समाचार

डुम्रे–बेँसीशहर खण्ड १२ घण्टापछि सञ्चालनमा

तनहुँ । भानु नगरपालिका–८ कुडुलेफाँट नजिकको खोलामा राखिएको ह्युमपाइप बगाएपछि अवरुद्व बनेको डुम्रे–बेशीसहर सडक खण्ड झण्डै १२ घण्टापछि सञ्चालनमा आएको छ । अविरल वर्षापछि खहरे खोलामा आएको बाढीले तीन ह्युमपाइप बगाएपछि आज बिहानदेखि अवरुद्व भएको उक्त सडकखण्ड केहीबेर अघिदेखि सञ्चालनमा आएको हो । खोलामा �. . .


आइजीपी विवाद हेर्दाहेर्दैमा, असार १३ गते सुनुवाइ

काठमाडौँ । सर्वोच्च अदालतमा नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) मा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्ध परेकोे रिट निवेदनमा आज बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । उक्त रिटको यही असार १३ गते सुनुवाइ हुने भएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश डा कुमा. . .


जिसस म्याग्दीमा एमाले विजयी

म्याग्दी । जिल्ला समन्वय समिति म्याग्दीको प्रमुखमा नेकपा (एमाले) का राजकुमार थापा निर्वाचित हुनुभएको छ । बेनीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज भएको निर्वाचनमा थापा विजयी हुनुभएको हो । उपप्रमुखमा पनि एमालेकै दिलकुमारी खत्री निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले जा. . .


सांस्कृतिक संस्थानको स्वर्ण महोत्सवमा राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले समाजलाई असल मार्गमा निरन्तर डो¥याउन तथा समाजको मौलिकताबाट अभिप्रेरित हुन कला र समाजबीच उच्च तहको अन्तरक्रिया आवश्यक भएको बताउनुभएको छ । सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)को ५०औँ वार्षिकोत्सवको अवसरमा आयोजित ‘स्वर्ण महोत्सव उद्घाटन विशेष कार्यक्रम’ �. . .


टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

चन्द्रौटा । कपिलवस्तुको तौलिहवामा टिपरको ठक्करबाट आज एक साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका–३ भिक्षुचोकका ४० वर्षीय फुलचन्द गुप्ता रहेका छन् । टिपरको ठक्करबाट गम्भीर घाइते गुप्ताको उपचारको क्रममा जिल्ला अस्पताल तौलिहवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको. . .


मनसुन देशभर फैलिन अझै केही दिन लाग्ने

काठमाडौं । मनसुन देशभर फैलिन अझै केही दिन लाग्ने भएको छ । गत जेठ २२ गते नेपालको पूर्वी भागबाट प्रवेश गरेको मनसुन देशभर फैलिन अझै दुई तीन दिन लाग्ने वरिष्ठ मौसमविद् वरुण पौडेलले बताउनुभयो । पौडेलकाअनुसार हाल प्रदेश नं १, मधेस प्रदेश, बागमती, र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव छ । अन्य प्रदे�. . .


पाँच दलीय गठबन्धन आगामी चुनावसम्म कायम रहन्छ : अध्यक्ष नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन आगामी चुनावसम्म कायम रहने बताउनुभएको छ । समाजवादी प्रेस सङ्गठन नेपालले आज यहाँ आयोजना गरेको विभिन्न सञ्चारमाध्यमका सम्पादक तथा वरिष्ठ पत्रकारसँगको अन्तक्र्रियामा अध्यक्ष नेपालले प्रतिगमनका विरु. . .


जापानमा बस्ने जग्गाधनीको नक्कली मृत्युदर्ता बनाएर जग्गा बिक्री, पाँच पक्राउ

काठमाडौँ । विगत २४ वर्षदेखि सपरिवार जापानमा बस्दै आउनुभएकी शान्तादेवी लोहनीको नक्कली मृत्युदर्ता बनाएर ११ आना दुई पैसा जग्गा बिक्री गरेको पाइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले विसं २०५५ देखि जापानमा बस्दै आउनुभएकी लोहनीको नक्कली श्रीमान् बनेर काठमाडौँको कीर्तिपुर नगरपालिका–�. . .


गोपनीयता चोरी हुन नदिन तालिम आवश्यक : मुख्यमन्त्री राई

विराटनगर । नेपाल दूरसञ्चार प्राधिकरणले सुरक्षित रुपमा इन्टरनेट तथा सामाजिक सञ्जाल सञ्चालन गर्नेबारे प्रदेशका सांसदहरुलाई प्रशिक्षण दिएको छ । विराटनगरमा दूरसञ्चार प्राधिकरणले इम्पावर टे«डिङ प्रालिको आयोजनामा प्रदेशसभाका सांसदलाई सुरक्षित रुपमा इन्टरनेट र सामाजिक सञ्जाल कसरी प्रयोग गर्ने भन्. . .


सिंगापुरमा कोभिड–१९ सङ्क्रमित पुनः बढ्न थाले

सिङ्गापुरमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या पुनः वृद्धि हुन थालेको छ । सिंगापुरले आइतबार थप तीन हजार १९९ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण भएको पुष्टि गरेको हो । यससँगै यहाँ कूल सङ्क्रमितको सङ्ख्या १३ लाख ६७ हजार ७६१ पुगेको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पीसीआर परीक्षणबाट २९८ �. . .


आसाममा बाढी–पहिरो, ६२ जनाको मृत्यु

अविरल वर्षासँगै राज्यका विभिन्न भागमा बाढीपहिरोमा परी कम्तिमा ६२ जनाको मृत्यु भएको छ भने ३२ जिल्लाका ३१ लाख सर्वसाधारण प्रभावित भएका छन् । आसाम राज्य प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा परेर ५१ र पहिरोले पुरिएर ११ जनाको मृत्यु भएको छ । मृतकको सङ्ख्या अझ बढ्ने आशङ्का गरिएको छ । बाढीमा परी आठ . . .


सांसदका छोरा स्वकीय सचिव : जेल बसेर सरकारी तलबभत्ता झ्वाम

विराटनगर । सवारी ज्यान मुद्दामा जेल चलान भएका प्रदेश सांसद बिन्दिया कार्कीका छोरा ‘रोबिन’ ले प्रहरी हिरासतमै रहेर सरकारी तलबभत्ता बुझेका छन् । मापसे गरी सवारी चलाएको ठहर सहित २ हजार जरिवाना र ६ महिना १५ दिनको जेल सजाय पाएका रोबिन भनिने रविन सिहं कार्कीले प्रहरी हिरासतमै रहेर पनि सरकारी सेवा सुविधा ब�. . .