समाचार

विराटनगरमा ग्यास अभाव : साथीकोमा खाना खान बाध्य विद्यार्थी, बजारभर उपभोक्ता मारमा

विराटनगर । विराटनगरमा खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदै जाँदा यसको प्रत्यक्ष असर विद्यार्थीदेखि होटल व्यवसायी र सर्वसाधारणसम्म परेको छ । ग्यास नपाउँदा डेरामा बस्ने विद्यार्थीहरू साथीको घरमा खाना खान बाध्य भएका छन् भने बजारभर ग्यासका लागि उपभोक्ताले डिलर–डिलर धाउनुपर्ने अवस्था सिर्जना भएको छ . . .


लगानी बोर्डको सीईओमा यांकी उक्याब नियुक्त

काठमाडौं । सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा यांकी उक्याबलाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्याबलाई बोर्डको सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । लगानी बोर्ड नेपाल विदेशी तथा स्वदेशी ठूला लगानी परियोजनाको स्वीकृति, सहजीकरण तथा लगानीमैत्री वाताव�. . .


५२ वर्षमा बलिउड अभिनेत्री काजोलः दर्शकको मन जितेका पाँच अविस्मरणीय फिल्म

काठमाडौं । बलिउडकी चर्चित अभिनेत्री काजोलले आज आफ्नो ५२औँ जन्मदिन मनाउँदैछिन् । सन् १९७४ अगस्ट ५ मा जन्मिएकी काजोलले तीन दशकभन्दा लामो अभिनय यात्रामा हिन्दी चलचित्र उद्योगलाई थुप्रै अविस्मरणीय पात्र र सफल फिल्महरू दिएकी छन् । रोमान्टिक भूमिकादेखि गम्भीर र चुनौतीपूर्ण चरित्रसम्म उनले आफ्नो बहुआया. . .


उच्च नैतिक चरित्र भएका न्यायाधीश आवश्यक छ : सुलभ खरेल

काठमाडौं । कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा स्वतन्त्र न्यायपालिका तथा न्याय प्रशासनको वर्तमान अवस्था, समस्या र समाधान सम्बन्धका विषयमा छलफल भएको छ । बुधबार छलफलका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुलभ खरेलले सर्वोच्च अदालतका न्यायाधीश उच्च नैतिक चरित्र भएका हुनुपर. . .


इन्टरनेट सेवा प्रदायकको बक्यौता विवाद समाधान प्रक्रिया अघि बढ्यो

काठमाडौं । इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीहरूले वर्षौंदेखि तिर्न बाँकी रहेको दूरसञ्चार सेवा शुल्क, रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडिएफ) सम्बन्धी बक्यौता विवाद समाधान गर्न सरकारले प्रक्रिया अघि बढाएको छ । बक्यौता रकम, कर निर्धारण र लाइसेन्स नवीकरणसँग जोडिएको लामो समयदेखिको वि�. . .


यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं । सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई नियुक्त गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । साथै सरकारले सुनसरी र सिरहामा गोली लागेर मृत्यु भएकाका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय स�. . .


विराटनगरमा फोहोर फाल्नेहरूमाथि सिसिटिभीद्वारा निगरानी, ५४ जना कारबाहीमा

सोनु साह विराटनगर । विराटनगर महानगरपालिकाले सार्वजानिक स्थानमा जथाभावी फोहोर फाल्ने प्रवृत्ति नियन्त्रण गर्न निगरानीलाई थप कडा बनाएको छ। महानगरपालिकाको सरसफाइ शाखाले शहरका विभिन्न स्थानमा सिसिटिभी क्यामेरा जडान गरी फोहोर व्यवस्थापनको अनुगमन गर्दै आएको जनाएको छ। सरसफाइ शाखा प्रमुख पूनम दाहालक. . .


बैंकिङ प्रणालीबाट ८५ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक, अधिक तरलता व्यवस्थापन गर्ने तयारी

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले ८५ अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । केन्द्रीय बैंकले साउन २० गते निक्षेप संकलन उपकरणमार्फत बैंक तथा वित्तीय संस्थाबाट उक्त रकम उठाउन लागेको हो । राष्ट्र बैंकका अनुसार यसका लागि मंगलबार दिउँसो ३ बजे बोलकबोल (अक्सन) आयोजना गरि. . .


गाजाबाट सेना फिर्ता गर्न इजरायल असहमत

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमास पूर्ण रूपमा निःशस्त्र नभएसम्म गाजाबाट आफ्नो सेना फिर्ता नगर्ने बताएका छन् । उनले इजरायली सेनालाई आफ्नो सुरक्षा, भूभाग र नागरिकको संरक्षणका लागि आवश्यक कदम चाल्न निर्देशन दिइएको पनि बताएका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत सार्वजनि�. . .


भरतपुरमा भूमिगत विद्युत वितरण प्रणाली अन्तिम चरणमा

काठमाडौं । चितवनको भरतपुर क्षेत्रमा विद्युत् आपूर्तिलाई थप सुरक्षित, भरपर्दो र दीर्घकालीन बनाउने लक्ष्यसहित अघि बढाइएका दुई महत्वपूर्ण ऊर्जा पूर्वाधार आयोजना निर्णायक चरणमा पुगेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको सक्रिय पहल, नेपाल विद्युत् प्राधिकरणको कार्यान्वयन र वि. . .


सुनचाँदको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य आज ४२०० रुपैयाँले बढेर प्रतितोला २ लाख ८८ हजार रुपैयाँ कायम भएको छ । मंगलबार प्रतितोला २ लाख ८३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । �. . .


आइओई प्रवेश परीक्षामा विराटनगरका मनन भए नेपाल प्रथम

विराटनगर। विराटनगरका मनन श्रेष्ठले त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) ले सञ्चालन गरेको बीई तथा बीआर्क प्रवेश परीक्षा–२०८३ मा नेपालभर प्रथम स्थान हासिल गर्दै उल्लेखनीय सफलता प्राप्त गरेका छन्। बालकल्याण विद्या मन्दिर (विकेभिएम) कलेजका विद्यार्थी श्रेष्ठले देशभर�. . .