समाचार

कुनै धर्मले घृणा सिकाउँदैन, सबै मिलेर अघि बढ्नुपर्छ : सांसद ताहीर भाट

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहीर अलि भाटले सुनसरीसहित तराई क्षेत्रमा भएका पछिल्ला घटनाप्रति दुःख व्यक्त गर्दै धार्मिक सद्भाव कायम राख्न सबै पक्षलाई आग्रह गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भाटले तराई घटनामा घाइते भएका रविन्द्र कुमार मेहताको म�. . .


जनप्रतिनिधिले देशभर निर्वाध हिँड्न पाउनुपर्छ, सरकार कहाँ छ ? : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्रीको विवादित अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनुपर्ने माग दोहोर्याउँदै सरकारले संसद्मा उठेका विषयलाई गम्भीर रूपमा लिनुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद साम्पाङले प्रधानमन्त्रीले नेपालले भारतको �. . .


सुनसरी घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्छ : सांसद बराल

काठमाडौं । नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले सुस्तामा भारतीय पक्षबाट भएको भनिएको सीमा अतिक्रमणको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै तत्काल कूटनीतिक पहल गर्न माग गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बरालले भारतीय सेना सिभिल पोसाकमा प्रवेश गरेको र सुस्ताको भूमिमा पुनः समस�. . .


ग्यास अभावबारे सरकार गम्भीर बन्न सांसद रञ्जु दर्शनाको आग्रह

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा ‘खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापन सम्बन्धमा’ विषयमा छलफल भएको छ । छलफल क्रममा सांसद रञ्जु दर्शनाले बजारमा देखिएको एलपी ग्यास अभावप्रति सरकारको ध्यानाकर्षण गराउँदै आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउन आग्रह गरेकी छन् । उ�. . .


सरकार सबै नागरिकको साझा अभिभावकका रूपमा प्रस्तुत हुनुपर्छ : निश्कल राई

काठमाडौं । नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रधानमन्त्रीले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै उक्त अभिव्यक्ति फिर्ता लिन, नेपाली जनतासँग क्षमा माग्न तथा संसद्को अभिलेखबाट हटाउन माग गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले जेठ अधिवेशनका क्रमम�. . .


नेपाली युवा उद्यमी मञ्च विराटनगरद्वारा तीन कलेजसँग सहकार्य

विराटनगर। नेपाली युवा उद्यमी मञ्च विराटनगर च्याप्टरले आज विराटनगरका तीन शैक्षिक संस्थासँग उद्यमशीलता प्रवर्द्धनका लागि सहकार्य सम्झौता गरेको छ। मञ्चले विराटनगर इन्टरनेसनल कलेज, मेरिल्याण्ड कलेज र आइएसएमटी कलेजसँग सम्झौता गर्दै विद्यार्थीहरूलाई उद्यमशीलता क्षेत्रमा प्रोत्साहित गर्ने तथा उद्�. . .


देवानगञ्ज गोलीकाण्डमा मृत्यु हुनेको संख्या तीन पुग्यो

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएपछि घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ। प्रहरीका अनुसार देवानगञ्ज–३ का २१ वर्षीय रवीन्द्रकुमार मेहताको काठमाडौंस्थित शिक्षण अस�. . .


अर्थमन्त्रीले २० वाणिज्य बैंकका सिइओसँग छलफल गर्दै

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)हरूसँग छलफल गर्दै छन् । मंगलबार दिउँसो ३ बजे मन्त्रालयमा छलफल गर्ने लागेका हुन् । बजेटले घोषणा गरेको आर्थिक सुधारका उपायहरूको कार्यान्वयनमा प्रमुख वित्तीय संस्थाहरूको भूमिका र वित्तीय बजारको वर्तमान. . .


दुई समस्याग्रस्त सहकारीका ३४१ जना बचतकर्ताको रकम फिर्ता

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कान्तिपुर सेभिङ र पशुपति सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार कान्तिपुर सेभिङ सहकारीका ३३४ जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् भने पशुपति सहकारीका ७ जनाले बचत फिर्ता पाएका हुन् । सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबा�. . .


विराटनगरका उद्योगीसँग छलफल गर्दै कोशीका डिआईजी

विराटनगर । सोमबार जिल्ला प्रहरी कार्यालय मोरङले अपुष्ट सूचनाका आधारमा औद्योगिक घराना देबेनारा ग्रुप अन्तर्गतका बेनीगोपाल मुन्दडाको घरमा छापा हानेपछि त्यसलाई सहजीकरण गर्न कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं डिआइजी शेखर खनालले उद्योगी व्यवसायीहरूसँग छलफल गर्ने भएका छन्। जिल्ला प्रहरी कार्य�. . .


दुई सातामा ३० हजार मेट्रिक टन ग्यास आयात भएको दाबी, तर उपभोक्ता लाइनमै

काठमाडौं । पछिल्लो करीब दुई सातामा ३० हजार मेट्रिक टन खाना पकाउने एलपी ग्यास नेपाल भित्रिएको व्यवसायीहरुको दाबी छ । दैनिक औसत १०० भन्दा बढी बुलेट ग्यास आयात भइरहेको दाबी उद्योगीहरूले गरेका छन् । तर, आपूर्ति पर्याप्त देखिए पनि काठमाडौं उपत्यकासहित विभिन्न स्थानका उपभोक्ता अझै ग्यासका लागि लाइन बस्न ब. . .


७औं बिबिए कप बास्केटबल: टिम दर्ता गर्ने भोलि अन्तिम दिन

विराटनगर। विराटनगर बास्केटबल एकेडेमी (BBA) को आयोजनामा हुन लागेको '७औं बिबिए कप अन्तरविद्यालय होम एण्ड अवे बास्केटबल लिग' मा सहभागी हुन चाहने विद्यालयहरूका लागि टिम दर्ता गर्ने समय भोलि, साउन २० गते समाप्त हुँदैछ। आगामी साउन २७ गतेदेखि भदौ ३० गतेसम्म सञ्चालन हुने यस लिगमा कक्षा १२ सम्मका छात्र तथा छात्�. . .