देशको खबर

नेपाल एयरलाइन्सका दुई पाइलट निलम्बित

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सका दुई पाइलटलाई निलम्बन गरेको छ । काठमाडौँ–नारिता उडानका क्रममा उडान सुरक्षा नियम उल्लङ्घन गरेको पाइएकाले उनीहरुलाई उडान सेवाबाट निलम्बन गरिएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो । उहाँका अनुस�. . .


‘डिजिटल डिभाइड’ कम गर्ने सरकारको नीति छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सूचना प्रविधिसम्बन्धी कानुन सदनबाट पारित गरेर छिट्टै कार्यान्वयनमा ल्याउने तयारीमा जुटेको बताउनुभएको छ । आइसिटी फाउण्डेसन नेपाल र ह्वा–वेलद्वारा आज यहाँ आयोजित ‘ह्वा–वे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३’ लाई सम्बोधन गर्दै उहाँले सूच. . .


इन्टरनेटको स्पिड र सर्भिस राम्रो नभए वर्ल्डलिंकले ग्राहकको पैसा फिर्ता गर्ने

काठमाडौँ । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्कले ‘मनी ब्याक ग्यारेन्टी’ नामक नयाँ सुविधा सुरु गरेको छ । शुक्रबारदेखि इन्टरनेटको स्पिड स्लो र सर्भिस राम्रो नभए पैसा फिर्ता दिने आकर्षक सुविधा ल्याएको वर्ल्डलिंक कम्युनिकेशन्सले जनाएको छ। नेपाली इन्टरनेट सेवा प्रदायकहर�. . .


आकस्मिक तयारीका लागि सधैँ चनाखो हुनुपर्छ :स्वास्थ्यमन्त्री बस्नेत

पाटन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आकस्मिक तयारीका लागि सधैँ चनाखो हुनुपर्ने बताउनुभएको छ । आकस्मिक चिकित्सकीय समूहको कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले आकस्मिक तयारीका लागि सबै पक्ष सधैँ चनाखो हुनुपर्छ भन्नुभयो । “आकस्मिक तयारीका लागि हामी सधैँ चनाखो हुनुपर्छ । य. . .


पोखरामा ड्रागन ‘बोट’ रेस प्रारम्भ

पोखरा । पर्यटकीय नगरी पोखरामा नेपाल–चाइना फ्रेन्डसीप ड्रागन बोट महोत्सव भव्यताका साथ सुरु भएको छ । नेपालस्थित चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना सुरु भएको महोत्सव एक कार्यक्रमकाबीच संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले उद्घाटन गर्नुभ�. . .


लमजुङको भलायखर्क केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । लमजुङको भलायखर्क आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार लमजुङ जिल्लाको राइनास नगरपालिकास्थित भलायखर्क आसपास केन्द्रविन्दु भएर आज बिहान ५ बजेर ५५ मिनेट जाँदा ४ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको धक्का लमजुङ, तनहुँ र गोर. . .


गोरखामा जन्ती बोकेको जिप दुर्घटना, पाँच जनाको मृत्यु

काठमाडौँ । गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् । दुर्घटनामा परी १२ जना घाइते भएको गोरखाका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो । सहिद लखन गाउँपालिका–३ चिलिङकोटबाट बेहुली लिएर सहिद लखन–५ ताक्लुङ फर्किँदै. . .


नयाँ राहदानी खरिद प्रक्रिया सुरु

काठमाडौँ । नेपाल सरकारले राहदानी खरिद गर्न आवश्यक प्रक्रिया थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आवश्यक प्रक्रिया र समन्वयमा काम गर्न परराष्ट्र मन्त्रालय र राहदानी विभागलाई निर्देशन दिए । मौज्दात सकिन थालेकाले नयाँ राहदानी खरिद तथा छपाइका लागि प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्�. . .


लम्पी स्किन नियन्त्रण उन्मुख

काठमाडौँ । देशभर महामारीका रूपमा फैलिएको लम्पी स्किन रोगका कारण हालसम्म २१ हजार पशु मरेको पशु विभागले जानकारी दिएको छ । विभागका अनुसार हालसम्म सातै प्रदेशमा तीन लाख १९ हजार तीन सय १४ हजार पशु चौपाय निको भएका छन् । हालसम्म पाँच लाख ५५ हजार चार सय पशु सङ्क्रमित भएको र त्यसमध्ये एक लाख नौ हजार छ सय ६७ पशुम�. . .


नागरिकता ऐन कार्यान्वयनको बाटो खुल्यो

काठमाडौँ । नागरिकता ऐन कार्यान्वयनको बाटो खुलेको छ । सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता नदिएसँगै कार्यान्वयनको बाटो खुलेको हो । आज न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासले यसअघिको अन्तरिम आदेशलाई निरन्तरता नदिने निर्णय �. . .


बजेट कार्यान्वयनको पूर्वतयारीमा जुट्यो अर्थ मन्त्रालय

काठमाडौँ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयनका लागि पूर्वतयारी सुरु गरेको छ । चालु आर्थिक वर्षको बाँकी अवधिमा गर्नुपर्ने सार्वजनिक खर्चको व्यवस्थापन र आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि गर्नुपर्ने पूर्वतयारीका सम्बन्धमा अर्थ मन्त्रालयले आज अरू विषयगत मन्त्रालय. . .


नेपाल ट्रेड युनियन कांग्रेसको अध्यक्षमा योगेन्द्रकुमार कुँवर निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसको केन्द्रीय अध्यक्षमा योगेन्द्रकुमार कुँवर निर्वाचित हुनुभएको छ । नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशनको आज सम्पन्न मतगणनामा अध्यक्षका उम्मेदवार कुँवरले उहाँका प्रत्यासी महेन्द्रप्रसाद यादवलाई परा�. . .