देशको खबर

चितवनमा तीन तहमा मतदानस्थल वर्गीकरण

चितवन । जिल्लामा रहेका १६१ मतदानस्थललाई सुरक्षाका दृष्टिकोणले तीन तहमा वर्गीकरण गरिएको छ । जिल्ला सुरक्षा समितिले निर्वाचन स्थलको निरीक्षण अनुगमनपछि स्थलहरूलाई वर्गीकरण गरेको हो । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार पहिला भएका निर्वाचनमा देखिएका गतिविधि र अब हुनसक्ने गतिविधिलाई आधार ब�. . .


सशस्त्र प्रहरीद्वारा हतियारसहित तीन पक्राउ

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–३ नहरचोकबाट बिहीबार सशस्त्र प्रहरीको टोलीले हतियारसहित तीन जनालाई पक्राउ गरेको छ । लङरेन्ज दुईनाले बन्दुक एक थान र सोको एक थान कार्टिजसहित उनीहरुलाई पक्राउ गरिएको पर्सा सशस्त्र प्रहरी प्रमुख एवं सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिनुभ�. . .


मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

सुदूरपश्चिम । पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको चौकीडाँडा सडकखण्डमा गए राति भएको मोटरसाइकल दुर्घटनामा घाइते दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनाबाट घाइते भएका से४प ४७३० नंको मोटरसाइकल चालक कञ्चनपुर कृष्णपुर नगरपालिका–५ का ३० वर्षीय लोकेन्द्र पार्की र सुदूरपश्चिम प्रदेश�. . .


अब स्वास्थ्य बीमा गराएकाको जानकारी सहितको मोबाइल एप्लिकेशन आउदै

स्वास्थ्य बीमा बोर्डले मोबाइल एप्लिकेशन सार्वजनिक गर्ने भएको छ । बोर्डले छैटौँ वार्षिकोत्सवको अवसर पारेर बीमा बोर्डले ‘एचआईबी’ नामक मोबाइल एप्लिकेसन सार्वजनिक गर्न लागेको विहिबार आयोजित पत्रकार सम्मेलन जानकारी गराइएको थियो । चैत्र २५ गते सार्वजनिक गरिने यस एप्लिकेसनबाट स्वास्थ्य बीमा गराएकाहर. . .


मिथिलाञ्चल क्षेत्रमा आज चैती छठ पर्व मनाइँदै

मिथिलाञ्चल क्षेत्रमा आज चैती छठ पर्व मनाइँदैछ । मंगलबारदेखि शुरु भएको चैती छठ पर्वको तेश्रो दिन अर्थात बिहीबार मुख्य दिन हो । आज अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ दिँदै शुक्रबार विहान उदाउँदो सूर्यको अर्घ दिएपछि छठ पर्व सम्पन्न हुनेछ । चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन नुहाएर चोखो खाने चलन छ भने �. . .


अभिनेता पल शाहलाई थुनामा राख्न आदेश

पूर्वीनवलपरासी — किशोरी बलात्कारको अभियोगमा मुद्दा खेपिरहेका अभिनेता पल शाहलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । मुद्दाको किनारा लगाउने समयसम्म थुनामा राखेर अनुसन्धान गर्ने आदेश दिएको हो । न्यायाधीश अर्जुन अधिकारीको इजलासबाट बुधबार शाहलाई तनहुँमै थुनामा राख्न आदेश दि�. . .


अवैध लागुऔषध सहित पक्राउ

पर्सा । वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटबाट करिब १ सय मिलिग्राम अवैध लागुऔषध खैरो हेरोईन सहित हेटौंडा उपमहानगरपालिका-४ स्कुल रोड बस्ने २३ वर्षीया बिमला राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेकी उनलाई प्रहरीले जाँच गर्दा उक्त परिमाणको लागुऔषध फेला पारी पक्�. . .


नेपाल बारको निर्वाचन : अध्यक्षमा घिमिरे एक हजार ९३ मतले अगाडि

काठमाडौं । नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहतर्फबाट अध्यक्ष गोपालकृष्ण घिमिरेले अग्रता लिनुभएको छ । हालसम्म ३३ केन्द्रको मतगणना गर्दा उहाँले दुई हजार २१५ मत प्राप्त गर्नुभएको छ भने प्रगतिशी. . .


सुनको मूल्य प्रतितोला ९९ हजार

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला पाँच सयले बढेर ९९ हजार तोकिएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला ९८ हजार पाँच सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार पाँच सय कायम भएको छ । उक्त सुन बुध�. . .


जेसीजका अन्तर्राष्ट्रिय अध्यक्ष र उपाध्यक्ष नेपाल आउँदै

काठमाडौँ । जेसीजका अन्तर्राष्ट्रिय अध्यक्ष आर्गेनीस एंगुलो र उपाध्यक्ष राखी जैन नेपाल आउन लाग्नुभएको छ । अध्यक्ष एंगुलो आज आउनु लाग्नुभएको हो भने उपाध्यक्ष जैन शुक्रबार आउनु हुने भएको हो । एंगुलो भेनेजुयलाका र जैन भारतका नागरिक हुनुहुन्छ । अन्तर्राष्ट्रिय अध्यक्षको सात वर्षपछि नेपाल भ्रमण हुन ला�. . .


उदयपुरको १६ बर्षीया बालिकाको हत्याको आरोपमा २ जना पक्राउ

विराटनगर । उदयपुरको बेलका नगरपालिका-३ कि १६ बर्षीया कविता सुनुवारको हत्या गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत सिक्किम बियुङ घर भई उदयपुर बेलका नगरपालिका ३ का जित बहादुर ढकालको घरमा बस्दै आएका १९ बर्षीय बिनोद ढकाल र १७ बर्षीया बालिका रहेकि छन । चैत्र २२ गते बिहान बेलका �. . .


पछिल्लो २४ घण्टामा देशभर १३ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १३ जनामा कोरोना संक्रमित थपिएका छन् । ४ हजार ८ सय ७ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ५७ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ५६ हजार ५ सय २७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । �. . .