समाचार

विराटनगरमा बिहे घरमा नाच्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

विराटनगर । विराटनगरमा बिहे घरमा नाच्ने क्रममा शनिबार बिहानका राति करेन्ट लागेर १ जना किशोरको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१८ झटियाहीका १७ वर्षीय अमित यादवको मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिए । उनका अनुसार कनैया यादवको छोरीको बिहेमा डिजे बजाएर नाच्ने क्र. . .


देशभर धमाधम धान रोपाई जारी

काठमाडौँ । समयमै मनसुन सुरु भएपनि यस पटक धान रोपाइँ देशभर १७ दशमलव दुई प्रतिशत क्षेत्रमा मात्रै भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यही असार १४ गतेसम्म सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी अर्थात् ४० प्रतिशत क्षेत्रमा धान रोपाइँ भएको छ । कर्णाली प्रदेशमा २३ दशमलव नौ प्रतिशतमा धान रोपा�. . .


देशभर मनसुनी वायुको प्रभाव : यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि म. . .


प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । संघीय संसद प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा बजेटसँग सम्बन्धित विधेयकहरुलाई पारित गर्ने सम्भावित कार्यसूची छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुहुने ‘ आर्थिक विधेयक, २०८२’,‘ राष्ट्र ऋण उठाउने. . .


आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्ककाअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ९० पैसा र बिक्रीदर १६० रुपैयाँ ६० पैसा, युके पाउण्ड स्ट्र. . .


विराटनगरको जेम्स इन्टरनेसनल स्कुलको उत्कृष्ट नतिजा, सृजि पोखरेलको ४.० जीपीए

विराटनगर । विराटनगरस्थित जेम्स इन्टरनेसनल स्कुलकी छात्रा सृजि पोखरेलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४.० जीपीए हासिल गर्दै शैक्षिक उत्कृष्टता प्रदर्शन गरेकी छिन्। स्कुलका प्रिन्सिपल पंकज खड्काका अनुसार, यस वर्ष स्कुलका १३ जना विद्यार्थीले ए प्लस, ११ जनाले ए र केहीले बी ग्रेड हासिल गरे�. . .


एसइईमा ग्रेड प्राप्त विद्यार्थीलाई प्रधानमन्त्री ओलीको बधाई

काठमाडौँ । प्रधानमन्त्रीे केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ग्रेड प्राप्त गरेका विद्यार्थीलाई बधाई ज्ञापन गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत आज प्रधानमन्त्री ओलीले एसइईमा ग्रेड नपाउने विद्यार्थीहरुले यसलाई नै अन्तिम परीक्षा नठान्न र सफलताको अर्को दिन आउने बताउनुभएको छ । प्रधान�. . .


एसइईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत परीक्षार्थी ग्रेडेड

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ६१.८१ प्रतिशत परीक्षार्थी ग्रेडेड भएका छन् । आज सार्वजनिक नतिजाअनुसार विसं २०८१ को एसइई परीक्षामा नियमिततर्फ सहभागी चार लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ जिपिएदेखि ४ जेपीएसम्म ल्याउने ४८ हज�. . .


विराटनगरका सुनचाँदी पसल अनिश्चितकालका लागि बन्द

विराटनगर । सरकारले २ प्रतिशत विलासिता कर लगाएको विरुद्धमा आज(शुक्रबार)देखि विराटनगरका सुन व्यवसायीले अनिश्चितकालका लागि सुन पसल बन्द गराएका छन् । नेपाल सरकारले अगामी आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजन गरेको बजेट मार्फत सुनको हरेक खरिद बिक्रीमा २ प्रतिशत बिलासीता कर र १३ प्रतिशत मुल्य अभिवृद्धि क. . .


पाल्पा तानसेनमा एकल महिलाको उठिबास, वडादेखि नगरपालिकाको बदमासी

काठमाडौं । पाल्पाको तानसेन नगरपालिका वडा नं. १ की एकल महिला कुन्ता बस्याललाई तत्कालिन वडाअध्यक्ष तुलसी गिरीलगायतले घरबारविहिन बनाउन लागेको पीडितले बताएकी छन् । शुक्रबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी आफ्नो जग्गाको भाउ बढाउन गिरीसहितका व्यक्तिहरुले आफ्नो एक रोपनी जग्गाको बीचमा जबरजस्�. . .


पर्सामा ट्रयाक्टर दुर्घटनामा परेर दुई जनाको मृत्यु, एक घाइते

वीरगञ्ज (पर्सा) । पर्सामा ट्रयाक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छभने एक जना घाइते भएका छन् । वीरगञ्ज महानगर–२८ बगहीबाट इनर्वातर्फ जाँदै गरेको ना५त ९९४१ नम्बरको ट्रयाक्टर आज दिउँसो १ः३० बजे भेडाहा खोलामा पल्टिँदा दुई जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साक�. . .


झापामा श्रीमान्–श्रीमतीको झगडापछि चिया पसलमा आगलागी, श्रीमती फरार

भद्रपुर (झापा) । झापाको बिर्तामोड–१ स्थित बिर्तासिटी अस्पताल नजिक रहेको चिया–नास्ता पसलमा आगलागी भएको छ । टिनको छाना र टिनले बारिएको उक्त भुइँतले पसलमा आज अपराह्न ४ बजेको समयमा आगो लागेको हो । प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार बलभद्र प्रसाईद्वारा सञ्चालित सो पसलमा उहाँकी ३८ वर्षी�. . .