समाचार

आन्तरिक पर्यटकको रोजाइमा पदयात्रा

मधु शाही/रासस काठमाडौँ । लगातारको हिँडाइले थाकेका गोडा पटक्कै उकालो सरिरहेका थिएनन् । तर, चितवनकी अचर्ना कार्कीको पदयात्रा रोकिएन । मर्दी हिमालको फेदैमा पुग्ने उहाँको इच्छाशक्ति सामु थकित शरीर र फतक्कै गलेका गोडाले अवरोध गर्नै सकेनन् । तिहार पर्व मर्दी हिमालक्षेत्रमै मनाउने उद्देश्यले उहाँ पदया�. . .


नेपाल प्रिमियर लिगको मुख्य प्रायोजकमा सिद्धार्थ बैंक लिमिटेड

काठमाडौं । क्रिकेट संघ नेपाल (क्यान) द्वारा आयोजना हुन गइरहेको नेपाल प्रिमियर लिग २०२४ देखि २०२९ सम्म (५ वर्ष) को मुख्य प्रायोजकको रुपमा आवद्ध भएको छ । क्यानले कार्तिक ३० गते क्यानका पदाधिकारीहरु, बैंक संचालक समितिका अध्यक्ष मनोज कुमार केडिया, संचालक समितिका सदस्यहरु, बैंकका प्रमुख कार्यकारी अधिकृतस�. . .


युइएफए नेसन्स लिगमा इंग्ल्याण्डको फराकिलो जित

काठमाडौं । युइएफए नेसन्स लिगमा इंग्ल्याण्डले फराकिलो जित दर्ता गरेको छ । सोमबार विहान घरेलु मैदान बेम्ब्लीमा १० खेलाडीमा समेटिएको रिपब्लिक अफ आयरल्याण्डलाई ५-० गोल अन्तरले पराजित गरेको हो । युरो २०२४ को उप विजेता इंग्ल्याण्डले प्रशिक्षक ली कास्लीको अन्तिम खेल सम्झनलायक बनायो । अब इंग्ल्याण्डको प�. . .


पूर्वसभामुख दमननाथ ढुंगानाको आज अन्त्येष्टि गरिँदै

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको अन्त्येष्टि आज गरिँदै छ । पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा कलेजो रोगको उपचारका क्रममा हिजो दिउँसो उनको निधन भएको थियो । कान्छो छोरा निमेष लण्डनमा रहेकाले र उनी आएपछि आज अन्त्येष्टि गरिने बताइएको छ । कलेजोको समस्याबाट पीडित ढुङ्गानाको ८३ वर्षको उ�. . .


अन्नपूर्ण क्षेत्रमा एक महिनामै ३३ हजार बढी पर्यटक

गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्रमा गत कात्तिक महिनामा ३३ हजार तीन सय १० विदेशी पर्यटक भित्रिएका छन् । जसमध्ये दक्षिण एसियाली मुलुकका ११ हजार छ सय ७८ र अन्य मुलुकका २१ हजार छ सय ३२ पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ । आयोजना प्रमुख डा रविन कडरि�. . .


देशभरका मालपोत कार्यालयले उठाए दुई अर्ब ७० करोड राजश्व

काठमाडौँ । देशभरका मालपोत कार्यालयले गत कात्तिक महिनामा रु दुई अर्ब ७० करोड ४० लाख ४६ हजार छ सय ४५ बराबरको राजश्व सङ्कलन गरेको छ । घर जग्गाको कारोबारमा अपेक्षित रुपमा सुधार आउन नसकेको कारोबार तथा राजश्व सङ्कलनको प्रवृत्तिले देखाएको छ । असोज महिनाको तुलनामा कात्तिकमा राजस्व सङ्कलनमा गिरावट आएको हो । . . .


यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार, विदेशी मुद्राको खरिददर र बिक्री दरमा सामान्य मात्रै परिवर्तन भएको छ । विवरणअनुसार, अमेरिकी डलरको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा, बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा नि�. . .


कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू-�. . .


खनारमा बसले ठक्कर दिँदा साइकलमा सवार एकको मृत्यु

इनरुवा (सुनसरी) । सुनसरीको इटहरी उपमहानगरपालिका–१० स्थित खनारमा सवारी दुर्घटनामा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय सम्झना यादव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक राम प्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको मे१ख ४५७४ नम्बरको बसले ठक्कर दिँदा साइकलमा. . .


महिला जागृति तथा वृद्धा आश्रम भवन उद्घाटन

विराटनगर । उपप्रधानमन्त्री प्रकाशमान सिंहले बुढीगंगा गाउँपालिकामा निर्माण भएको महिला जागृति तथा वृद्धा आश्रमको भवन उद्घाटन गरेका छन् । करिब ६५ लाख रुपैयाँको लागतमा विभिन्न दाताहरुको सहयोगमा निर्माण गरिएको भवन मोरङका असहाय तथा एकल महिलाहरुको बसोबासका लागि प्रयोग गरिने छ। उद्घाटन कार्यक्रममा बो�. . .


भारतीय प्रहरी र नक्सलवादी समूहबीचको झडपमा पाँच विद्रोहीको मृत्यु

रायपुर, भारत । भारतको छत्तीसगढ राज्यमा भारतीय प्रहरी र नक्सलवादी समूहबीच भएकोे झडपमा पाँच विद्रोहीको मृत्यु भएको प्रहरीले जनाएको छ । छत्तीसगढ राज्यको अबुझमाड जंगलमा शनिबार सशस्त्र झडप भएको र झडपका क्रममा पाँच नक्सलवादी विद्रोहीको मृत्यु भएको प्रहरीले बताएको छ । यससँगै सन् २०२४ मा भएको द्वन्द्वमा �. . .


साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंक वित्तीय जानकारी इकाइले ‘रणनीतिक विश्लेषण प्रतिवेदन २०२४’ (स्ट्राटेजिक एनालिसिस रिपोर्ट २०२४) सार्वजनिक गरेको छ । इकाइले यस वर्ष साइबर प्रविधिमा आधारित ठगी (साइबर इनेबल्ड फ्रड) का विषयमा तयार पारेको प्रतिवेदन सरकारसमक्ष पेस गरी आज सार्वजनिक गरिएको हो । सम्पत्ति शुद्ध. . .