विराटनगर । नेकपा एमाले जिल्ला कमिटी मोरङले प्रदेशको नामाकरणको विषयसँग जोडिएर प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले दिएको अभिव्यक्तिप्रति खेद प्रकट गरेको छ । शनिबार सम्पन्न जिल्ला कमिटीको बैठकले मुख्यमन्त्रीको पदमा बसेर साम्प्रदायिकता भड्काउने, तथा नामाकरण गर्ने महत्वपूर्ण जिम्मेवारीब�. . .
विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ३ सय ३५ जनामा कोरोना संक्रमित थपिएका छन् । २ हजार ९ सय ९६ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ८६ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर २ लाख ३६ हजार ७ सय ३८ जनाले खोप लगाएका छन्। हाल दे. . .
इरानको दक्षिणी प्रान्त फार्समा शुक्रबार आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ भने अन्य तीन जना अझै बेपत्ता छन् । इरानी रेड क्रिसेन्ट सोसाइटीका प्रमुख मेहदी भलिपुरले ८९ जना फसेको र त्यहाँ उद्धारकार्य जारी रहेको बताएका छन् । त्यसैगरी अर्ध-आधिकारिक मेहर समाचार एजेन्सीसँग कुरा गर्दै इस्ट�. . .
सिरहा । ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा अर्नमा गाउँपालिका-२ ब्रहमपुरी बस्ने ४५ वर्षीय कालेश्वर महतो कोईरीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । कोईरीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अर्नमाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गर�. . .
विराटनगर । बहुबिवाह मुद्दाका फरार प्रतिवादी अर्जुनधारा नगरपालिका-९ ठेगाना भएका ३४ वर्षीय अम्बर बहादुर पौडेललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत झापाको २०७६ माघ १९ गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष ६ महिना ६ दिन कैद र १५ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्य�. . .
कोभिड–१९ सङ्क्रमित राष्ट्रपति जोसेफ बाइडेनको स्वास्थ्यमा क्रमशः सुधार भइरहेको छ । राष्ट्रपति कार्यालयका अधिकारीहरूका अनुसार बाइडेनले दिनको आठ घण्टाभन्दा बढी समय काम गरिरहेका छन् । शुक्रबार उनले आफ्नो शीर्ष आर्थिक टोलीसँग भिडियो कन्फरेन्स मार्फत गरेका थिए । त्यसबखत उनले आफ्नो स्वास्थ्यमा क्रम�. . .
हरिद्वारबाट भोपाल गइरहेको कन्वर यात्राका तीर्थयात्रीहरूको समूहलाई ट्रकले ठक्कर दिँदा छ जनाको मृत्यु भएको छ । शनिबार बिहान उत्तर प्रदेशको हाथरस जिल्लामा तीव्र गतिमा हुँइकिएको ट्रकले ठक्कर दिँदा मृत्यु उनीहरूको ज्यान गएको स्थानीय प्रहरीले जनाएको छ । घटना आज बिहान भएको हो । पाँच जनाको घटनास्थलमा . . .
विराटनगर । सुनसरी र खोटाङको छुट्टाछुट्टै स्थानमा पानीमा डुवी २ जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो सुनसरीको कोशी गाउँपालिका-२ का राम कुमार उरावको १४ बर्षीय छोरा आयुष उराव कोशी गाउँपालिका-३ स्थित सिंचाई नहरमा पौडी खेल्ने क्रममा पानीमा डुवी बेहोस अवस्थामा स्थानिय मानिसहरुले फेला पारी उपचारको लागि . . .
विराटनगर । ताप्लेजुङको फुङ्लिङ नगरपालिका-९ स्थितमा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ भने कुटपिट गर्ने श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार बेलुका करिब ५ बजे फुङ्लिङ-९ का ६५ बर्षीय बल बहादुर साँवाले आफ्नै श्रीमती ५४ बर्षीया कान्छीमाया लिम्वुलाई घरायसी बाद बिबादका कारण कुट�. . .
आफ्नो हत्याको धम्कीपत्र पाएका अभिनेता सलमान खानले आत्मरक्षाका लागि हतियार राख्न पाउनुपर्ने तर्क गर्दै हतियारको इजाजत दिन प्रशासनसमक्ष आवेदन गरेका छन् । गत महिना ग्याङ्स्टर लरेन्स बिश्नोईको गिरोहबाट आएको धम्की पत्रलाई ध्यानमा राख्दै आत्म–सुरक्षाको लागि हतियार लाइसेन्सका लागि उनले आवेदन गरेका . . .
काठमाडौं । घरजग्गाको कारोबारलाई अनुत्पादक क्षेत्रका रुपमा चित्रण गर्दै नेपाल राष्ट्र बैंकले त्यसमा प्रवाह हुने कर्जाको सीमा घटाएको छ । तर, चौतर्फी दबाबका आधारमा शेयर धितो कर्जाको प्रावधानमा भने केही खुकुलो नीति लिएको छ । आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमा न्यूनतम रु चार करोड र अधिकतम रु १२ करोडसम�. . .
सर्लाही । सर्लाहीका अधिकांश विद्यार्थीले नयाँ शैक्षिक सत्र सुरु भएको तीन महिना पुगिसक्दा पनि पाठ्यपुस्तक पाउन सकेका छैनन् । नयाँ शैक्षिक सत्र सुरु भएको तीन महिना भइसक्दा पनि जिल्लाका अधिकांश विद्यार्थीले पाठ्यपुस्तक पाउन नसकेका हुन् । जनक शिक्षा सामग्रीले समयमै पर्याप्त पाठ्यपुस्तक छाप्न नसक्द. . .