समाचार

राष्ट्रपतिले कात्तिक २१ गतेदेखि आइसल्याण्ड भ्रमण गर्ने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जनगणतन्त्र आइसल्याण्डको औपचारिक भ्रमण गर्नुहुने भएको छ । महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल)’ कार्यक्रममा सहभागी हुन उहाँ यही कात्तिक २१ देखि २६ गतेसम्म आइसल्याण्डको भ्रमणमा जानुहुने परराष्ट्र मन्त्रालयले जनाएको �. . .


वैदेशिक रोजगारीमा रहेकालाई आइपिओमा आरक्षण

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीमा हुनुहुन्छ ? आफूले कमाएको पैसा भविष्यका लागि पनि बचत होस् र त्यसबाट प्रतिफल पनि प्राप्त होस् भन्ने चाहनुहुन्छ ? यदि त्यसो हो भने तपाईंका लागि सहज हुने भएको छ । नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा रहेकालाई समेत शेयर बजारमा प्रवेश गराउने उद्देश्यका साथ ‘धितोप. . .


सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने पुर्पक्षका लागि थुनामा पठाइएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले जानकारी दिए । गत मंगलब�. . .


हुण्डी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं । काठमाडौं बिशालबाजारस्थित अनुज सेन्टर र न्युरोड खिचापोखरीस्थित जय दुर्गा ट्रेड ईन्टरनेशनलबाट हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत नयाँदिल्ली ठेगाना भई काठमाडौं ठमेल बस्ने ५० वर्षीय कमल कान्त कुल्थिया, सप्तरी राजविराज . . .


मुक्तिनाथ हिन्दू र बौद्धमार्गीको आस्थाको धरोहर : राष्ट्रपति

मुस्ताङ । राष्ट्रपति विद्यादेवी भण्डारीले यहाँको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ विश्वभरिका हिन्दू र बौद्धमार्गीको आस्थाको धरोहरका रुपमा रहेको बताउनुभएको छ । आज मुक्तिनाथ मन्दिर परिसरमा निर्मित भगवान् गौतम बुद्धको प्रतिमा अनावरण एवं भगवान् विष्णुको प्रतिमा शिलान्यासपछि राष्ट्रपति भण्डारीले. . .


आगामी निर्वाचन अग्रगमन र प्रतिगमनबीचको लडाइँको फैसला : अध्यक्ष दाहाल

गोरखा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं गोरखा क्षेत्र नं २ मा प्रतिनिधिसभाका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मङ्सिरमा हुने निर्वाचनले मुलुकमा अग्रगमन र प्रतिगमनबीचको लडाइँको फैसला गर्ने बताउनुभएको छ । गोरखा नगरपालिका–१४ स्थित याङ्कोटमा आज आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको सं�. . .


प्रमुख राजनीतिक दलको चुनावी घोषणापत्रः निःशुल्क उपचारदेखि निःशुल्क स्यानेटरी प्याड

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुन गइरहेको निर्वाचनको लागि प्रमुख राजनीतिक दलले घोषणापत्रमा स्वास्थ्यको मुद्दालाई प्रमुखताका साथ उठाएका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत पार्टीले सार्वजनिक गरेको घोषणापत्रमा संविधानअनुसार स्वास्थ्यलाई निःश. . .


निटफेस्ट-२०२२ मङ्सिर ९ देखि १७ गतेसम्म हुने

काठमाडौं । ‘सामाजिक रूपान्तरणका लागि रङ्गमञ्च:विविधताको उत्सव’ नारासहित ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०२२’ (निटफेस्ट) को दोस्रो संस्करण आयोजना हुने भएको छ । सन् २०१९ मा पहिलो संस्करण सम्पन्न भएको महोत्सव दुई वर्षको अन्तरालमा आयोजना गर्ने बताइए तापनि विविध कारणले आगामी मङ्सिर ९ देखि १७ गत. . .


राजनीतिक स्थिरता, सुशासन र आर्थिक विकासका लागि गठबन्धन बनेको हो : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकमा राजनीतिक स्थिरता, सुशासन र आर्थिक विकासका लागि गठबन्धन निर्माण भएको बताउनुभएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १ ले आज यहाँ आयोजना गरेको घरदैलो कार्यक्रममा उहाँल�. . .


कात्तिक २२ गते मङ्गलबार ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने

काठमाडौं । यही कात्तिक २२ गते मङ्गलबार कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । बेलुकी ०५ः११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्र. . .


स्पेनका पूर्व डिफेन्डर जेरार्ड पिकेले खेलाडी जीवनबाट सन्यासको घोषणा

काठमाडौं । स्पेनका पूर्व डिफेन्डर तथा बार्सिलोनाका महत्वपुर्ण सदस्य जेरार्ड पिकेले खेलाडी जीवनबाट सन्यासको घोषणा गरेका छन्। पिकेका अनुसार ला लिगाअन्तर्गत शनिबार अल्मेरियाविरुद्ध हुने खेल उनको अन्तिम हुने छ। त्यो खेल बार्सिलोनाको मैदान नोउ क्याम्पमा हुने छ। पिकेले बार्सिलोना छाड्ने घोषणासँगै. . .


हरिबोधिनी एकादशी : देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुत्नुभएका भगवान् विष्णु आज जागा हुनुहुने धार्मिक विश्व�. . .