देशको खबर

बजेटले सङ्कट टार्न सक्दैन : अध्यक्ष ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रस्तुत बजेटले अहिलेको आर्थिक सङ्कट टार्न नसक्ने प्रतिक्रिया दिएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०८०/८१ बजेटका बारेमा प्रारम्भिक प्रतिक्रिया दिँदै पार्टी अध्यक्ष केपी शर्�. . .


साना करदातालाई सुविधा : चार महिनामा कर र सोको विवरण पेस गरे हुने

काठमाडौं । सरकारले साना करदातालाई सुविधा दिने नीति ल्याएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ बजेट सार्वजनिक गर्दै मूल्य अभिवृद्धि करमा दर्ता भई वार्षिक रु एक करोडसम्मको कारोबार गर्ने करदाताले अबदेखि चार/चार महिनामा विवरण पेस गर्ने व्यवस�. . .


तयारी वस्तुमा भन्दा कच्चा वस्तुको आयातमा एक तह कम भन्सार लाग्ने

काठमाडौं । सरकारले तयारी वस्तुको तुलनामा कच्चा पदार्थ आयातमा लाग्ने भन्सारको दर घटाएको छ । आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री डा प्रकाशशरण महतले उद्योगले पैठारी गर्ने औद्योगिक कच्चा पदार्थको भन्सार कर तयारी वस्तुको भन्दा कम्तीमा एक तह कम हुने भन्सार दर कायम गरिएको बत. . .


स्वरोजगार सबै नागरिकलाई पेन्सन

काठमाडौं । नेपाल सरकारले नागरिक लगानी कोषमार्फत स्वरोजगारमा रहेका सबै नेपाली सहभागी हुने गरी नागरिक पेन्सन योजना सञ्चालन गर्ने भएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आज आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै वित्तीय क्षेत्रको स्थायित्वलाई असर पुर्याउने गैरव्यावसायिक त�. . .


अबको ‘एजेन्डा’ समृद्धि र सुशासन : पर्यटनमन्त्री किराँती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले गणतन्त्रात्मक मुलुकको अबको ‘एजेन्डा’ आर्थिक समृद्धि र सुशासन रहेको बताउनुभएको छ । काठमाडौँमा आजदेखि सुरु राष्ट्रिय ललितकला प्रदर्शनी २०८० को समुद्घाटन समारोहमा मन्त्री किराँतीले युवा स्वरोजगार सिर्जना गरी मुलुकलाई समग्र विक�. . .


राष्ट्रिय हितलाई केन्द्रमा राखेर भारत भ्रमण गर्न लागेको छु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय हितलाई केन्द्रमा राखेर आफूले भारत भ्रमण गर्न लागेको बताउनुभएको छ । प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठकमा यही जेठ १७ गतेदेखि गर्न लागेको भारत भ्रमणका बारेमा जानकारी दिँदै उहाँले मुलुकको राष्ट्रिय हितलाई केन्द्रमा राखेर द्विपक्षीय भ�. . .


आर्थिक वृद्धिदर छ प्रतिशत पुर्याउने र मूल्यवृद्धि साढे छ प्रतिशतभन्दा बढ्न नदिने लक्ष्य

काठमाडौं ।सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि आर्थिक वृद्धिदर छ प्रतिशत पुर्याउने र मूल्यवृद्धि साढे छ प्रतिशतभन्दा बढ्न नदिने लक्ष्य कायम गरेको छ । “आगामी आर्थिक वर्षमा छ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने अपेक्षा राखेको छु । मुद्रास्फीति छ दशलमव पाँच प्रतिशतमा सीमित हुने अनुमान रहेको छ”, आज. . .


सांसदले आफ्नो निर्वाचन क्षेत्रका लागि पाँच करोड पाउने

काठमाडौं । सरकारले साविकको सांसद विकास कोषअर्थात् स्थानीय पूर्वाधार साझेदारी तथा विकास कार्यक्रम ब्युँत्याएको छ । आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत खारेज गरिएको यो कार्यक्रमलाई अहिले संसदीय क्षेत्र विकास कार्यक्रमका रूपमा फेरि ल्याइएको छ । “निर्वाचन क्षेत्रका जनताले अपेक्षा गरेका विकास निर्�. . .


विदेश पढ्न जाने विद्यार्थीले पाउने सटही सुविधामा कर बढ्यो

काठमाडौं । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले नेपालमा विदेशी मुद्रा सहटी गर्दा लाग्ने कर बढेको छ । आज संसदमा प्रस्तुत भएको आर्थिक विधेयक २०८० ले शिक्षा सेवा शूल्क बढाएको हो । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई शिक्षण शूल्कवापत विदेशी सटही सुविधा दिँदा त्यस्तो सटही रकममा लाग्ने शिक्षा सेव�. . .


सरकारको प्राथमिकतामा पर्यटन क्षेत्र, बजेट बढ्यो

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा पर्यटनमा रु दुई अर्ब ५८ करोडले बजेट वृद्धि गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०८०-८१ को बजेटमा पर्यटन क्षेत्रका लागि रु ११ अर्ब ९६ करोड बजेट विनियोजन गरेको घोषणा गर्नुभएको छ । चालु आर्थिक �. . .


तीस अर्बले घट्यो भौतिक पूर्वाधारको बजेट, खुद्रे आयोजना हटाइयो

काठमाडौं । सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि रु एक खर्ब ३१ अर्ब ५९ करोड विनियोजन गरेको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ बजेट सार्वजनिक गर्दै खुद्रे आयोजनामा बजेट नदिएर सम्पन्न भएर नतिजा देखिने खालका रणनीतिक आयोजनामा मात्�. . .


दुई वर्षभित्र शत्प्रतिशत जनसङ्ख्यामा विद्युत्को पहुँच

काठमाडौं । सरकारले दुई वर्षभित्र शत्प्रतिशत जनसङ्ख्यामा विद्युत्को पहुँच पुर्याउने भएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ बजेट सार्वजनिक गर्दै आगामी दुई वर्षभित्र शत्प्रतिशत जनसङ्ख्यामा विद्युत्को पहुँच पुर्याउने गरी राष्ट्रिय प्रसा. . .