पुर्व

स्थानीय पाठ्यपुस्तक ‘हामी र हाम्रो सुन्दरहरैँचा’ सार्वजनिक

मणिराम दाहाल सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा १० स्थित सुकुना माविमा स्थानीय पाठ्यपुस्तक सार्वजनिकीकरण तथा वितरण कार्यक्रम सम्पन्न भएको छ । नगर शिक्षा युवा तथा खेलकुद शाखाकाे प्रकाशनमा तयार पारिएकाे 'हामी र हाम्रो सुन्दरहरैँचा' पुस्तक सार्वजनिक भएको हाे । पुस्तककाे सार्वजनिक कार्यक्रम नगर . . .


गणतन्त्र दिवस मनाउन मुख्यमन्त्री कार्कीको निर्देशन

विराटनगर । कोशी प्रदेश सरकारले १६औँ गणतन्त्र दिवस तीन दिन भव्यरूपमा मनाउने निर्णय गरेको छ । मुख्यमन्त्री तथा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले यही जेठ १४, १५ र १६ गते गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो । जेठ १४ गते विराटनगर महानगरपालिको नेतृत्वमा नग�. . .


नक्कली भुटानी प्रकरणमा मुछिएकालाई कारबाही गर्न शरणार्थीको माग

पथरी । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई कारबाहीको माग गर्दै सक्कली भुटानी शरणार्थी सडकमा निस्कीएका छन् । मोरङको पथरी शनिश्चरे शिविर क्याममा रहेका भुटानी शरणार्थीले उक्त प्रकरणमा संलग्नलाई कारबाहीको मागसहित आफूहरुको व्यवस्थापनमा ध्यान दिन सरकारलाई आग्रह गरेका छन् । नेपाली नागरिकलाई �. . .


माओवादी केन्द्रलाई कोशी प्रदेश सरकार छोड्न काँग्रेसको पत्र

विराटनगर । नेपाली काँग्रेसले नेकपा माओवादी केन्द्रलाई कोशी प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिन भन्दै आग्रह गरेको छ । नेपाली काँग्रेसका संसदीय दलका नेता उद्धव थापाले जेठ ४ गते बसेको संसदीय दलको बैठकको निर्णय बमोजिम माओवादी केन्द्रलाई कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गरी गठबन्धन दल�. . .


सुनसरीमा मिटरब्याजीविरुद्व दुई सय ४९ को उजुरी

इनरुवा । सुनसरी जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजीविरुद्ध दुई सय ४९ जनाले उजुरी दर्ता गराएका छन् । सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वान गरेसँगै दुई सय ४९ जनाले उजुरी दिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डले जानकारी दिनुभयो । वैशाख १७ गते उजुरी आह्वान गरिएकामा जेठ ८ गतेसम्ममा दुई सय ४९ म�. . .


हटिया खाली गराउन बिर्तामोडमा चल्यो डोजर

झापा । बिर्तामोड नगरपालिका–५ स्थित बुधबारे हटियाका अस्थायी संरचनाहरू आज डोजर लगाएर भत्काइएको छ । सो स्थानमा एक सय ९४ वटा जस्ताको छानो भएको पसलहरू सञ्चालनमा थिए । ती संरचना हटाउन नगरपालिकाले सात वटा डोजर परिचालन गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद न्यौपानेले पटकपटक सार्वजनिक सूचना �. . .


सिटिइभिटीले सातै प्रदेशबाट ट्रान्सक्रिप्ट उपलब्ध गराउने

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले विद्यार्थीको ट्रान्सक्रिप्ट लगायतका विवरण अब प्रदेश कार्यालयबाट वितरण गर्ने भएको छ । परिषद्को परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक प्रमोदभक्त आचार्यले साउनदेखि सातवटै प्रदेशमा रहेका प्रदेश कार्यालयबाट ट्रान्सक. . .


कोशी प्रदेशको विरोधमा जेठ १३ गते मुख्य सडकमा साकेला नाच्ने

विराटनगर । कोशी नाम खारेजीको माग राख्दै मोरङको बेलबारीमा आगामी जेठ १३ गते पुर्व-पश्चिम मुख्य सडकमै ‘सडक साकेला कार्यक्रम ५०८३’ हुने भएको छ । किरात राई समुदायको मुख्य सांस्कृतिक चाड उभौली साकेला विश्वभर मनाइ रहेका छन् । साकेला पूर्बी नेपालमा मुख्य बसोबास रहेको राई समुदायको चाड हो । यायोक्खा केन्द्र�. . .


धनकुटामा तीन सडक आयोजनाको काम तीव्र

भोजपुर । पूर्वाधार विकास कार्यालय भोजपुरअन्तर्गत धनकुटामा सञ्चालन भइरहेका तीन वटा सडक आयोजनाको कामले गति लिएको छ । यहाँ निर्माण भइरहेको बिहीबारे हटिया–कर्मीटार–बञ्चरे–तेलिया–परेवादिन–शुक्रबारे–तेह्रथुमअन्तर्गत २३ किलोमिटर सडक कालोपत्र सुरु भएको छ । रू ५६ करोड ५२ लाख सम्झौता लागतमा उक्त सडक का�. . .


खोटाङमा ट्याक्टरले किचिएर प्रधानाध्यापकको मृत्यु

खोटाङ । खोटाङमा ट्याक्टरले किचिएर प्रधानाध्यापकको मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित बेलडाँडा आधारभूत विद्यालयका प्रधानाध्यापक मकरध्वज राईको मृत्यु भएको हो । विद्यालय बिदा भएपछि आइतबार साँझ घर फर्कने क्रममा बाहुनीडाँडामा को२त ४६७६ नं को ट्याक्टरले किचिएर प्रधानाध्या. . .


झापामा पोथी हात्ती मृत फेला

बनियानी । झापाको बुद्धशान्ति गाउँपालिका–३ चर्चाबारीस्थित आदर्श सामुदायिक वन क्षेत्रभित्र पोथी हात्ती (ढोइ) मृत फेला परेको छ । आज बिहान स्थानीयवासीले हात्ती मृतावस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयवासी तीर्थ तिम्सिनाले घटनास्थलमा अहिले डिभिजन वन कार्यालय झापा, जिल्ला प्रहरी कार्या�. . .


जापान लैजाने भन्दै ४१ जना युवा ठग्ने सुनवर्षीका अजय राजबंशी पक्राउ, अब पोल खुल्ने ठगिने युवामा आसा

विराटनगर । मोरङका ४० र झापा कनकाईका एकजना युवालाई जापान पठाउन भन्दै रकम उठाएर फरार भएका मोरङ सुनवर्षी–६ का अजय राजबंशी शुक्रबार पक्राउ परेका छन् । मोरङ प्रहरीले उनलाई शुक्रबार पक्राउ गरेर आइतबार म्याद थप गरेको हो । यो प्रकरणमा मोरङ सुनवर्षी नगरपालिकाका मेयर श्यामप्रसाद राजबंहीका समेत नाम जोडिएको छ . . .