माघ महिनाका लागि कुन कुन वाणिज्य बैंकहरुले घटाए ब्याजदर ?

<span class='c1'>माघ महिनाका लागि कुन कुन</span> <span class='c2'>वाणिज्य बैंकहरुले घटाए ब्याजदर ?</span>

काठमाडौं । माघ महिनाका लागि वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । बैंकहरुले मुद्दती निक्षेपमा माघ १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएका हुन् ।

पुसमा औसत ब्याजदर व्यक्तिगततर्फ ४.८६ प्रतिशत र संस्थागततर्फ औसत ३.३७ प्रतिशत रहेकोमा माघ महिनाका लागि व्यक्तिगततर्फ ४.६८ प्रतिशत र संस्थागततर्फ औसत ३.३८ प्रतिशत कायम भएको छ । ८ बैंकले पुस महिनाको ब्याजदरलाई नै निरन्तरता दिने भएका छनभने माघका लागी ११ बैंकले ब्याजदर घटाएका छन् । माघ महिनामा प्राइम कमर्सियल बैंकले ब्याजदर बढाएको छ । माघ महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा कृषि विकास बैंकले ४.४० प्रतिशत, एभरेष्ट बैंकले ४.४० प्रतिशत, कुमारी बैंक ४.४३ प्रतिशत, नेपाल एसबीआई बैंकले ४.४० प्रतिशत, लक्ष्मी सनराइज बैंकले ४.५० प्रतिशत, सिटिजन्स बैंकले ४.५० प्रतिशत, प्रभु बैंकले ४.५५ प्रतिशत, माछापुच्छ्रे बैंकले ४.५ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ४.३६ प्रतिशत, हिमालयन बैंकले ५ प्रतिशत र सानिमा बैंकले ४.५५ प्रतिशत ब्याज दिनेछन् ।

यस्तै, आगामी महिना माघमा व्यक्तिगत मुद्दती निक्षेपमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ प्रतिशत, नेपाल बैंकले ५.१० प्रतिशत, ग्लोबल आइएमई बैंकले ५.५० प्रतिशत, नबिल बैंकले ४.५५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ५ प्रतिशत, एनएमबि बैंकले ५ प्रतिशत, सिद्धार्थ बैंकले ४.५५ प्रतिशत र एनआईसी एशिया बैंकले ५ प्रतिशत ब्याजदर दिनेछन् । प्राइम कमर्सियल बैंकले भने माघमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ब्याजदर बढाएर ४.४० प्रतिशतमा पुर्याएको छ । पुसमा व्यक्तिगततर्फ ४.२५ प्रतिशत ब्याज दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्