काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुभएको छ। उहाँले बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै संसदीय छानबिनलाई सहयोग गर्न आफूले राजीनामा गरेको घोषणा गर्नुभयो । आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नताको प्रश्न उठेपछि यस विषयमा छानबिन गर्न आजै संसदी�. . .
काठमाडौं । थप दुई जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चुमनलाल दासले हेटाँैडा र चाँगुनारायण नगरपालिकामा दुई जनामा हैजाका बिरामी भेटिएका बताउनुभयो । ती दुवै जनाको अहिले उपचार भइरहेको छ । नयाँ थपिएकासँग अहिलेसम्म २१ जनामा . . .
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३.३३ अङ्कले उकालो लागेर दुई हजार ४३.९२ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.६९ अङ्कले उकालोे लागेर ३८८.९१ मा पुगेको छ । कूल . . .
विराटनगर । विराटनगर बसपार्क परिसरमा गत बुधबार चार्जिङ स्टेशनको पोल ढलेर किच्दा घाईते भएका दुई मजदुरको उपचार खर्च ठेकेदार कम्पनीले बेहोर्ने भएको छ । चार्जिङ्ग स्टेशनका लागि गाडीएको पोल ढलेर विराटनगर–११ का रोहन मगर र अभिनास रजक घाइते भएका थिए । उनीहरुको उपचार नोबेल अस्पतालमा भईरहेको छ । निर्माणको ठे�. . .
विराटनगर । पानी र रासायनिक मलको अभावमा असारको तेस्रो सातासम्म पनि प्रदेश १ का करिब ३२ प्रतिशत खेतमा मात्रै धान रोपाइँ भएको छ । प्रदेशमा ३ लाख ४० हजार ८ सय २९ हेक्टरमा वर्षे धान रोपाइँ हुने कृषि निर्देशनालयको अनुमान छ । अन्नको भण्डार मानिने मोरङमा २०, सुनसरीमा २५ र झापामा ४६ प्रतिशत धान खेतमा रोपाइँ भएक�. . .
विराटनगर । सरकारले असार २६ गते आइतबारका दिन देशभरी नै सार्वजनिक बिदा दिने निर्णय गरेको छ । २६ गते आइतवार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजाहा) को दिन सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । यो वर्षमा हरेक वर्ष बिदा दिइँदै आएको र यो वर्ष पनि मुस्लिम आयोगको अनुरोधअनुसार �. . .
जनकपुरधाम । देशभरकै प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्री आज मधेस प्रदेशको राजधानी जनकपुरधाम आउन लागेका छन् । मधेस प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयको आमन्त्रणमा छवटै प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्री, सो मन्त्रालयका सचिव तथा मुख्यन्यायाधिवक्ताको टोली जनकपुरधाम आउन लागेको हो । गृ�. . .
बितेका केही दिनयता भारत, पाकिस्तान, मलेसिया र दक्षिण कोरियामा कारोनाका बिरामी बढिरहेका छन् । बुधबार भारतमा १६ हजार एकसय ५९ जना, पाकिस्तानमा आठसय १८ जना र दक्षिण कोरियामा १९ हजार तीनसय ७१ जना कोरोना सङ्क्रमित थपिएका छन् । यसैगरी मलेसियामा दुई हजार नौ सय ३२ जना नयाँ बिरामी थपिएका छन् भने तीन जनाको मृत्य�. . .
फुङ्लिङ । निरन्तर वर्षा भएसँगै ताप्लेजुङमा ४५ प्रतिशत धान रोपाइँ सकिएको छ । असारको तेस्रो सातासम्ममा ४५ प्रतिशत रोपाइँ सम्पन्न भएको हो । लेकाली तथा बाँझो जमिनमा धान रोपाइँ सम्पन्न भएको हो । रोपाइँ सुरु गर्ने समयदेखि नै वर्षा भएकाले जिल्लाका किसानले अहिले पनि सहजरुपमा रोपाइँ गरिरहेका कृषि ज्ञान केन. . .
काठमाडौं । न्युजिल्याण्ड पठाइदिने भन्दै युवाहरूबाट पैसा उठाएर अलपत्र बनाएको आरोपमा एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नुवाकोट स्थायी घर भई काठमाडौंको बुढानीलकण्ठ बस्दै आएकी २७ वर्षीया दिया भन्ने शोभा पौडेललाई पक्राउ गरेको हो । पौडेलले ६३ ला�. . .
गलेश्वर । मनकुमारी परियार–नाम जस्तै मनकारी । राखुमा जन्मिनुभएकी मनकुमारीले मन र जीवन भकिम्लीका टीका उर्फ पूर्णलाई दिनुभयो । उहाँले सोच्नुभयो अब मेरो जीवन पनि पूर्ण हुने भयो । तर जीवनमा सबै भने जस्तो कहाँ हुन्छ र ? जब पूर्णसँग मनकुमारी रङ्गीन सपना पूरा गर्न घर पुग्नुभयो त्यसपछि छाँगाबाट खसे झैँ हुनुभ. . .
पाकिस्तानमा भिषण बाढी पहिरोका कारण २५ जनाको ज्यान गएको छ । पाकिस्तानी अधिकारीहरुले यहाँको दक्षिण पश्चिमी क्षेत्र बलुचिस्तानमा केही दिनदेखि जारी रहेको अविरल बर्षाका कारण आएको बाढी र पहिरोबाट उनीहरुको निधन भएको बताएका छन् । बलुचिस्तान प्रान्तको प्रकोप व्यवस्थापन सम्बन्धी विभागका महानिर्देशकले स�. . .