समाचार

पोखरा विमान दुर्घटना : आन्तरिक उडानतर्फ हालसम्मकै ठूलो

गण्डकी । पोखरामा आज भएको यति एयरलायन्सको विमान दुर्घटना नेपालको आन्तरिक उडानमा हालसम्मकै ठूलो भएको पाइएको छ । आजको दुर्घटना आन्तरिक उडानमा सबैभन्दा ठूलो रहेको नेपाल नगारिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो । यसअघि नेपालमा भएका विभिन्न हवाई दुर्घटनामा सयौँ मानिसले ज्य. . .


पेरुमा आपतकालको घोषणा

पेरुको सरकारले हालैका हप्ताहरूमा कम्तीमा ४२ जनाको ज्यान लिने राष्ट्रपति डिना बोल्वार्टेविरुद्धको प्रदर्शनका कारण राजधानी लिमा र अन्य तीन क्षेत्रहरूमा आपतकालिन अवस्थाको घोषणा गरेको छ । तीस दिनको लागि लागू हुने गरी सेनालाई व्यवस्था कायम राख्न हस्तक्षेप गर्न अधिकार दिइएको छ । आन्दोलन र भेलाको स्वत�. . .


‘नाङ्गिँदै हिमाल : कष्टकर बन्दैछ जीवनयापन’

फुङ्लिङ । जलवायु परिवर्तनले हिउँ पग्लिएर काला पत्थर जस्तै हुन् थालेका हिमाल । के आफूलाई अझै उत्तिकै सुन्दर महसुस गर्दा हुन् त ती हिमालहरुले ? कतै नाङ्गो अनुभव पो गर्दा हुन् कि ? कुनै दिन मानिसहरूले धत् हिमाल त के रहेछ । यही कालो चट्टान त रहेछ, भनेर ढाड फर्काइदिने हुन् कि भन्ने डर नहोला ? दिन दिनै हिमाल नाङ्�. . .


विराटनगरकी चेली हुन् क्याप्टेन अन्जु खतिवडा

विराटनगर । आइतबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै नयाँगाउँको खोंचमा दुर्घटना भएको विमानमा विराटनगरकी चेली अन्जु खतिवडा समेत परेकी छिन् । ६८ यात्रुसहित ४ जना चालक दलका सदस्य रहेको विमानमा क्याप्टेन कमल केसी र अन्जु खतिवडा थिए । खतिवडा विराटनगर–५ जामुनगाछी माइती घर भएकी चेली हुन् । विरा. . .


विमान उडाउनुअघि अनिवार्य प्राविधिक परीक्षण गराउन निर्देशन

काठमाडौँ । सरकारले हवाई दुर्घटना हुन नदिन आन्तरिक उडानतर्फका सबै वायुसेवा कम्पनीलाई उडानअघि अनिवार्य प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले विमान परीक्षण गरे÷नगरेको अनुगमन गर्न नागरिक उड्डयन प्राधिरकणलाई निर्देशन दिए. . .


पोखरा विमान दुर्घटना : पाँच सदस्यीय जाँच आयोग गठन

काठमाडौँ । सरकारले पोखरामा आज विहान भएको यती एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पाँच सदस्यीय जाँच आयोग गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा त्यस्ता दुर्घटनाहरु दोहोरिन नदिनका लागि अपनाउनुपर�. . .


पोखरा विमान दुर्घटनाः निकालिएका शव गण्डकी अस्पतालमा

गण्डकी । पोखराको सेती नदीको खोँचमा आज विहान भएको विमान दुर्घटनामा परेका यात्रुको शव गण्डकी अस्पतालमा ल्याइएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत दीपक रेग्मीले जानकारी दिनुभयो । शवहरू अस्पताल लगिएसँगै दिवङ्गत यात्रुका परिवारजनले अस्पताल परिसर भरिएको छ । अस्पताल परिसरमा दिवङ्गत य�. . .


सोमबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले माघ २ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहनुभएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिनुभयो । “आज बसेको �. . .


फिलिपिन्समा आँधीमा परी मृत्यु हुनेको संख्या २७ पुग्यो

फिलिपिन्समा यस महिना आँधीमा परी कम्तीमा २७ जनाको मृत्यु भएको अधिकारीहरूले आइतवार जानकारी दिएका छन् । मौसमविद्हरूले विपद्को जोखिममा रहेको देशमा लगातार भारी वर्षा हुने चेतावनी दिएका छन् । भारी वर्षा र बाढीले क्रिसमस सप्ताहन्तदेखि देशको दक्षिणी र मध्य टापुहरूलाई त्रसित बनाएको र हजारौंलाई आफ्नो घर छ. . .


राष्ट्रपति भण्डारीद्वारा बराहक्षेत्रको दर्शन

धरान । राष्ट्रपति विद्यादेवि भण्डारी मकर नुहाउन आज सुनसरीको बराहक्षेत्र आइपुग्नुभएको छ । उहाँ आज बिहान बराह क्षेत्र मन्दिर परिसरमा आउनुभएको हो । आज माघे सङ्क्रान्ति अर्थात् माघी पर्वका अवसरमा नेपालका चार धाममध्येको सुनसरीको बराहक्षेत्रको दर्शनका लागि बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत यहाँ आ�. . .


प्रदेश सरकारमा छाँया पर्छन् दलित महिला सांसद

विराटनगर । पहिलो कार्यकालमा प्रदेश १ मा तीन फरक–फरक पार्टीबाट तीन जना महिला दलित सांसद निर्वाचित भएका थिए । उनीहरु मध्ये एमालेबाट जसमाया गजमेरले करिब दुई बर्ष सामाजिक राज्यमन्त्री बन्ने अवसर पाइन् । सातवटै प्रदेशमा पहिलो मन्त्री बन्ने अवसर उनले मात्र प्राप्त गरेकी थिइन् । क्षमता भएपनि माओबादीकी सा�. . .


दुर्घटनास्थलमा भिड हुँदा उद्धारमा कठिनाइ

काठमाडौँ । पोखरामा आज विहान भएको यति एयरलायन्सको विमान दुर्घटनास्थलमा सर्वसाधारणको अत्यधिक भिडका कारण उद्धारमा समस्या भएको छ । उद्धारमा खटिएका सवारीसाधनलाई ट्राफिक अस्तव्यस्त बन्दा दुर्घटनास्थलमा पुग्न हम्मेहम्मे भएको सुरक्षाकर्मी बताउँछन् । पोखराको पृथ्वीचोकबाट सेती नदीको किनारै रहेको बा�. . .