समाचार

राष्ट्रिय सभाबाट जलस्रोत विधेयक पारित

काठमाडौँ । जलस्रोतको उपयोग, संरक्षण र व्यवस्थापनसम्बन्धी व्यवस्था गर्न ल्याइएको ‘जलस्रोत विधेयक, २०८१’ राष्ट्रियसभाबाट सर्वसम्मत पारित भएको छ । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले प्रतिनिधि सभाबाट सन्देशसहित आएको उक्त विधेयक पारित गरियोस् भन्ने प. . .


एनपिएल २ अक्सनमा विराटनगर किंग्सको बजेट कति, कोशी प्रदेशको कुन खेलाडी पर्लान टिममा ?

विवेक दाहाल , विराटनगर श्रावन २३। नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको मिनी अक्सन शनिबार हुँदैछ । अक्सनमा १५० खेलाडी छनोट भएका छन्, जसबाट ३७ खेलाडी खरिद–विक्रि हुनेछन्। पहिलो संस्करणको अक्सनमा ८ फ्रेन्चाइज टोलीले ८० खेलाडी किनेका थिए। तर, त्यस सिजनका ३८ खेलाडी रिलिज भइसकेका छन्। यसपटक कर्णाल. . .


एकीकृत समाजवादी निर्णायक शक्ति हो, सानो पार्टी होइन् : अध्यक्ष नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी सानो नभइ शक्तिशाली पार्टी भएको दाबी गरेका छन् । शुक्रबार नेकपा (एकीकृत समाजवादी) उद्योग व्यवसायी जिल्ला कमिटी काठमाडौंको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै उनले सात प्रदेशमध्ये तीन प्रद�. . .


कोशी प्रदेशमा डिजिटल भुक्तानी प्रणाली सुरु

विराटनगर । कोशी प्रदेशका भौतिक पूर्वाधार तथा स्वास्थ्यमन्त्री भुपेन्द्र राईले प्रदेशमै पहिलो पटक डिजिटल भुक्तानी प्रणालीको शुभारम्भ गरेका छन् । उक्त प्रणालीको सुरुवात प्रदेश जन–स्वास्थ्य प्रयोगशालाबाट शुक्रबार गरिएको हो । मन्त्री राईका अनुसार अबको समय डिजिटल, सुशासन र पारदर्शिताको भएकाले यो कद�. . .


ब्राजिलबाट नेपाल आएकी महिलाको ब्राभित्र भेटियो २ केजी कोकिन, भुटान जाने तयारीमा थिइन्

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागुऔषध कोकिनसहित एक जना विदेशी महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा ब्राजिलियन नागरिक २१ वर्षीया इमिली मिकाइले स्यान्टोस फरेरा रहेकी छन् । लागुऔषध नियन्त्रण ब्युरोका अनुसार ब्राजिलबाट दोहा हुँदै नेपाल आएकी उनले ब्राभित्र १ के�. . .


प्रतिवादीबाट भराउन नसक्ने क्षतिपूर्ति ‘पीडित राहत कोष’ बाट अदालतबाटै उपलब्ध

विराटनगर । मोरङ जिल्ला अदालतले जर्बरजस्ती करणी पीडितलाई पहिलो पटक ‘पीडित राहत कोष’ बाट क्षतिपूर्ति भराएको छ । कसुरदारबाट पीडितलाई क्षतिपूर्ति रकम भराउन नसक्ने अवस्था पाइएपछि अदालतको फैसला अनुसार ठहर भए बराबरको रकम पीडित राहत कोषबाट उपलब्ध गराइएको हो । मोरङ जिल्ला अदालतका सुचना अधिकारी हेमबहादुर �. . .


नेपाली सेनाले सुरु गर्यो खुर्कोट बेलीब्रीजको मर्मत कार्य

रामेछाप । रामेछापका साथै दोलखा, ओखलढुङ्गा र सोलुखुम्बुका केही भागलाई राजधानी काठमाडौंसँग छोटो दूरीमा जोड्ने सडकको खुर्कोटमा जडान गरिएको बेलीब्रीजको मर्मत कार्य नेपाली सेनाले सुरु गरेको छ ।पुलमा लचकपन देखिनु, नटबोल्ट खुकुलो हुनु र पाता हल्लिन थालेपछि बिहीबारदेखि मर्मत कार्य अघि बढाइएको हो । खड�. . .


संसद भवन निर्माणमा केही गल्तीहरु भएका छन्, अब सुधार गर्छौं : मन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले संसद भवनको प्रोजेक्टलाई अब विगतको गल्तीहरुलाई सुधार गर्दै अगाडि बढ्ने बताएका छन् । शुक्रबार राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) को बैठकमा उनले यो प्रोजेक्टमा राष्ट्रिय स्�. . .


पाँचथरमा पहिलो पटक ‘काउ लिफ्टिङ मेसिन’को प्रयोगद्वारा गाईको उपचार

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका वडा नम्बर ५ मा पहिलो पटक ‘काउ लिफ्टिङ मेसिन’को प्रयोगद्वारा पशुको उपचार गरिएको छ । खुट्टा टेक्न नसक्ने अवस्थामा रहेको एक विरामी गाईलाई काउ लिफ्टिङ मेसिनको प्रयोगद्वारा उपचार गरिरहेको पशु सेवा प्राविधिक लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए । उनले पाँचथरमा प�. . .


सुनको मूल्य तोलाको दुई लाख रुपैंयाँ नजिक

काठमाडौ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेर झन्डै २ लाख नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ९८ हजार ४०० रुपैयाँ कायम भएकोमा आज बृद्धि भएर १ लाख ९९ हजार ४ सय कायम भएको हो ।   यस्तै चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ । बिहीबार तोलाको २ हजार ३१५ रुपैयाँ �. . .


यू–२० महिला एसियन कप छनोट : नेपाल साउदी अरेबियासँग भिड्दै

काठमाडौं । एएफसी यू–२० महिला एसियन कप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले आज साउदी अरेबियासँग भिड्दैछ । खेल भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा शुक्रबार दिउँसो पौने २ बजे सुरु हुनेछ । नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । बलियो टोली उत्तर कोरियासँग नेपा�. . .


राष्ट्रियसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज  बस्दैछ । शुक्रबार बिहान सवा ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री केपी ओलीले ‘महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदन’ सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ । यस्तै, विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले �. . .