देशको खबर

संविधान संशोधन गर्न हतार गर्न हुन्न : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन गर्न हतार गर्नुपर्ने अवस्था नआएको बताउनुभएको छ । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको स्मृतिमा एमालेद्वारा आज आयोजित ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रममा उहाँले नेपाली जनताभन्दा पनि बाह्यशक्तिको चलखेल देखिएकाले तत. . .


संविधान दिवसको अवसरमा राष्ट्रपतिद्वारा ६७० जना कैदीको सजाय माफी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा कूल छ सय ७० जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा भएको छ । उहाँले फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन र कारागार नियमावली, सर्वाेच्च अदातलको रिट र ज्येष्ठ नागरिक ऐनका आधारमा उक्त कैदीको भुक्त�. . .


ऊर्जा क्षेत्रलाई अर्थतन्त्रको प्रमुख आधारका रुपमा विकास गर्ने सरकारको तयारी

काठमाडौँ । भौतिक पूर्वाधारको क्षेत्रका रुपमा रहँदै आएको मुलुकको ऊर्जा क्षेत्रलाई सरकारले अब भने प्रमुख आर्थिक एवम् औद्योगिक क्षेत्रका रुपमा परिचय प्रदान गरेर अगाडि बढाउने भएको छ । ऊर्जा क्षेत्र क्रमशः कमोडिटीका रुपमा विकास भएको, भारतमा नियमित रुपमा निर्यात हुन थालेको र बङ्गलादेशमा समेत निकट भविष. . .


तेइस वर्षदेखि वाटिकामा उभिरहेछन् लौहपुरुष गणेशमान

रमेश गिरी / रासस भक्तपुर । सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित सुवर्णेश्वर महादेव मन्दिर क्षेत्रमा रहेको जङ्गलको पूर्वपट्टिको छेउमा सुन्दर बगैँचासहितको बाटिका छ । नजिकै सानो पालेघर । वाटिकाको बीचमा २३ वर्षदेखि लौरो टेकेर ठिङ्ग उभिरहेका लौह पुरुष, प्रजातन्त्र सेनानी स्व गणेशमान सिंहको पूर्णकदको. . .


संरक्षण क्षेत्रका उपलब्धीलाई जनताको आयआर्जनसँग जोड्न जरुरी छ : मन्त्री महतो

काठमाडौँ । वन तथा वातावरण मन्त्री डा वीरेन्द्रप्रसाद महतोले वनजङ्गल तथा वन्यजन्तु संरक्षणका क्षेत्रमा नेपालले हालसम्म धेरै उपलब्धी हासिल गरिसकेकाले त्यसलाई जनताको आयआर्जनसँग जोड्नुपर्ने बताउनुभएको छ । उहाँले मुलुकमा हाल वनजङ्गलको क्षेत्रफल बढेर ४५ प्रतिशत पुगेको बताउनुभयो । “वन्यजन्तुको सङ्�. . .


विधिपूर्वक समापन गरियो तीज

काठमाडौँ । भाद्र शुक्ल तृतीयाका दिनमा देवादिदेव महादेवको पूजाआराधना गरी हरितालिका (तीज) पर्वको व्रत बसेका व्रतालुले आज बिहान गोदान, पूर्णपात्र गरी व्रत समापन गरेका छन् । सामान्यतया अरू व्रत त्यसै दिन बेलुकी समापन गर्ने विधि भए पनि हरितालिका (तीज) व्रत भने भोलिपल्ट बिहानमात्र उद्यापन गर्ने शास्त्री�. . .


अब चारित्रिक प्रमाणपत्रमा अभियोग वा कसुर उल्लेख नहुने

काठमाडौँ । गृह मन्त्रालयबाट जारी ‘प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका’ आज राजपत्रमा प्रकाशित भएको छ । जारी निर्देशिकाअनुसार अब चारित्रिक प्रमाणपत्र लिने व्यक्तिको अभियोग वा कसुर चारित्रिक प्रमाणपत्रमा उल्लेख गरिने छैन । साथै अनलाइन आवेदन दिएको पाँच कार्यदिनभित्रै प्रमाणपत्र पाउने पन. . .


आज राष्ट्रिय शिक्षा दिवस

काठमाडौँ । ‘समावेशी र सीपमूलक शिक्षा : स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने आदर्श वाक्यका साथ आज राष्ट्रिय शिक्षा दिवस, २०८० मनाइँदैछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवस मनाउन शिक्षामन्त्री अशोकमाुर राईको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको छ । दिवसका अवसरमा मन्त्रालयले ‘क’, ‘ख’ र ‘ग’. . .


राष्ट्रिय महिला भलिबलको उपाधि पुलिसलाई

कास्की । पोखरामा आयोजना गरिएको महिला तथा पुरुष ‘लामाचौर कप’ राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि महिलातर्फ नेपाल पुलिस क्लबले जितेको छ । पोखराको लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालयको खेल मैदानमा सोमबार सम्पन्न फाइनल खेलमा साबिक विजेता विभागीय टोली पुलिसले चिरपरिचित प्रतिद्वन्द�. . .


मनाइयो वास्तु दिवस, गरियो विश्वकर्मा पूजा

काठमाडौँ । आश्विन सङ्क्रान्ति अर्थात् कन्या राशिमा सूर्य प्रवेश गरेका दिन आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाएका छन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीर राखी विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाइएको हो । कलकारखानालाई विशेष रुपमा सजा. . .


स्वयंसेवक परिचालनमा नियमन गरेपछि पशुपति दर्शनमा सहज

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले स्वयंसेवक परिचालनमा नियमन गरेपछि विगतका वर्षको तुलनामा यस वर्ष पशुपति क्षेत्रमा हरितालिका (तिज) पर्व व्यवस्थित भएको छ । पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनका लागि स्वयंसेवकमा निगरानी गरेपछि व्रतालु महिलाले सहजरुपमा दर्शन गर्न पाएका हुन् । विगत वर्षमा सय�. . .


सामान्य विवादमा कुटपिट गरी साथीको हत्या

लुम्बिनी । स्थानीय युवाहरु बीच सामान्य विवाद हुँदा कुटपिट एकजना युवकको हत्या भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–२ दोभान घोंडेबासका २४ वर्षीय सुनिल खत्रीको साथीहरुको कुटपिटबाट हत्या भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक स�. . .