समाचार

भारतमा कोरोनाका बिरामी बढे

भारतमा विगत दुई दिनदेखि कोरोनाका बिरामी बढेका छन् । मंगलबारको तुलनामा आज करिब ४० प्रतिशतले बिरामी बढेका केन्द्रीय परिवारस्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बुधबार नौ हजार छ सय २९ जनामा सङ्क्रमण पुष्टि भएको तथा २९ जनाले ज्यान गुमाएका छन् । मंगलबार छ हजार नौ सय ३४ जना सङ्क्रमित थपिए�. . .


घट्यो शेयर बजार

काठमाडौँ । पुँजीबजारमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३ दशमलव ६८ अङ्कले घटेर एक हजार आठ सय ९२ को विन्दुमा कायम भएको हो । आज दुई सय ६४ वटा कम्पनीको २५ लाख ७१ हजार दुई सय दुई कित्ता शेयर २३ हजार चार सय २९ पटक खरिदबिक्री हुँदा रू ८४ करोड ७० लाख २८ हजार दुई सय १९ बराब�. . .


घेराबन्दी तोडेर एमाले अगाडि बढिरहेको छ : एमाले अध्यक्ष ओली

झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चौतर्फी घेराबन्दीलाई तोडेर एमाले एक्लै अगाडि बढिरहेको बताउनुभएको छ । बुद्धशान्ति गाउँपालिकाले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले एमालेको ग्रासरुट अभियानमार्फत पार्टीलाई चलायनमान बनाउन सबै �. . .


युएई सेमिफाइनलमा प्रवेश

काठमाडौं । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितअन्र्गत समूह ‘बी’बाट संयुक्त अरब इमिरेट्स (युएई) सेमिफाइनलमा पुगेको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा युएई बहराइनलाई आठ विकेटले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । युएईले छ अङ्क जोड्दै समूह ‘बी’बाट शीर्ष स्थानमा रहँदै सेमिफाइ. . .


मेन्छियाम हाइड्रोपावरको शेयर बाँडफाँट

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको मेन्छियाम हाइड्रोपावर लिमिटेडको शेयर बाँडफाँट गरेको छ  । कम्पनीले यही वैशाख ४ देखि ७ गतेसम्म सर्वधारणका लागि निष्काशन गरेका नौ लाख ९४ हजार एक सय १४ कित्ता साधारण शेयर आज बाँडफाँट गरेको हो । नेपाल धितोपत्र बोर्डबाट स्वीकृत. . .


भारततर्फ लैजाँदै गरेको १२० केजी गाँजासहित स्कोर्पियो विराटनगरबाट पक्राउ

विराटनगर । भारतीय गाडीमा राखेर सीमातर्फ लैजाँदै गरेको अवस्थामा विराटनगरबाट १२० केजी गाँजासहित स्कारपियो पक्राउ परेको छ । सशस्त्र प्रहरी बल नेपाल नं.३ हेडक्वाटर कंकालिनी मोरङको टोलिले बुधबार बिहान २ बजे विराटनगर–१ नोबेल डेरी चौकबाट नियन्त्रणमा लिइएको हो । इटहरीबाट विराटनगर आईरहेको बीआर–११भी७६४�. . .


झापामा स्कुल बसको ठक्करबाट अढाई बर्षीया बालिकाको मृत्यु

झापा । झापाको कमल गाउँपालिका-२ भुत्लुङ स्थितमा स्कुल बसको ठक्करबाट एक जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका– २ का स्थानीय पवन सुबेदीको अढाई वर्षीया छोरी चिन्दल सुबेदी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मंगलबार दिउसो साढे ४ बजे दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मे १ क �. . .


विश्वभर विद्युतीय सवारी साधनको माग बढ्दो

विश्वभर विद्युतीय सवारी साधनको माग बढ्दै गएको छ भने यस्ता साधनको बिक्री पनि बढिरहेको छ । आज यहाँ जारी गरिएको एक प्रतिवेदनअनुसार यो वर्ष बिक्री हुने पाँच वटा सवारी साधनमध्ये एउटा विद्युतीय वाहन हुने अपेक्षा गरिएको छ । अन्तरराष्ट्रिय ऊर्जा एजेन्सी (आइईए) सडक यातायातका साधनमा विद्युतीय सवारीप्रति आकर. . .


राष्ट्रियसभाका बैठक : सांसदको सङ्ख्या घटाउन माग

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको सङ्ख्या परिमार्जन गर्न माग गरिएको छ । बैठकको शून्य समयमा सांसद खिमलाल देवकोटाले शासन व्यवस्था तथा पार्टी नेतृत्व तहमा सुधारको आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो “प्रधानमन्त्रीको कार्यकाल दुईपटक, सासंद वा मन्त्री तीन. . .


शिक्षा, स्वास्थ्य, समावेशीकरण, वातावरण संरक्षण र सामाजिक सुरक्षाको क्षेत्रमा महत्वपूर्ण उपलब्धि : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विकासका सूचकाङ्कमध्ये खासगरी शिक्षा, स्वास्थ्य, खानेपानी, समावेशीकरण, वातावरण संरक्षण र सामाजिक सुरक्षाको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताउनुभएको छ । ‘कान्तिपुर इकोनोमिक समिट–२०२३’ लाई आज सम्बोधन गर्नुहुँदै उहाँले केही क्षेत्रम�. . .


बालगृह सञ्चालनका लागि अनुमति लिन आग्रह

काठमाडौँ । राष्ट्रिय बालअधिकार परिषद्ले बाल गृह सञ्चालनका लागि अनुमति लिन आग्रह गरेको छ । परिषद्ले सम्बन्धित संस्थालाई निवेदन पेस गर्न सूचना प्रकाशन गरेको छ । परिषद्ले आज सूचना प्रकाशित गरी आगामी जेठ ४ गतेभित्र निवदेन पेस गर्न देशभर सञ्चालनमा रहेका बालगृह वा संस्थाका लागि सूचना प्रकाशन गरेको हो । . . .


मोरङको मिक्लाजुङ गाउँपालिकाबाटै श्रम स्वीकृति पाएपछि सेवाग्राहीलाई सहज

उर्लाबारी । सरकारले २०७९ चैत १६ गते गरेको निर्णयबमोजिम स्थानीय तहबाट श्रम स्वीकृति दिने व्यावस्थालाई मोरङको मिक्लाजुङ गाउँपालिकाले कार्यान्वयनमा ल्याएको छ । वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, मर्यादित, भरपर्दोे तथा सहज बनाउन वैदेशिक रोजगारीमा जानेहरूका लागि व्यक्तिगत श्रम स्वीकृति र पु. . .