देशको खबर

सरकारी सर्भर डाउन हुँदा पन्ध्र सय वेबसाइट प्रभावित

काठमाडौं । सिंहदरबारस्थित सरकारको एक मात्र डाटा सेन्टरमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा करिब १५ सय बेवसाइट प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। राष्ट्रिय सूचना प्रविधि केन्द्रका प्रवक्ता सफल श्रेष्ठले डाटा सेन्टरमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा केन्द्रका सबै सेवा अवरुद्ध भएको जानकारी दिए । तर यस�. . .


पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान आज

काठमाडौँ । व्यावसायिक रूपमा सञ्चालनमा आएको छ महिनापछि कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय उडान हुँदैछ । चिनियाँ विमान कम्पनी सिचुआन एयरलाइन्सले पोखरामा सिधा चार्टर्ड उडान भर्न लागेको हो । विमानस्थलका प्रमुख विक्रम गौतमका अनुसार चीनको छेन्दु–तियान्फु इन्टरनेश�. . .


सरकार खेलाडीको जीवन सुरक्षित बनाउने योजनामा छ : मन्त्री लिम्बू

बनियानी । युवा तथा खेलकुदमन्त्री डिकबहादुर लिम्बूले खेलाडीको जीवन सुरक्षित गर्ने योजनामा सरकार रहेको बताउनुभएको छ । झापाको भद्रपुरस्थित मेची रङ्गशाला परिसरमा मंगलबार आयोजित स्वागत तथा कार्यक्रममा उहाँले खेलाडीको जीवन सुरक्षित गर्न सरकार खेलाडीको जीवन बीमा गर्ने योजनामा रहेको बताउनुभयो । “खेलक. . .


हवाई इन्धनको मूल्य घट्यो

काठमाडौँ । सरकारले हवाई इन्धनको मूल्य घटाएको छ । नेपाल आयल निगमका अनुसार आन्तरिकतर्फको हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रति लिटर १० रुपैयाँ घटाएर एक सय ५० रुपैयाँ प्रतिलिटर कायम भएको छ । अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रति किलोलिटर दुई सय अमेरिकी डलर (करिब २६ रु�. . .


स्रोत नखुलेको ३३ लाख ५० हजारसहित एक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपालिका वडा नं ६ बौद्ध फूलबारीमा नाम्गेल भन्ने किंगाले सञ्चालन गरेको हिमालयन हस्तकला नाम गरेको पसलबाट स्रोत नखुलेको रकमसहित मनाङ ङिस्याङ गाउँपालिका घर भएका ३० वर्षीय कर. . .


आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौँ । अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रि. . .


वाईफाई नेपालको ‘डे सर्फिङ्ग’ प्याकेज : मासिक तीन सय रुपैयाँमा ५० एमबिपिएस स्पिड

विराटनगर । इन्टरनेट सेवा प्रदायक वाई–फाई नेपालले किस्ताबन्दी र 'डे सर्फिङ्ग' प्याकेज ल्याएको छ । सबै नेपालीलाई सहुलियतपूर्ण इन्टरनेटको पहुँचमा पुराउने उद्देश्यका साथ आफ्नो सेवा विस्तार गर्दै आएको इन्टरनेट सेवाप्रदायक कम्पनी वाईफाई नेपालले किस्ताबन्दी र 'डे सर्फिङ्ग' प्याकेज ल्याएको हो । ५० र ८० एम. . .


धुर्मुस–सुन्तली फाउण्डेशनलाई कर छुट दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले अर्थ मन्त्रालयको प्रस्तावमा धुर्मुस–सुन्तली फाउण्डेशनले गिरानचौर एकीकृत नमूना बस्ती पुनःनिर्माण तथा पर्यटन प्रवद्र्धन परियोजनाको स्वामित्वमा रहेको घर जग्गा हस्तान्तरण गर्ने बेलाको करलाई छुट दिने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बस�. . .


पुरुष भलिबलमा नेपाल इरानसँग पराजित

काठमाडौँ । कीर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगमा नेपाल इरानसँग पराजित भएको छ । कीर्गिस्तानको बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा आज भएको खेलमा नेपाल इरानसँग ३–० को सोझो सेटमा पराजित भएको हो । इरानले नेपाललाई पहिलो सेट २५–१६, दोस्रो सेट २. . .


नवीन सोच देशको सामाजिक रुपान्तरणका निम्ति अपरिहार्य छ: प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवीन सोच राष्ट्र र जनताको पक्षमा सामाजिक रुपान्तरणका निम्ति अपरिहार्य हुने बताउनुभएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा आज आयोजित प्रतिभा डबली कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सामाजिक रुपान्तरणका लागि नयाँ सोच जरुरी रहे�. . .


बझाङ दुर्घटना अपडेट : मन्त्री सिंहको निधन

जानकी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । आज बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा भएको जीप दुर्घटनामा पर्नुभएका मन्त्री सिंहको बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा अपराह्न ५ः३३ मा निधन भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्र. . .


बझाङ दुर्घटना अपडेट : दुई जनाको मृत्यु

महेन्द्रनगर । बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीया अमृता सिंह र ६० वर्षीया जयादेवी सिंह रहेका छन् । अमृता सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहकी श्रीमती हुनुहुन्छ । रायल प्राथमिक स्व�. . .