काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका दुई विधेयक आज प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले सहरी क्षेत्र एकीकृत सार्वजनिक यातायात व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कारागारसम्बन्धी कानून. . .
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेना परिचालन गर्न स्वीकृति दिनुभएको छ । राष्ट्रपति भण्डारीले ‘एकीकृत सुरक्षा कार्ययोजना, २०७९’ मा उल्लेख भएअनुसार सुरक्षा निक. . .
चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यवस्था बदलिए पनि जनताको अवस्था बदलिन नसकेको बताउनुभएको छ । माओवादी केन्द्र चितवनले आज यहाँ आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उहाँले सामाजिक न्याय र समानतालाई नयाँ उचाइमा पु¥याउन आवश्यक रहेको बताउनु�. . .
दमक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनलाई नेपाली जनताले आफ्नो भाग्य र देशको भविष्य बनाउने अवसरका रूपमा लिनुपर्ने बताउनुभएको छ । यस निर्वाचनले लोकतन्त्र बचाउने र जनविरोधी तत्वलाई पराजित गर्ने अवसरका रूपमा लिन आग्रह गर्दै उहाँले निर्वाचनमा गम्भीर भएर देशक�. . .
वाग्मती । सरकरी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगको सिमेन्ट उत्पादन हाल बन्द भएको छ । लामो समयदेखि निरन्तर घाटामा रहेको सो उद्योगको सिमेन्ट उत्पादनका लागि चाहिने कोइलाको अभावले उत्पादन कार्य ठप्प भएको उद्योग प्रशासनले जनाएको छ । कोइलाको अभावले विगत एक महिनादेखि सिमेन्ट उत्पादन बन्द भएको हो । उ. . .
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा तीन हजार २४ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार दुई सय छ जनाले पिसीआर र एक हजार आठ सय १८ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज एक सय सङ्क्रमित कोरोना सङ्क्�. . .
काठमाडौं । नेपाल सरकार र राजनीतिक दलबाट आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा जारी हुने निर्वाचन आचारसंहिता इमान्दारीपूर्वक पालन गर्ने प्रतिबद्धता जाहेर भएको छ । निर्वाचन आयोगले प्रधानमन्त्री, गृहमन्त्री र राजनीतिक दलका अध्यक्ष एवं प्रतिनिधिलाई बो. . .
काठमाडौं । सरकारले राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला) लाई मासिक रु ५० हजार भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही असोज ७ गते बसेको बैठकले व्याकुल माइलालाई सहज जीवनयापनका लागि मासिक रु २५ हजार भत्ता उपलब्ध गराउँदै आएकोमा उक्त रकममा वृद्धि गरी मासिक रु ५० हजार दिन. . .
विराटनगर । विराटनगरमा सुरु भएको ‘स्व.बन्टी भुजेज स्मृति रनिङ शिल्ड भेट्रान फुटबल’ प्रतियोगिताको उद्घाटन खेलमा झापा दमकको दमक-लखनपुर भेट्रान क्बलले विजयी सुरुआत गरेको छ । सिएमजी स्वास्थ्य क्लब, विराट बुद्ध स्पोर्टिङ क्बल र पेमा युवा क्लबले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगिताअन्तर्गत आइतबार भए�. . .
विराटनगर । बजाज कम्पनीको आधिकारिक बिक्रेता एस एन्ड ब्रोदर्श अटो प्रा लि विराटनगरले बजाज एक्स्चेन्ज मेला सुरु गरेको छ । विराटनगर २ मुनाल पथ बजाज शो रुम छेउमा ‘बजाज एक्स्चेन्ज मेला’ आइतबारदेखि सुरु भएको हो । आउँदै गरेको विजय दशमी र शुभ दीपावलीलाई लक्षित गरी असोज ९ देखि १४ गतेसम्म बजाज एक्स्चेन्ज मेला �. . .
विराटनगर । भारतका केन्द्रीय गृहमन्त्री अमित साहलाई मोरङ ब्यापार संघका बरिष्ठ उपाध्यक्ष अनुपम राठीको नेतृत्वमा गएको टोलीले मीरगञ्ज पुल संचालन लगायतका समस्या समाधानका लागि आग्रह गरेको छ । बिहारको विभिन्न जिल्लामा आयोजना भएको जन भावना सभालाई सम्बोधन गर्न आएका साहलाई किसनगंजको माँ गुजरी मेडिकल कलेजम. . .
विराटनगर । विराटनगरमा रहेको सेन्ट्रल मलले ‘विराट दशैं तिहार उत्सव’ मनाउने भएको छ । नेपालीहरुको महान पर्व दशै तिहार र छठ पर्वलाई लक्षित गर्दै घटस्थापनाको दिन लाईभ कन्र्सट गर्दै विराट दशैँ तिहार उत्सव मनाउने भएको हो । सेन्ट्रल मलले असोज १० गते सोमबार घटस्थापनाका दिन सेन्ट्रल मलमा राष्ट्रिय कलाकारको स�. . .