समाचार

महाशिवरात्रिका दिन आज पशुपति क्षेत्रबाट ७५ जना पक्राउ

काठमाडौँ । महाशिवरात्रिको दिन आज आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरबाट प्रहरीले ७५ जनालाई पक्राउ गरेको छ । पशुपतिनाथ क्षेत्रमा होहल्ला तथा अवाञ्छित गतिविधि गरेको आरोपमा ७५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो । उहाँले भ�. . .


सिरहामा वडाध्यक्ष र सचिवको मिलेमत्तोमा भारतीय नागरिकलाई नागरिकता

राहुल राय/नेपाल न्यूज बैंक सिरहा । सिरहा जनप्रतिनिधी र कर्मचारीको मिलेमत्तोमा भारतीय नागरिकलाई नेपाली नागरिकता बनाईदिएको खुलेको छ । सिरहाको नरहा गाउँपालिका–३ का वडाध्यक्ष रुस्तम अन्सारी र वडा सचिव रामदेव मण्डलले आर्थिक चलखेलगरी भारत, बिहार, मधुबनी जिल्लाको जयनगर ग्राम पञ्चायत देउधाका मोसताक मिय�. . .


क्षेत्र ‘ए’ का राष्ट्रिय जुनियर जेसिज संयोजकमा गौरव कर्ण मनोनित

विराटनगर । विराटनगर जुनियर जेसिजका निवर्तमान अध्यक्ष तथा सक्रिय युवा नेतृत्वकर्ता जु जेसि गौरव कर्णलाई नेपाल जेसिज वर्ष २०२५ का लागि "National Junior Jaycees, Area-A Coordinator" पदमा मनोनयन गरिएको छ। नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष जेसि राजनी थापाले हस्ताक्षरित पत्रमार्फत कर्णको मनोनयन घोषणा गर्दै, युवा नेतृत्व विकास, प्रभ. . .


सुनसरीमा माछा मार्न गएका युवककाे मृत्यु

भण्टाबारी, (सुनसरी)। जिल्लाको कोशी गाउँपालिका क्षेत्रमा माछा मार्न गएका युवककाे करेन्ट लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाका अनुसार कोशी गाउँपालिका–३ का ४५ वर्षीय इसराफिल मियाँको करेन्ट लागेर मृत्यु भएको जानकारी दिनुभयो । प्रारम्भिक �. . .


महाशिवरात्रिको अवसरमा चार चलचित्रको छायाङ्कन सुरु

भेषराज कार्की/रासस काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर आज चारवटा चलचित्रको मुहुर्त तथा छायाङ्कन सुरु भएको छ । नेपाली सिनेजगत्मा महत्त्वपूर्ण चाडपर्वको अवसर पारी चलचित्र निर्माण सुरु गर्ने परम्परालाई निरन्तरता दिँदै महाशिवरात्रिका दिन छायाङ्कन सुरु गरिएको हो । फिल्म निर्माता तथा निर्देशकका अनु�. . .


जनकपुर अन्तर्राष्ट्रिय फिल्म महोत्सव फागुन १६ गतेदेखि हुने

जनकपुर । जनकपुरधाममा हुन लागेको जनकपुर अन्तर्राष्ट्रिय फिल्म महोत्सवको तयारी पूरा भएको छ । महोत्सवका आयोजक संस्था संवाद फाउण्डेशनले पत्रकार सम्मेलनममार्फत महोत्सवको तयारी पूरा भएको जानकारी दिएको छ । फिल्म साक्षरताको प्रवद्र्धन गर्नु, विभिन्न चलचित्रहरु प्रदर्शन गर्दै कार्यशाला तथा मास्टर क्�. . .


अन्तराष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा आज नेपाल र म्यान्मार भिड्दै

काठमाडौं । काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ । फाइनल खेलमा नेपाल र म्यान्मार भिड्दैछन् । दशरथ रंगशालामा हुने फाइनल खेल साँझ ६ बजेदेखि शुरु हुँदैछ । चार देशले भाग लिएको च्याम्पियनसिपमा म्यानर र नेपाल पहिलो र दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् । म्या�. . .


यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ८४ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार आज युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक स. . .


सौखका लागि रोपेको फूल बन्यो आम्दानीको स्रोत

धरान (सुनसरी) । कुनै समय सौख पूरा गर्न घरको कौसीमा रोपेको फूल अहिले धरानका लाहुरे बस्तीमा आम्दानीको स्रोत बनेको छ । घर सजावटका लागि रोपिएका फूलले आम्दानी दिन थालेपछि उनीहरू पनि हौसिएका छन् । धरान उपमहानगरपालिका–१९ का विश्व लिम्बूले सजावटका लागि फूल सङ्कलन गर्ने आफ्नो रहरले नै आफूलाई व्यावसायिक फूलख�. . .


फागुन कृष्ण चतुर्दशीः भगवान् शिव उत्पत्ति हुनुभएको महाशिवरात्रि पर्व

काठमाडौँ । भगवान् शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजाआराधना गरी आज देशभर मनाउन लागिएको. . .


पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी पूरा, बिहान दुई बजेदेखि चारै ढोका खुला गरिने

काठमाडौँ । महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पर्व मनाउन आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा श्रद्धालु भक्तजन, साधुसन्त र दर्शनार्थीको उपस्थिति आजैदेखि वृद्धि भएको छ । यस वर्ष एक दशकयताकै सर्वाधिक भक्तजन यहाँ आउने विश्वास गरिएको क�. . .


मौद्रिक नीति अर्धवार्षिक समीक्षा : अधिकांश दरहरू यथावत, कर्जा प्रवाह सम्बन्धी व्यवस्थामा हेरफेर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । समीक्षामार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि तोकिएको विद्यमान नीतिगत दर र निक्षेप सङ्कलन दर यथावत राखेको छ । त्यस्तै, कर्जा नोक्सानीसम्बन्धी व्यवस्थामा बैंक तथा वित्त. . .