समाचार

तीनकुने घटनामा संलग्न भएको अभियोगमा थप २४ जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको तीनकुने घटनामा संलग्न रहेको अभियोगमा थप २४ जनालाई पक्राउ गरेको छ । यही चैत १५ गतेको तीनकुनेमा आयोजिक कार्यक्रममा हिंसात्मक प्रदर्शन, अराजक गतिविधि र तोडफोडको घटनामा संलग्न भएको आरोपमा थप २४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपर. . .


नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । नेप्से परिसूचक १६ दशमलव ९५ अङ्कले घटेर दुई हजार ६७६ दशमलव १७ विन्दुमा कायम भएको हो । आज ३२० कम्पनीका एक करोड छ लाख ७० हजार ६४९ कित्ता शेयर ५६ हजार ५४८ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब ७९ करोड ७७ लाख ९१ हजार ७०० बराबरको कारोबार भएको �. . .


चार वर्षदेखि विराटनगर प्रवेशद्वारको डिजाइन रिभ्यूका लागि घुमेकोघुम्यै

विराटनगर । विराटनगर महानगरपालिकाले बनाउने भनेको स्वागत अथवा प्रवेशद्वार चारवर्षयता त्यसको डिजाइनमै घुमिरहेको छ । विराटनगर ३ र ४ को सीमा ढाटमा निर्माण गर्ने भनिएको उत्तरी प्रवेशद्वार बनाउन चालु आर्थिक वर्षमा दुई करोड रुपैँया बजेट बिनियोजन गरिएको छ । नगरस्तरीय बजेटमा समेटिएको योजनाको आधा चैत सकिँ�. . .


समयसीमा नजिकिँदै जाँदा भन्सार शुल्कमा ‘दयालु’ हुने ट्रम्पको भनाइ

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार विश्वभर अशान्ति निम्त्याउने जोखिम उठाउँदै आफूले भनेका अनुचित व्यापार असन्तुलनहरूलाई सम्बोधन गर्न यस हप्ता थप करहरू घोषणा गर्दा व्यापारिक साझेदारहरूप्रति ‘धेरै दयालु’ हुने बताउनुभएको छ । जनवरीमा पदभार ग्रहण गरेदेखि नै राष्ट्रपति शक्तिको अभ. . .


दिपक बोहराको निधनप्रति शोक प्रस्ताव पारित

काठमाडौं । प्रतिनिधि सभाको बैठकले राप्रपाका सांसद दिपक बोहराको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । मंगलबार बसेको बैठकबाट बोहराको निधनप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक प्रस्ताव पारित भएको हो । उनको आज चैत्र १९ गते काठमाडौं स्थित ओम अस्पतालमा ७४ वर्षको उमेरमा निधन भएको हो ।‘राष्ट्रिय प्रजातन�. . .


रवि लामिछानेले राखे सांसद पद फुकुवाको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेसँग भेट गरेका छन् । मंगलबार सिंहदरबारमा भएको भेटमा सभापति लामिछानेले आफ्‌नो सांसद पदको फुकुवाको माग राखेको जानकारी दिए । त्यस्तै उनले अदालत टेकाएको आधारमा सांसद पदको निलम्बन राजनीतिक हतियारको रुपमा प्�. . .


आज मध्यरातदेखि संसद् अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनका चालु अधिवेशन आज राति १२ः०० बजेदेखि अन्त्य गर्नुभएको छ । नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले दुवै सदनका चालु अधिवेशन अन्त्य गर्नुभएको हो । मन्त्रिपरिषद्को सोमबारको बैठकले सङ्घी�. . .


राप्रपाका सांसद दीपक बोहराको निधन

काठमाडौं । प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहराको ७६ वर्षको उमेरमा निधन भएको छ । स्थानीय ओम अस्पतालमा उपचारका क्रममा उहाँको आज निधन भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो । रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित उहाँ विगत तीन वर्षदेखि �. . .


महोत्तरीमा पन्ध्र दिनमा १३ क्विन्टल गाँजा बरामद

महोत्तरी । महोत्तरीमा पन्ध्र दिनयता करिब १३ क्विन्टल लागुऔषध गाँजा बरामद गरिएको छ । लागुऔषध नियन्त्रण ब्यूरो बर्दिबासको सक्रियतामा गाँजा बरामद गरिएको हो । पहाडी जिल्लाम लुकाइछिपाइ ल्याएको गाँजा बरामद गरिएको ब्यूरोका प्रहरी नायब निरीक्षक सरोजकुमार अधिकारीले जानकारी दिनुभयो । सोमबार साँझ बिपी रा�. . .


किच्चकबधमा उत्खननका क्रममा ‘दरबारको जग’ भेटियो

झापा । महाभारतकालीन विराट राजाको सालो किच्चकको दरबार रहेको विश्वास गरिएको भद्रपुर नगरपालिका–३ स्थित किच्चकबधस्थलमा पुरातत्व विभागको टोलीले आठौँ चरणको उत्खनन गरेको छ । उत्खनन गर्दा पुरातात्विक महत्वको ‘दरबारको जग’ भेटिएको पुरातत्वविद् उद्धव आचार्यले जानकारी दिनुभयो । उहाँको नेतृत्वमा पुरातत्�. . .


अन्नपूर्ण आधार शिविरमा पुग्न थाले आरोही

म्याग्दी । अन्नपूर्ण हिमाल आरोहणका लागि आरोहीहरू आधार शिविरमा पुग्न थालेका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्दछ । चालु वसन्तयाममा अन्नपूर्ण हिमाल आरोहणका लागि आएका आरोही, शेर्पा, पथप्रर्दशक, मजदुर र पर्यटकहर. . .


प्रधानमन्त्री ओली थाइल्याण्डको औपचारिक भ्रमणमा आज जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार दिउँसो थाइल्याण्डको औपचारिक भ्रमण जाँदैछन्। मंगलबार प्रधानमन्त्री ओली थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावात (पैटोङ्टार्न शिनावात्रा)को मैत्रीपूर्ण निमन्त्रणामा औपचारिक भ्रमणमा जान लागेका हुन्। उनको भ्रमणसँगै बहुक्षेत्रीय प्राविधिक तथ. . .