देशको खबर

बागमती प्रदेशमा फैलिँदै बर्डफ्लु, कृषकलाई सर्तक रहन आग्रह

काठमाडौं । बागमती प्रदेश कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार प्रदेशका छ जिल्लामा बर्डफ्लु फैलिएको छ। हालसम्म काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोक जिल्लामा बर्डफ्लु देखिएको मन्त्रालयका सचिव डा.शरणकुमार पाण्डेले जानकारी दिनुभयो। उहाँका अनुसार बर्डफ्लुका कारण हालसम्�. . .


मानवीय जीवनको निरन्तरताका लागि पर्वतीय क्षेत्रको संरक्षण आवश्यक : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पर्वतीय क्षेत्र स्वच्छ पानी तथा प्राकृतिक स्रोतका रुपमा रहेको र पर्वतबाटै विश्वको झण्डै आधा जनसङ्ख्याले पानीका स्रोतहरु प्राप्त गरिरहेकाले पर्वतीय क्षेत्रको संरक्षण र संवर्द्धन गर्नुपर्नेमा जोड दिनुभएको छ । अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास वर्ष, २�. . .


पूर्व सूचना र तयारीसँगै सम्भावित क्षतिबारे सजग हुन आवश्यक

काठमाडौं । विश्व मौसम सङ्गठन स्थापना भएको दिन (मार्च २३, सन् १९५०) को सम्झनामा हरेक वर्ष मार्च २३ लाई विश्व मौसम दिवस को रुपमा मनाउने गरिन्छ । बुधबार नेपालमा पनि ‘पूर्वसूचना र पूर्वतयारी’ भन्ने मूल नाराका साथ विविध कार्यक्रम आयोजना गरी विश्व मौसम दिवस, २०७८ मनाइएको छ । यस वर्षको विश्व मौसम दिवसको मूल वि�. . .


देशभरका यातायात कार्यालयको सम्पुर्ण सेवा अनिश्चितकालका लागि बन्द हुने

विराटनगर । आज(बुधबार )बेलुकी ५ बजेदेखि देशभरका यातायात कार्यालयहरुबाट प्रदान हुने सम्पुर्ण सेवा अनिश्चितकालका लागि बन्द हुने भएको छ । यातायात व्यवस्था विभागले कार्यालयहरुका सर्भरहरुमा विद्युतीय समस्या देखिएको भन्दै बुधबार बेलुकी ५ बजेदेखि सम्पुर्ण सेवा बन्द गर्ने निर्णय गरेको हो । विभागका सर्भ. . .


देशको शान्तिसुरक्षाका लागि सशस्त्र प्रहरी अब्बल : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले सशस्त्र प्रहरीको स्थापना पछि नेपालमा शान्तिसुरक्षा कायम भएको बताएका छन् । देशको सुरक्षाका लागि सशस्त्र प्रहरी अब्बल रहेको जनाउँदै उनले कोभिडको समयमा सशस्त्र प्रहरीले गरेको कामप्रति उच्च मूल्याङ्कन गरिएको बताए । कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा सशस्त्र प्र�. . .


प्रधानमन्त्री देउवाद्वारा दिगो पर्वतीय अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले दिगो पर्वतीय अन्तर्राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्नुभएको छ । वन तथा वातावरण मन्त्रालयद्वारा काठमाडौंको चन्द्रागिरिमा आयोजित सो दुई दिने सम्मेलनमा विश्वका १३ मुलुकका २०० जनाको सहभागिता छ । तीमध्ये सय जना भौतिक रुपमा र बाँकी सय जना भर्चुअल माध्यमबाट स. . .


प्रधानमन्त्री देउवा बिहीबार तनहुँ आउनु हुने

दमौली । प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार तनहुँ आउने हुनुभएको छ । जिल्लाका विभिन्न ठाउँमा आयोजना हुने कार्यक्रममा सहभागी हुन उहाँ तनहुँ आउन लाग्नुभएको हो । प्रधानमन्त्री देउवाले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण गर्ने �. . .


अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं । दक्षिणकली नगरपालिका-५ स्थित फर्पिङ चेकपोष्टबाट करिब ५० ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित काठमाडौं कीर्तिपुर मच्छेगाउँ बस्ने झापा बिर्तामोड नगरपालिका-६ घर भएका ३१ वर्षीय बिनोद चौधरी लगायत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । हेटौंडाबाट काठमाडौंतर्फ आउ�. . .


स्थानीय तह निर्वाचनका लागि चितवनमा २७ दल दर्ता

चितवन । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्लामा २७ दल दर्ता भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार ६ ठूला दलबाहेक २७ साना दलले निर्वाचनका लागि चिह्न लिन आयोगमा दल दर्ता गराएका हुन् । कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार आयोगले दलहरूलाई आफ्नै निर्वाचन चिह्न लिनका लागि य. . .


नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आजदेखि

काठमाडौँ । स्थानीय तहको आसन्न निर्वाचनका लागि पार्टीको तयारीलगायत विषयमा छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको तेस्रो बैठक आजदेखि काठमाडौँमा बस्दैछ । बबरमहलस्थित एक ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि हुने बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्�. . .


मधेस प्रदेशसभाको आजकाे बैठक पुनः स्थगन

धनुषा । मधेस प्रदेशको प्रदेशसभाको आजका लागि बोलाइएको बैठक पुनः स्थगन गरिएको छ । प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगन भएको जानकारी गराउनुभएको छ । प्रदेशसभाको बैठक चौथोपटक स्थगन भएको हो । अर्को बैठक शुक्रबार दिउँसो २ बजे बस्ने तय गरिएको प्रदेशसभा सचिवालयल�. . .


ग्रीन भेन्चर्स लिमिटेडको सर्वसाधारणका लागि आईपीओ खुला

ग्रीन भेन्चर्स लिमिटेडले सर्वसाधारणका लागि आईपीओ खुला गरेको छ।  कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ३१ लाख २५ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो। निष्काशन गरिएको कुल शेयरमध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ। यस्तै ५ प्रतिशत अर्थात १ लाख ५६ हजा. . .