँदैछ । मंगलबार दिउँसो भक्तपुरको कमेरोटारस्थित निजी निवासबाट पक्राउ परेका उनलाई म्याद थपका लागि आज अदालतमा पेस गर्न लागिएको हो । सीआईबीले मंगलबार उनको स्वास्थ्य परिक्षण गरेर स�. . .


सहकारी ठगीमा पक्राउ परेका पूर्वडीआईजी जोशीलाई आज काठमाडौं जिल्ला अदालतमा पेस गरिँदै

काठमाडौं । सहकारी ठगीमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई बुधबार काठमाडौं जिल्ला अदालतमा पेस गरिने भएको छ । उनलाई थप अनुसन्धानका लागि मंगलबार पोखराबाट काठमाडौं ल्याइएसँगै बयानका लागि आज अदालतमा पेस गर्न लागिएको हो । जोशीविरुद्ध कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय �. . .


देशका अधिकांश भागमा आज मौसम सफा रहने

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हाल देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तराईका केही स्थानमा हल्का हुस्सु लागेको छ । विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली र�. . .


शान्ति सम्झौताको १८ वर्ष : न्यायको प्रतीक्षामा पीडित

काठमाडौँ । द्वन्द्वका कारणहरुको खोजी गर्ने र पीडितलाई राहत तथा परिपूरण उपलब्ध गराउने लक्ष्यका साथ मुलुकमा शान्ति सम्झौता भएको आज १८ वर्ष पूरा भएको छ । सम्झौताअनुसार सशस्त्र द्वन्द्वबाट उत्पन्न विषम परिस्थितिलाई सामान्यीकरण गर्दै समाजमा शान्ति कायम गर्नका लागि मानवताविरुद्धको अपराधमा संलग्नको . . .


देशभरका धर्मकाँटालाई डिजिटल बनाइँदै

काठमाडौँ । देशभरका सडक पूर्वाधारमा तोकिएकोभन्दा बढी भार बोकेको वा नबोकेको भन्ने पत्ता लगाउने प्रणालीका रुपमा रहेको धर्मकाँटालाई अब क्रमशः डिजिटल बनाइँदै लगिने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, धुनिवेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य र नेपाल ट्रक यातायात व्यवसायी . . .


विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने

काठमाडौँ । जर्मनीले नेपाललाई एक करोड युरो (करिब रु एक अर्ब ४६ करोड) अनुदान सहायता उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा आज एक औपचारिक कार्यक्रमकाबीच नेपालका लागि जर्मनीका राजदूत डा थोमस प्रिन्ज र अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक समन्वय तथा सहयोग महाशाखाका सहसचिव धनीराम शर्माबीच अनुदान सम�. . .


कर बक्यौता बर्सेनि बढ्दोः दुई खर्ब ५४ अर्ब उठाउन बाँकी

काठमाडौँ । लक्ष्यअनुरुप कर सङ्कलन गर्न हम्मेहम्मे परिरहेको अवस्थामा आर्थिक वर्ष २०८०/८१ मा रू दुई ५४ अर्ब तीन करोड कर असुल गर्न बाँकी रहेको पाइएको छ । आन्तरिक राजस्व विभागका अनुसार तीन लाख १९ हजार तीन सय ८१ करदाताको रु दुई खर्ब ५० करोडभन्दा बढी बक्यौता देखिएको हो । “आर्थिक वर्ष २०८०/८१ को अन्तसम्मम�. . .


लघुवित्त पीडितहरुले गाउँगाउँमा वित्तिय संस्थाविरुद्ध आन्दोलन गर्ने

काठमाडौं । सरकारले आफ्ना माग पुरा नगरे चैतबाट लुघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समिति नेपालले गाउँगाउँबाट वित्तिय संस्था लखेट्ने कार्यक्रम संचालन गर्ने घोषणा गरेको छ । मंगलबार संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारलाई गैर जिम्मेवार नबन्न चेतावनीसमेत दिएको छ । कार्यक्रममा प्र. . .


खाद्यवस्तुको मूल्यवृद्धि उच्च : राष्ट्र बैंक प्रतिवेदन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो तीन महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गैरखाद्य वस्तुको तुलनामा खाद्य वस्तुको मूल्यवृद्धि भएको छ । मुख्यगरी तरकारी र गेडागुडीको मूल्यमा उच्च वृद्धि देखिएको हो । “२०८१ असोज�. . .


आफू पक्राउ अगावै दुर्गा प्रसाईले दिएका थिए पक्राउको जानकारी

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाई भक्तपुरस्थित आफ्नै घरबाट मंगलबार विहान पक्राउ परेका छन् । केही घन्टाअघि उनले आफू पक्राउ पर्न लागेको जानकारी सामाजिक संजालमा दिएका थिए । प्रहरीको सीआईबीको उनलाई पक्राउ गरेको हो । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार फैलाउने आरोपमा पक्राउ �. . .