समाचार

इटहरी गोल्डकप चैत १० गतेदेखि

विराटनगर । सुनसरीको इटहरीमा चैत १० गतेदेखि अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको १४ औं संस्करण हुने भएको छ । स्थानीय राष्ट्रिय जागृति क्लबको आयोजनामा हुने प्रतियोगिता चैत १९ गतेसम्म सञ्चालन हुनेछ । आयोजकले मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको मिति घोषणा गरेको हो । इट�. . .


आज देशभर मौसम सफा रहने

काठमाडौं । हाल कर्णाली र सुदुरपश्चिम प्रदेशको केहि भू–भाग लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ । बुधबार नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक मात्रै प्रभाव रहेको छ । आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधारण बदल. . .


यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेकोे छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३४ पैसा र बिक्री दर १३२ रुपैयाँ ९४ पैसा कायम रहेको छ । यूरो एकको खरिद दर १४३ रुपैयाँ ६२ पैसा र बिक्री दर १४४ रुपैयाँ २७ पैसा तोकिएको छ । यस्तै, बुधबार बेलायती पा�. . .


पीएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति स्पेनिस क्लब रियल सोसिडाडलाई राउन्ड अफ सिक्सटीनको दोस्रो लेगमा २–१ गोल अन्तरले पराजित गरेपछि समग्रमा ४–१ को नतिजासहित क्वाटरफाइनलमा स्थान बनाएको हो । पीएसजीले पहिलो लेगमा �. . .


त्रिशूलीमा बस खस्यो : ५ को मृत्यु, ३७ घाइते, बेपत्ताको खोजी जारी

काठमाडौं । कपिलवस्तुबाट काठमाडौँ आउँदै गरेको रात्री बस बुधबार बिहान त्रिशूलीमा खसेको छ । दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ भने चालकसहित ३७ जना घाइते छन् । बसमा ५१ जना यात्रु रहेको भन्ने विवरणका अनुसार अन्य ९जनाको खोजी कार्य भइरहेको धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए । �. . .


फेसबुक र इन्स्टाग्रामको सर्भर डाउन

विराटनगर । सामाजिक संजाल फेसबुक र इन्स्टाग्रामको सर्भर डाउन भएका छन्। आज बेलुका नेपालसहित विश्वभरमा मेटाका यी प्लेटफर्मको सर्भर डाउन भएका हुन्।  विशेषगरी अकाउन्ट आफै लगआउट हुने देखिएको छ । मंगलबार बिहानैदेखि पोस्ट अपडेट गर्दा वा एडिट गर्दा पोस्ट तथा एडिट नहुने समस्या देखिएको थियो। अहिले भने साम�. . .


झापा गोल्डकप : चर्च ब्वाइज सेमीफाइनलमा

बिर्तामोड । क्लब स्थापनाको ९०औं वर्ष मनाउँदै गरेको न्यु रोड टिम (एनआरटी) फुटबल क्लब झापाको बिर्तामोडमा जारी छैटौं अर्ना झापा गोल्डकपको क्वार्टर फाइनलबाटै बाहिरिएको छ । चर्च ब्वाइज युनाइटेड फुटबल क्लबसँग १–० गोल अन्तरले पराजित हुँदै एनआरटी प्रतियोगिताबाट बाहिरिएको हो ।कठिन जित निकालेर लिग च्याम्प�. . .


कांग्रेसले गर्यो प्रतिपक्षमा बस्ने निर्याय,फिर्ता लियो सरकारलाई दिएको समर्थन

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको विश्वासको मत फिर्ता लिएर प्रतिपक्षमा बस्ने निणर्य गरेको छ। मंगलबार अपराह्न कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमाबसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्री दाहाललाई दिएको विश्वासको मत फिर्ता लिन. . .


‘फुटप्रिन्ट’ ले पत्ता लाग्यो घटनास्थलमा पुगिया व्यक्ति,हत्यामा प्रयोग भएको हतियारको दाप मात्रै फेला

नवराज कट्टेल विराटनगर । मोरङको पथरीशनिश्चरे-७ मा सोमबार बेलुका १०:१७ बजे १५ वर्षीया ज्ञानमती थुलुङ राईको हत्यामा संलग्नको पहिचान जुत्ताको डामबाट भएको छ । प्रहरीले संलग्न मोरङ ग्रामथान घर भइ बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका बस्दै आएका ३८ वर्षीय धीरेन कुमार खाँ चौधरीलाई पक्राउ गरि सार्वजनिक �. . .


तेस्रो इक्वालिटी कप महिला क्रिकेट : मोरङ र इलाम विजयी

विराटनगर । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर आज सुरु भएको तेस्रो संस्करणको इक्वालिटी कप महिला क्रिकेट प्रतियोगितामा मोरङ र इलाम विजयी बनेका छन् । पहिलो खेलमा मोरङले सप्तरीलाई ८६ रनको फराकिलो रन अन्तरले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको मोरङले निर्धारित २० ओभरमा ३ विकेट गुमाई १ सय ५५ को �. . .


राष्ट्रिय टी–२० क्रिकेटः दोस्रो खेलमा सुदूरपश्चिम विजयी

विराटनगर । कोशी प्रदेश ट्रफी नेशनल राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको आज भएको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेश टिम विजयी बनेको छ । विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालामा भएको खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ४० रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेक�. . .


बैंकबाट साटेको एकलाखको बण्डलमा हजारको नोट नक्कली

विराटनगर । विराटनगरमा बैंकबाट निकालिएको एकलाख रुपैँयाको बण्डलमा एकथान (एक हजारको नोट) नक्कली भेटिएको छ । विराटनगरको स्ट्याण्डर चार्टर बैंक महेन्द्रचौक शाखाबाट चेक साटेर ग्लोबल आईएमई बैंकमा जम्मा गर्न जाँदा एउटा नक्कली नोट भेटिएको हो । विराटनगर–६ का प्रविन भट्टराईले स्टयाण्डर चार्टर बैंकमा चेक सा�. . .