आज शनिबार, डिसेम्बर ३१, सन् २०२२ को ३६५ औँ अर्थात् अन्तिम दिन । तीन वर्षअघि आजकै दिन मध्य चीनको वुहान शहरको स्वास्थ्य आयोगका विशेषज्ञले श्वासप्रश्वाससम्बन्धीरोगको प्रकोपको अनुसन्धान थालेका थिए । प्रारम्भमा समुद्री खानाका कारण निमोनियाझै लाग्ने रोगबाट ग्रसित २७ जनामध्ये सात जना गम्भीर बिरामी भएका स. . .
प्रेम देवान विराटनगर । अंग्रेजी महिनाको २०२२ लाई आज राती १२ बजे विदाई गरिदैछ । १२ बजेपछि अग्रेजी महिनाको २०२३ लाई आज स्वागत गरिदैछ । विशेषगरी भारत लगायत पस्चिमा मुलुकहरुमा अग्रेजी महिनाको नयाँ बर्षलाई विशेष रुपमा मनाउने गर्दछन् । पछिल्लो समय नेपालमा पनि अग्रेजी महिनाको नयाँ बर्षलाई विशेष रुपमा मना�. . .
दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बदलिँदो अवस्थामा कांग्रेस कार्यकर्ता निराश हुननपर्ने बताउनुभएको छ । तनहुँको भानु नगरपालिका–९ स्थित पुर्कोट कालिका क्याम्पसको आज आयोजित १०औँ साधारणसभामा उहाँले सत्ता नहुँदैमा निराश नहुन कांग्रेस कार्यकर्तालाई आग्रह गर्नुभयो । अहिलेको ज. . .
कास्की । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भोलि आइतबार उद्घाटन हुने भएको छ । देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा निर्माण भएको विमानस्थलको देश बाहिरसमेत सन्देश दिनका लागि अङ्ग्रेजी नयाँवर्षका अवसरमा उद्घाटन गर्न लागिएको हो । विमानस्थलको प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले उद्घ. . .
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले छ महिनाको अवधिमा आपराधिक क्रियाकलापमा संलग्न एक सय ५५ जनालाई पक्राउ गरेको छ । काठमाडौँ प्रहरीले चालू आव २०७९-८० को साउनदेखि पुससम्मको अवधिमा आपराधिक क्रियाकलापमा संलग्न एक सय ५५ जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपर�. . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्बोडियाको एक क्यासिनोमा आगलागीका कारण मृत्यु भएका झापाको विर्तामोड नगरपालिका–१ का निराकर पाण्डेको शव नेपाल ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री दाहालले मुख्यसचिव शङ्करदास वैगारीलाई पाण्डेको शव नेपाल ल्याउन शीघ्र. . .
काठमाडौँ । पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियाको क्लब अल नसरमा अनुबन्ध भएका छन् । अल नसरले रोनाल्डोलाई कीर्तिमानी मूल्यमा अनुबन्ध गरेको स्पेनिस पत्रिका मार्काले जनाएको छ । उनले साउदीको क्लबसँग सन् २०२५ सम्मका लागि सम्झौता गरेका छन् । नसरले रोनाल्डोलाई यसअघि वार्षिक १ सय ७५ मि. . .
पाँचथर । तमोर नदीको माझीटारमा २६ वर्षपछि काठको डुङ्गा (नाउ) पुनःसञ्चालनमा ल्याइएको छ । विगतमा बटुवाको नदी पार गर्ने एकमात्रै माध्यमका रूपमा रहेको डुङ्गा अहिले भने पर्यटकको मनोरञ्जनको माध्यम बनेको छ । माझी समुदायको आम्दानीको स्रोत बनाउने तथा परम्परागत पेशालाई निरन्तरता दिने उद्देश्यसहित माझीटारक. . .
काठमाडौँ । पश्चिमी वायुको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–द�. . .
डुम्रे । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेलले हालै गठन भएको गठबन्धनको सरकार लामो समय नटिक्ने टिप्पणी गर्नुभएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–६ खहरेटारस्थित मिलीजुली युवा क्लबको पाँचौँ वार्षिकोत्सवमा शुक्रबार आयोजित तमु ल्होसार सांस्कृतिक कार्यक्रम तथा खुल�. . .
काठमाडौँ । गत आर्थिक वर्ष २०७८/७९ को तुलनामा यसवर्ष धान उत्पादन केही बढेको देखिए पनि अघिल्ला वर्षको तुलनामा भने न्यून देखिएको छ । धान उत्पादन मात्र नभई पछिल्ला वर्षमा धान खेती हुने जमिनको क्षेत्रफल पनि निरन्तर घट्दो छ । यद्यपि, धानको उत्पादकत्व र वार्षिक उत्पादन वृद्धिदरमा भने क्रमशः सुधार हुँदै गएको . . .
काठमाडौँ । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीले प्रहरी नायब महानिरीक्षक (डिआइजी) पूजा सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले घाटनाको �. . .