बाजुरा । बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्या केन्द्रबिन्दु बनाएर बुधबार दिउँसो गएको ५ दशमलव २ म्याग्नेच्युटको भूकम्पबाट विद्यालय र स्वास्थ्यचौकीमा क्षति पुगेको छ । भूकम्पबाट हिमाली गाउँपालिका १, ३ र ५ मा रहेका दुई वटा स्वास्थ्यचौकी र एक विद्यालयमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी पुष्कर खड्�. . .
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति नजिकिँदै गर्दा विद्यार्थी सङ्गठनले पनि तयारी तीव्र पारेका छन् । स्ववियु निर्वाचनमा आफ्नो आआफ्नो सङ्गठनलाई जिताउनका लागि विद्यार्थी सङ्गठनले विभिन्न समिति गठन गरी तयारी तीव्र पारेका हुन् । अनेरास�. . .
काठमाडौँ । लघुवित्त वित्तीय संस्थाका कारण न्यूनआय भएका वर्ग झन् प्रभावित बनेको भन्दै संसद्मा लघुवित्तलाई नियमन गर्न आवाज उठेको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद गगनकुमार थापाले बदनियतका साथ काम गर्ने लघुवित्तलाई कारबाही गर्न र एउटा ऋणीले एउटा मात्र संस्थाबाट ऋण लिन पाउने व्यवस्था ग�. . .
लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीस्थित मायाँदेवी मन्दिरमा नयाँ गजुर राखिएको छ । सो मन्दिरको गजुर पुरानो र जीर्णभएकाले लुम्बिनी विकास कोषले नयाँ गजुर राखेको हो । नयाँ गजुर राखेसँगै मन्दिर आकर्षक देखिएको छ । सो कोषले दाताहरुका सहयोगमा स्वयम्भू स्तुपा ढाँचाको आधुनिक गजुर राखेको हो । यसका लागि थाइल्य. . .
किमाथाङ्का । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन हुने बताउनुभएको छ । राष्ट्रिय एकताको प्रतीक राष्ट्रपति भएको हुनाले राष्ट्रिय सहमतिकै आधारमा राष्ट्रपति चयन हुने उहाँको भनाइ थियो । आज सङ्खुवासभाको तुम्लिङटारमा सञ्चारकर्मीसँग कुरा ग�. . .
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् सांसद डा. चन्द्र भण्डारीकाे स्वास्थ्यमा सुधार हुँदै गएकाे छ । खाना पकाउने ग्यास चुहिएर कोठामा आगो लाग्दा जलेर गम्भीर घाइते भई भारतको मुम्बइको नेशनल बर्न्स सेन्टरमा उपचाररत भण्डारीको स्वास्थ्यमा सुधार हुँदै आएको हो । भण्डारीलाई आज बुधवारदेखि मुखबाटै खाना �. . .
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुने आइसिसी १९ वर्षमुनि (यू–१९) पुरुष विश्वकपको एसिया क्षेत्र छनोट प्रतियोगिता खेल्न जाने नेपाली टोलीलाई आज बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ, क्यानका. . .
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ३३ दशमलव ५७ अङ्कले बढेर दुई हजार ८० दशमलव ३८ को बिन्दुमा कायम भएको हो । आज दुई सय ६९ वटा कम्पनीको ४७ लाख ७९ हजार सात सय ९६ कित्ता शेयर ३९ हजार नौ सय ९६ पटक खरिद बिक्री हुँदा रु एक अर्ब ८० करोड ३२ लाख ८२ हजार. . .
काठमाडौँ । नेपाल प्रहरीका डीआईजी अशोक सिंहले राजीनामा बुझाएका छन् । उनले बुधबार प्रहरी प्रधान कार्यालय पुगेर राजीनामा बुझाएका हुन् । डीआईजी सिंहको उमेर विवादका कारण राजीनामा दिएका हुन् । २०४२ जेठ २२ मा जारी उनको नागरिकतामा सिंहको उमेर १८ वर्ष उल्लेख गरिएको छ । शैक्षिक योग्यताको प्रमाणपत्रमा सिं. . .
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका निलम्बित सांसद अरुणकुमार चौधरीको निलम्बन फुकुवा भएको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले गृह मन्त्रालयबाट प्राप्त पत्र पढेर सुनाएसँगै सांसद चौधरीको निलम्बन फुकुवा भएको हो । निलम्बन फुकुवा भएसँगै सांसद चौधरी अब निर्बाध रूपमा प्रति�. . .
धनगढी । बाजुरा केन्द्रबिन्दु बनाएर ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको छ । बाजुराको विछ्या आसपासलाई केन्द्रबिन्दु बनाएर बुधबार दिउँसो १ बजेर ४५ मिनेटमा भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पबाट कुनै क्षति भएको जानकारी अहिलेसम्म आएको छैन ।. . .
काठमाडौँ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना लगानीकर्ताहरुका लागि लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट असार मसान्तसम्म कायम चुक्ता पूँजीबाट आकर्षक लाभांश घोषणा गरेको हो । लघुवित्तले १० प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । यही वर्षको असार म�. . .