समाचार

अमेरिकी डलरको मूल्य उकालो लाग्दा अन्य विदेशी मुद्रा कुन बढ्यो कुन घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार लगातार उकालो लागेको अमेरिकी डलरको मूल्यमा आज पनि वृद्धि भएको छ । यस्तै, क्यानेडियन डलर, अष्ट्रेलियन डलर, युएई दिराम, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको पनि भाउ बढेको छ । युरोपियन �. . .


२८ हजार मेगावाटका लागि रु ६५ खर्ब लगानी आवश्यक

काठमाडौँ । सरकारले तय गरेको २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादनका लागि रु ६५ खर्ब बराबरको लगानी आवश्यक रहेको छ । उक्त परिमाणको लगानी हुँदा रु ४० खर्ब बराबरको लगानी स्वदेशमै रहने छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल ९इप्पान०का अध्यक्ष गणेश कार्कीले ठूलो मात्रामा लगानी हुँदा त्यसले सकारा. . .


महोत्तरीको बर्दिवास नगरपालिकामा फोहोर प्रशोधन केन्द्र स्थापना

जलेश्वर (महोत्तरी) । यहाँको बर्दिवास नगरपालिकामा फोहोर प्रशोधन केन्द्र स्थापना गरिएको छ । नगरमा दैनिक उत्पादन हुने फोहर व्यवस्थापन गर्न नगरपालिकाले फोहोर प्रशोधन केन्द्र स्थापना गरिएको हो । केन्द्र स्थापनासँगै फोहोर व्यस्थापनमा सहज भएपछि नगरवासी खुसी भएको बर्दिवास नगरपालिका–३ का स्थानीय मनोज थ. . .


अनलाइन ठगीबाट बच्न सिआइबीको सार्वजनिक अनुरोध

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूूरो (सिआइबी)ले पछिल्लो समयमा विभिन्न प्रलोभनमा पारेर अनलाइन ठगी बढेको भन्दै ठगीबाट बच्न विशेष सावधानी अपनाउन अनुरोध गरेको छ । सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले हालैमात्र पोखरामा रू ५७ लाख, चितवनमा रू १६ लाख, नेपाल सरकारका कर्मचा�. . .


इन्डोनेसियाको सन् २०२४, सन् १९९१ यताकै सबैभन्दा तातो वर्ष

जकार्ता । इन्डोनेसियाले सन् २०२४ मा सबैभन्दा तातो वर्ष अनुभव गरेको देशको मौसम एजेन्सीले जनाएको छ । इन्डोनेसिया अझै पनि जीवाश्म ईन्धन उर्जामा अत्यधिक निर्भर छ । यसलाई वैज्ञानिकहरूले ग्लोबल वार्मिंगको प्रमुख कारण भनेका छन् । देशको मौसम विज्ञान जलवायु विज्ञान तथा जियोफिजिक्स एजेन्सी (बिएमकेजी) ले श�. . .


लोकसेवा आयोगको दृष्टिमा सङ्घीय निजामती विधेयकमा समेटिनुपर्ने ११ ‘सवाल’

काठमाडौँ । लोक सेवा आयोगले प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल चलिरहेको ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा समेटिनुपर्ने विषय बारे समितिलाई अवगत गराएको छ । कर्मचारीतन्त्रले निर्वाह गर्नुपर्ने जवाफदेहिता र वृत्ति�. . .


निःशुल्क उपचार गरेको प्रतिवेदन सात दिनभित्र पेस गर्न पत्राचार

विराटनगर । कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले निःशुल्क उपचार पाउने विपन्न, असहाय, बेवारिसे बिरामीको विवरण, अभिलेख तथा प्रतिवेदन पेस गर्न निजी अस्पतालहरुलाई पत्राचार गरेको छ । मन्त्रालयका जनस्वास्थ्य प्रशासक सागर प्रसाईले सबै निजी अस्पताललाई त्यसका लागि गरिएको बताउनुभयो । स्वास्थ्य संस्था सञ्चाल. . .


ई–स्पोर्टस राष्ट्रिय च्याम्पियनसिप आगामी फागुनमा

काठमाडौँ । ई–स्पोर्टस सङ्घ नेपाल (इशान) को आयोजनामा दोस्रो ई–स्पोर्टस राष्ट्रिय च्याम्पियनसिप आगामी फागुन दोस्रो साता हुनेभएको छ । फागुन ८ देखि १० गतेसम्म काठमाडौँमा हुने उक्त च्याम्पियनसिपमा ई–फुटबल, मोबाइल लिजेण्ड्स, पब्जी मोबाइल, डोटा टू, भ्यालोरेन्ट र कस प्ले गरी ई–स्पोर्टको छ विधा समावेश गरिए�. . .


विराटनगरमा भारतीय ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु,दुई जना घाइते

विराटनगर । विराटनगर– १४ आइसिपि रोडमा सवारी दुर्घटना हुँदा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । आज(शुक्रबार) बेलुका साढे ६ बजे नयाँ भन्सार कार्यालयबाट विराटनगर तर्फ आउँदै गरेको ट्रकले ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।मोटरसाइकलमा सवार अन्य २ जना घाइते भएका छन् । नयाँ भन्सार कार्यालय (आई�. . .


विराटनगर १८ ले जाडोमा दाउरा तपाउन राखेको बजेट विद्यार्थीको न्यानो कपडामा खर्चने

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिका वडा नं. १८ ले जाडोमा आगो ताप्नका लागि दाउरा खरिद गर्न छुट्याइएको बजेटलाई विद्यार्थीहरूको न्यानो कपडा खरिदमा रुपान्तरण गरेको छ । वडाले पहिले जाडोयाममा विद्यार्थीहरूलाई स्वीटर वितरणका लागि २ लाख रुपैयाँ छुट्याएको थियो। तर वडामा रहेका पाँच वटा सामुदायिक व. . .


समर्थकको अवरोधका कारण कोरियाका अपदस्थ राष्ट्रपति पक्राउ असफल

एजेन्सी । विभिन्न अवरोधका कारण दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति यून सुक येओललाई पक्राउ गर्ने प्रयास तत्कालका लागि स्थगित भएको छ । जसका कारण सोलमा रहेको राष्ट्रपतिको निवासमा अनुसन्धानकर्ताहरूले ठूलो प्रतिरोधको सामना गरेपछि नियन्त्रणमा लिने प्रयास असफल भएको हो । उनलाई पक्राउ गर्न भनेर पुगेका अ�. . .


कुमारी बैंक र युएसएडको सहकार्यमा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न

विराटनगर । विराटनगर महानगरपालिकाको समन्वयमा कुमारी बैंकले "देशै भरि बर्षै भरि" उद्यमशिलता विकास एवं प्रवर्द्धन अभियान अन्तर्गत उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कुमारी बैंक लिमिटेड, कोशी प्रदेश कार्यालयका प्रदेश प्रमुख मनिष श्रेष्ठको प्रशिक्षणमा सम्पन्न भएको यो कार्यक्रम युएसएडसँगको स�. . .