हेटौँडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव सेवा आश्रमलाई सरकारले अभिभावकत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मानव सेवा आश्रमले हेटौँडा–९ लामसुरेधापमा निर्माण गरेको भवन आज उद्घाटन गर्दै उहाँले आश्रमले गरिरहेको कामले सरकारलाई झक्झकाएको बताउनुभयो । प्रधानमन्त्री दाहा�. . .
काठमाडौँ । सङ्घीय संसद अन्तर्गत पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले सांसद दलका काम बढी खटिँदा संसदीय समितिका काम प्रभावित भइरहेका बताउनुभएको छ । संसदको विधायिकी भूमिकामाथि जनस्तरबाटै प्रश्न उठिरहेका बेला ठूला दलका सांसद भने समितिमा आउनै छोडेपछि ‘मिनी संसद्’ का काम सहजरूपमा अघि बढ्न �. . .
काठमाडौँ । सर्वोच्च अदालतले पूर्णविक्रम शाह (पल शाह)विरुद्धको नाबालिग बलात्कारको मुद्दा दोहोर्याएर सुनुवाइ गर्न अनुमति दिएको छ । न्यायाधीशद्वय सुष्मालता माथेमा र हरिप्रसाद फुयालको यही मङ्सिर २२ गतेको इजलासले शाहविरुद्धको मुद्दालाई दोहोर्याएर हेर्ने अनुमति प्रदान गरेको हो । बलात्कारको मुद्�. . .
काठमाडौँ । नेपाल आयल निगमले शनिबार बिहानदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु तीन घटाएको छ । निगम सञ्चालक समितिको आजको बैठकले पहिलो, दोस्रो र तेस्रो वर्गका लागि पेट्रोल प्रतिलिटर क्रमशः एक सय ६४ रुपैयाँ ५० पैसा, एक सय ६६ र एक सय ६७ रुपैयाँ तोकेको छ । डिजेल तथा मट्टितेल पहिलो, दोस्र. . .
काठमाडौँ । राजधानीमा जारी नेपाल सुपर लिग फुटबल प्रतियोगितामा ललितपुर सिटी एफसीले झापा एफसीसँग गोलरहित बराबरी खेल्दै आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । दशरथ रङ्गशालामा आज भएका खेलमा दुवै टोलीले निर्धारित समयमा गोल गर्न नसकेपछि प्रतियोगिता गोलरहित बराबरीमा टुङ्गिएको हो । आजको खेलसँगै दुवै ट�. . .
कालिका खड्का / रासस काठमाडौँ । “न्यायमा सर्वसाधारणको पहुँच कहिले पुग्छ?”, सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशहरु सारङ्गा सुवेदी र अब्दुल अजिज मुसलमानलाई संसदीय सुनुवाइका क्रममा सांसद ज्ञानेन्द्रबहादुर कार्कीले प्रश्न गर्नुभयो, “न्याय महँगो भयो, सर्वसाधारणले कहिले न्यायको अनुभूति गर्न पाउ. . .
विराटनगर । भाटभटेनी सुपरमार्केटले क्रिसमस र अंग्रेजी नयाँ वर्षको अवसर पारेर एक महिने ‘विन्टर अफर’ सार्वजनिक गरेको छ । भाटभटेनीले दाल, गेडागुडी, तेल, चामल र डेरी प्रोडक्टमा ५, विद्युतीय सामग्रीमा २० र बाँकी सबै प्रकारका सामाग्री खरिदमा १० प्रतिशत छुटको व्यवस्था गरेको हो । त्यसैगरी पेपे आइसक्रिम खरिद�. . .
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले अब एकपटक प्रेषण (रेफर) भई आएका बीमित बिरामीलाई सोही रोगका लागि फेरि रेफर पूर्जी लिन नपर्ने व्यवस्था गरेको छ । बोर्डका निमित्त कार्यकारी निर्देशक डा मदनकुमार उपाध्यायले कुनै रोगका लागि एकपटक रेफर गरेपछि फलोअपमा अर्को कुनै रोगका लागि फरक अस्पतालमा जानका लागि रेफर लिन �. . .
काठमाडौँ । पछिल्लो समयमा सडकमा जीवनयापन गर्ने बालबालिकाको सङ्ख्या घट्दो क्रममा रहेको पाइएको छ । राष्ट्रिय बाल अधिकार परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले आर्थिक वर्ष २०७६/७७ देखि सडक बालबालिका मुक्त राष्ट्र अभियान सञ्चालन भएपछि सडकमा जीवनयापन गर्ने बालबालिकाको सङ्ख्या घट्दो क्रममा रहेको जानक�. . .
टिकाराम सुनार र शङ्खर पहाडी/रासस जनकपुरधाम । सर्लाहीको वाग्मती नदी आसपासका जमिन हराभरा हुन थालेको धेरै भएका छैनन् । तीस वर्षअघिसम्म नदी किनारका बगर घर छाउन प्रयोग हुने खरले ढकमक्क ढाकेका र अरु अधिकांश ठाउँमा मकैखेती मात्रै हुने गरेको अवस्था सर्लाहीको बर्थना हजरियाका लक्ष्मी महतोको मानसपटलमा ताजै छ . . .
महेन्द्रनगर (धनुषा) । धनुषामा एक बालिकाको हत्या भएको छ । सबैला नगरपालिका–९ कुसमहा सतोखरकी ६ वर्षीया बालिका राखी यादवको हत्या भएको हो । बालिकाको शव नग्न अवस्थामा सतोखर पोखरी नजिक खाल्डोमा जमेको पानीमा गए राति फेला परेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव निरीक्षक रञ्जन अवालेले जानकारी दिनुभयो । ब. . .
सर्लाही । सर्लाहीका उखु उत्पादक किसानले सरकारले निर्धारण गरेको उखुको मूल्यप्रति असहमति जनाएका छन् । उनीहरुले सरकारले निर्धारण गरेको मूल्य बढाउन माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल उखु उत्पादक किसान महासङ्घ, उखु उत्पादक किसान हकहित संरक्षण समिति र मिलगेड उखु उत्पादक क. . .