समाचार

नेपालमा जन्मुभएका सारु बेलायतको ‘ननिटन बेडवर्थ बरो’को मेयर निर्वाचित

रामनाथ घिमिरे/रासस बेलायत । नेपालमा जन्मिएका भूतपूर्व गोर्खा क्याप्टेन भीम सारु मगर बेलायतको ननिटन बेडवर्थ बरोको मेयरमा निर्वाचित हुनुभएको छ। आज ननिटनको काउन्सिल हलमा सम्पन्न बार्षिक बैठकमा भएको निर्वाचनमा सत्तापक्ष लेबर पार्टीका काउन्सिलर क्याप्टेन सारु मेयर पदमा निर्वाचित हुनुभएको हो । लेबर. . .


झापाको पुँजीगत खर्च ४२ प्रतिशत

भद्रपुर (झापा) । झापा जिल्लामा चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा पुँजीगत खर्च ४२ दशमलव ५६ प्रतिशत भएको छ। कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीका अनुसार पुँजीगततर्फ जिल्लाका लागि रु १० अर्ब ७१ करोड विनियोजन भएकामा वैशाखसम्ममा रु चार अर्ब ५५ करोड ९२ लाख खर्च . . .


खोटाङको जन्तेढुङ्गा पूर्ण खोप सुनिश्चितता गाउँपालिका

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप निर्देशिका अनुसार सर्वेक्षण गर्दा सम्पूर्ण प्रक्रिया पूरा भएपछि उक्त गाउँपालिकालाई औपचारिक रुपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको हो । जन्मेदेखि १५ महिनासम्�. . .


अमेरिकाको ‘हस्तक्षेपवादी’ विगतलाई अस्वीकार गर्दै ट्रम्पले कतारमा अमेरिकी सैनिकहरूको भ्रमण गर्ने

दोहा । राष्ट्रपति डोनाल्ड ट्रम्पले आज(बिहीबार) मध्यपूर्वमा अमेरिकी संलग्नताको केन्द्रमा रहेको अमेरिकी प्रतिष्ठानको भ्रमण गर्नुहनेछ । त्यहाँ उहाँले खाडी राज्यहरूको चार दिने भ्रमणमा यस क्षेत्रमा अमेरिकाको अतीतको ‘हस्तक्षेपवादी’ अस्वीकार गर्नुभएको छ । ट्रम्पले कतारको अल–उदैद एयर बेसमा तैनाथ सैन. . .


अत्यधिक गर्मीका कारण वीरगञ्जका विद्यालयमा बिहान पठनपाठन

वीरगञ्ज (पर्सा) । अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगर क्षेत्रका विद्यालयमा बिहान पठनपाठन प्रारम्भ भएको छ । वीरगञ्ज महानगरको निर्णयअनुसार आजदेखि महानगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा बिहानी सत्रमा पठनपाठन सुरु भएको हो । अर्काे सूचना जारी नभएसम्म बिहान समयमा ६ बजेदेखि अध्यापन हुनेछ । �. . .


सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ३५ सय रुपैयाँले घटेको हो । यसअघि बुधबार १ लाख ८५ हजार ३ सय रुपैयाँमा कारोवार भएको सुन आज १ लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । त�. . .


तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

खोटाङ । मैयुङ ट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रले ‘ग्रेटर मुन्दुम ट्रेल’को विकास गरेको छ । पूर्वी तराईको खुवालुङदेखि पहाडैपहाड हुँदै विश्वको सर्वोच्च शिखर सगरमाथा (चोमोलुङ्मा) सम्म सहज रुपमा पैदल यात्रा गर्न सकिने छोटो पर्यटकीय पदमार्ग निर्माण गर्ने उद्देश्यसहित पर्यटन केन्द्र. . .


मौसम पूर्वानुमान : यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका भूभागमा आंशिकदेखि स. . .


स्पेनिस ला लिगामा रियल म्याड्रिडको जित

काठमाडौं । बुधबार राति भएको स्पेनिस ला लिगाको खेलमा रियल म्याड्रिडले रियल मालोर्कालाई २–१ ले हराएको छ । रियल म्याड्रिडका लागि इन्जुरी समयमा ज्याकोबो रोमानले गोल गरे । म्याड्रिडमा भएको खेलको ११ औँ मिनेटमा मार्टिन भाजलेन्टले मालोर्कालाई अग्रता दिलाएका थिए । म्याड्रिडका लागि केलिएन एम्बाप्पेले ६८ . . .


बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलता अनुसार हिउँदे अथवा वर्षे बिदाको अवधिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै विस २०८१ चैत महिनामा सञ्चालन गरिएको शिक्षक तथा कर्मचारीको काठमाडौंकेन्द्रित आन्दोलनका कारण स�. . .


प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा गत मङ्गलबार सुरु भएको आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल जारी रहने छ । यस्तै, बैठकमा अन्तर्र�. . .


आज अन्तराष्ट्रिय परिवार दिवस

काठमाडौं । आज (बिहीबार) दिगो विकासका लागि परिवारमुखी नीति नाराका साथ अन्तराष्ट्रिय परिवार दिवस मनाइँदैछ । परिवारसँग सम्बन्धित विषयका बारेमा जागरूकता बढाउन र परिवारहरूलाई असर गर्ने सामाजिक, आर्थिक र जनसाङ्ख्यिकीय प्रक्रियाहरूको ज्ञान बढाउने विविध कार्यक्रमका साथ आज विश्वका विभिन्न मुलुकमा परिव�. . .