समाचार

दशैँ-तिहार नजिकिदै विराटनगको सपिङ मलले ग्राहकहरुलाई अफर ल्याउदै

प्रेम देवान विराटनगर । नेपालीहरुको महान पर्व दशैँ, तिहार नजिकिएसँगै सपिङ मलहरुले विभिन्न किसिमका अफरहरु सार्वजनिक गर्ने गरेका छन् । नेपालीहरुको महत्वपूर्ण चाडपर्व नजिकिएसँगै विभिन्न मलहरुले आफ्ना ग्राहकहरुको लागि योजनासंगै अफरहरुको व्यवस्था अनि साथमा आकर्षित पुरस्कारको पनि व्यवस्था दिने गरे�. . .


नवीकरणीय ऊर्जा तथा दक्षता विधेयकमाथि अझै सहमति जुटेन

काठमाडौं । विधायन व्यवस्थापन समितिमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयकमाथि सैद्धान्तिक छलफल भएको छ । भदौ १४ गतेदेखि राष्ट्रिय सभाअन्तर्गत सुरु भएको विधायन व्यवस्थापन समितिमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक समितिबाट पास हुन नसकेपछि विधेयकमाथि सैद्धान्तिक छलफल अझै जारी राखिएको हो । . . .


वर्षाले विराटनगर बजारको चहलपहल न्यून

इशु पन्त विराटनगर । भारी वर्षाका कारण शुक्रबार विराटनगरको जनजीवन प्रभावित भएको छ । विद्यालय, अस्पताल, सरकारी कार्यालय, बजार समेत शुक्रबार सुनसान बनेको हो । वर्षाका कारण विराटनगरका विद्यालय बन्द भएका थिए । यसैगरी अस्पतालहरुमा आउने बिरामीको संख्या समेत अति न्यून रहेको थियो । बजारमा हुने चहलपहल समेत प्�. . .


कहाँबाट भित्रन्छ धान–चामल, राइस मिल बन्द गर्दै विराटनगरका उद्योगी

विराटनगर । धानमा भन्सार महशुल बृद्धि भएपछि सुनसरी–मोरङ औद्योगिक करिडोरका दशवटा राइस मिलले उत्पादन घटाएको मौका पारेर सीमा क्षेत्रबाट व्यापक चोरीपैठारी मौलाएको छ । उद्योगीले ६० प्रतिशत उत्पादन कटौती गरेका छन् । तर, बजारमा चामल अभाव छैन । कतिपय अवस्थामा त, भारतबाट चोरी पैठारी भएको चामल नेपाली उद्योगका . . .


उखु र दूध किसानले पाउने भए दुई अर्ब रुपैयाँ

काठमाडौँ । सरकारले दुग्ध तथा उखु किसानको बाँकी बक्यौता रकम उपलब्ध गराउने प्रक्रिया सुरु गरेको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीको पहलमा दुग्ध तथा उखु किसानका लागि झन्डै दुई अर्ब रुपैयाँ निकास भएको हो । दुग्ध किसानहरूको बक्यौता रकम तिर्नका लागि शुक्रबर मात्र सार्वजनिक ऋण व्यवस्था�. . .


बर्षातको मौसममा सवारी चलाउँदा के कुरामा ध्यान दिने?

इन्दु साह विराटनगर । विराटनगरमा दुई दिनदेखि निरन्तर वर्षा भईरहेको छ । यस्तो समयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सवारी साधन चालक तथा पैदल यात्रीहरूलाई विशेष सावधानी अपनाउन पर्ने बताएका छन् । लगातारको वर्षाले विराटनगरका विभिन्न स्थानका सडकहरू चिप्लो र जोखिमपूर्ण भएको छ । त्यसैले वर्षातक�. . .


‘कोशी पर्यटन वर्ष’ मनाउने घोषणा, १० करोड बजेट विनियोजन

विराटनगर । ‘रमणीय कोशी’नारासहित कोशी प्रदेश सरकारले आगामी वर्ष २०८२ साललाई ‘कोशी पर्यटन वर्ष’ मनाउने घोषणा गरेको छ । विश्व पर्यटन दिवसको अवसरमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगरमा शुक्रबार ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ घोषणा गरेका हुन् । पर्यटन वर्षका लागि सरकारले ‘८२ का लागि ८२ पर्य�. . .


पर्यटन दिवसमा सम्मान,पर्यटकलाई बुद्धको मूर्ती

काठमाडौं । पर्यटन र शान्ति भन्ने मूल नाराका साथ ४५ औं विश्व पर्यटन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ । दिवसको अवसरमा पर्यटन क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सरकारले एक समारोहबीच सम्मान गरेको छ । जमलस्थित राष्ट्रिय नाचघरमा एक समारोहको आयोजना गरी कार्यबाहक. . .


सर्वोच्च अदालतमा दुई न्यायाधीश नियुक्तिका लागि सिफारिस

काठमाडौं । न्यायपरिषदले सर्वोच्च अदालतमा दुई न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ । शुक्रबार बसेको परिषद बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा उच्च अदालत पाठनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुल्सीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियु�. . .


बसमा छुटेको नगद र गहनासहितको ब्याग मोरङ ट्राफिकद्वारा फिर्ता

विराटनगर । शुक्रबार धनकुट्टा जिल्लाको खोकु छिन्ताङ गाउँपालिका-४ की राधिका राईले धरानबाट गोठगाउँ आउने क्रममा आफ्नो हेण्ड ब्याग बसमा छुटाएकी थिइन्। उक्त बसको खोजी गरी ब्याग फेला परेपछि ट्राफिक प्रहरी पोष्ट बेलबारीले सामान सुरक्षित साथ राखेको थियो। ब्यागभित्र रहेको सामानहरूमा नगद ७२ हजार ५ सय रुप�. . .


विराटनगरमा सवारी दुर्घटना, मानवीय क्षति भएन

विराटनगर । विराटनगरस्थित आयल निगम अगाडि ट्रक र कार ठोक्किएर दुर्घटना भएको छ। शुक्रबार बिहान ८:५५ बजे ढाटबाट विराटनगरतर्फ आउँदै गरेको दुवै सवारी दुर्घटना ठोक्किएर दुर्घटना भएको हो। प्रहरीका अनुसार दुवै सवारी साधन ढाटबाट आउँदै गरेको अवस्थामा आयल निगम अगाडि दुर्घटनामा परेका हुन्। एकै दिशाबाट आउँद�. . .


सरकारले पर्यटन क्षेत्रको समस्या पहिचान गरि सहज वातावरण निर्माण गर्छ : कार्यवाहक प्रधानमन्त्री सिंह

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सरकारले पर्यटन क्षेत्रको समस्या पहिचान गरि काम गर्न सहज वातावरण निर्माण गर्ने बताएका छन् । शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले ४५औं विश्व पर्यटन दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपालको अर्थतन्त्रलाई स�. . .