समाचार

माल्दिभ्सबाट भारतीय सेनाहरु फिर्ता हुँदै

काठमाडौं । माल्दिभ्समा रहेका भारतीय सेनाहरु फिर्ता हुन सुरु भएको छ । माल्दिभ्सको सत्तामा मोहमद मोइज्जु आएपछि भारतीय सेना फिर्ता गर्ने घोषणा गरेका थिए । भारतीय सेनालाई माल्दिभ्सबाट हटाउने एजेन्डासहित चुनावमा सफलता पाएपछि लगातार यसबारे अभिव्यक्ति दिँदै आएका थिए । माल्दिभ्सको मिहारु खबरलाई उद्धृ�. . .


राष्ट्रिय सभाको अध्यक्ष दाहालद्धारा शपथ ग्रहण

काठमाडौं । राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायण दाहालले शपथ लिएका छन् । राष्ट्रपति भवन शितल निवासम आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले दाहाललाई शपथ गराएक राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ । मंगलबार राष्ट्रिय सभामा भएको मतदानमा दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको छ । . . .


बाल संसारको ९ औं बार्षिकोत्सव , विद्यार्थीले देखाए आफ्नो लुकेको प्रतिभा

विराटनगर । विराटनगर ५ को रहेको बाल संसार मन्टेश्वरी स्कुलले ९ औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । हाटखोेलामा रहेको आरोहण गुरुकुलमा स्कुलले ९ औं बार्षिकोत्सव मनाएको हो । कार्यक्रममा कक्षा पिजी देखि ५ सम्मका विद्यार्थीहरुले नृत्य, गायन, बाध्यबाधन, कराँते लगायतका विभिन्न एकल तथा समूहगत रुपमा. . .


नारायण दाहालः प्रचण्डको वफादारीको पुरस्कार राष्ट्रिय सभा

काठमाडौं । नारायणप्रसाद दाहाल संघीय संसदको उपल्लो सदन राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा नेपाली कांग्रेसका युवराज शर्मालाई पराजित गर्दै दाहाल राष्ट्रिय सभाको नेतृत्वमा पुगेका हुन् । एमालेसहितको गठबन्धका साझा उम्मेदवार दाहालले ३९ मत पाउँदा कांग्रेसका शर्माको . . .


‘महाजात्रा’ को टोली विराटनगरमा, चैत्र ९ गते हल हलमा

विराटनगर । आउँदो चैत्र ९ गते देश तथा विदेशमा एकैसाथ प्रदर्शन हुने चलचित्र ‘महाजात्रा’ को टोली प्रचारप्रसारको क्रममा विराटनगरमा आईपुगेको छ । नेपाल चलचित्र पत्रकार संघ मोरङले विराटनगरको भाटभटेनीमा रहेको क्युएफएक्समा मंगलबार पत्रकार सम्मेलन गरी महाजात्राको टोली प्रचार प्रचारमा देश दौडाहामा निस्क�. . .


महिला सांसद र पत्रकारलाई ह्यारेसमेन्ट गरिन्छ:उपसभामुख इन्दिरा राना मगर

काठमाडौं । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगरले समाजमा मात्रै नभइ संसदमा समेत महिला हिंसा कायमै रहेको बताएकी छन् । मंगलबार सिंहदरबारमा आयोजित ‘मिडियामा महिला सांसदको सवाल’ विषयक अन्तरक्रियामा उनले संसदमा महिला सांसदलाई ह्यारेसमेन्ट गरिने उल्लेख गर्दै महिला पत्रकार र सांसदलाई उस्तै जोखि. . .


सात हजार घूस लिएको आरोपमा सहायक वन अधिकृतविरुद्ध मुद्दा

काठमाडौं । बाँके जिल्ला सव–डिभिजन वन कार्यालय राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्धेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । काठ चिरानको लागि सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग ७ हजार रुपैयाँ घूस लिएको अवस्थामा उनलाई आयोगको टोलीले नियन्त्रणमा . . .


प्रचण्डलाई विश्वासको मत नदिए कांग्रेसले अल्पमतको सरकार बनाउँछ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भोलि (बुधबार) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिए देश दुर्घटनामा जाने भन्दै पार्टीका सबै सांसदहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएका छन् । मंगलबार संसद भवन नयाँबानेश्वरमा बसेको संसदीय दलको बैठकमा उनले ह्विपकै रुपमा आफ्. . .


नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । मङ्गलबार नेप्से परिसूचक ५८ दशमलव ५८ अङ्कले बढेर दुई हजार एक सय ११ दशमलव २४ अङ्कमा कायम भएको छ । करिब एक महिनापछि आज नेप्से परिसूचक दुई हजार एक सयको बिन्दु नाघेको छ । विभिन्न तीन सय पाँच कम्पनीका एक करोड छ लाख नौ हजार पाँच सय. . .


यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वमा नयाँ सत्तासमीकरण बनेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएपछिको पहिलो बैठकले मंगलबार विभिन्न नौं वटा निर्णय गरेको छ । सरकारको नाममा रहेको हुम्लाको जग्गा नाम्खा गाउँपालिकामा १५ शैयाको आधारभूत अस्पताल र प्रशासकिय भवन निर्माणका लागि उपलब्ध गराउने निर�. . .


विराटनगरमा २४० कठ्ठा जग्गा खरिद–बिक्रीमा झेल

विराटनगर । विराटनगर महानगरपालिका–८ हरिहर चौक पूर्वको १२ बिघा जग्गा खरिद–बिक्री कारोबारका लागि भएको सम्झौतामा झेली गरिएको छ । साविक विराटनगर–६ को कित्ता नम्बर २६२, २६३, २६४, २६८, २६१, २६०, ३३५०, २९७७, २९७८, ३३४९, ३१०, २५० मा २४० कठ्ठा जग्गाको स्वामित्व रहेका केशवप्रसाद भन्ने विश्व प्रसाद कोइराला परिवारले क. . .


पाकिस्तानमा ग्यास सिलिन्डर विस्फोट हुँदा ९ जनाको मृत्यु

काठमाडौं । पाकिस्तानमा ग्यास सिलिन्डर विस्फोट हुँदा ९ जनाको मृत्यु भएको छ । घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन् । घटना हरम गेट नजिक मोहल्ला जवादियान इलाकामा भएको स्थानीय संचार माध्यमले जनाएका छन् । ग्यास लिलिन्डर विस्फोटले ३ वटा भवन पनि क्षतिग्रस्त भएका थिए । क्षतिग्रस्त भवनमुनी दबिएर उनीहरुक. . .