श्रीकृष्ण लुइँटेल ‘बोकादारी’ को ‘काका हरायो’ म्युजीक भिडियो सार्वजनिक

श्रीकृष्ण लुइँटेल ‘बोकादारी’ को ‘काका हरायो’ म्युजीक भिडियो सार्वजनिक

विराटनगर । हास्य कलाकार तथा गायक श्रीकृष्ण लुइँटेल ‘बोके दारी’को ‘काका हरायो’ म्युजीक भिडियो सार्वजनिक भएको छ ।

दुई दशकदेखि हास्य व्यङ्ग्यात्मक गीत–सङ्गीत सिर्जनामा रमाइरहेका उनले मंगलबार ‘काका हरायो’ म्युजीक भिडियो सार्वजनिक भएको हो।

लुइँटेलसँगै गीतमा मनीषा पोखरेलको पनि स्वर रहेको छ । गीतका रचनाकार अच्युत अधिकारी हुन् । अङ्ग्रेजी शब्दको बाहुल्यताले आम नेपाली बालबालिकाले नेपाली भाषा र संस्कृतिलाई नै भुल्दै गएको कुरालाई गीतमार्फत उनले पृथक् तथा रोचक ढङ्गले प्रस्तुत गरेका छन् । भिडियोमा बालबालिकाका पहिलो गुरु आफ्नै आमा–बुवा रहेको र विद्यालय घर भएकाले उनीहरूको संस्कारको सुरुवात पनि आफ्नै घर र अभिभावकमार्फत हुने सन्देश दिइएको छ ।

उनको ‘ए बाउ किन्देऊ न भटभटे’, ‘बोकादारी’ लगायतका थुप्रै गीत चर्चित छन् ।

म्युजीक भिडियो हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्