उदयपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदयपुर सिमेन्ट उद्योगको अवलोकन गरेका छन् । उदयपुरको त्रियुगा नगरपालिका ६ जलजले पुगेर शनिबार उनले उद्योगको प्लान्टलगायत महत्त्वपूर्ण संरचनाको अवलोकन गरेका हुन् । प्रधानमन्त्रीलाई उद्योगका महाप्रबन्धक खगेन्द्रबहादुर बस्नेतले उद्योगको समग्र. . .
विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका–८ मा गेटले किचिएर एकजना बालकको मृत्यु भएको छ । स्थानीय एक घरमा कोठा भाडामा बस्दै आएका अखिम बराइलीका चार वर्षीय छोरा अनिषको बिहीबार साँझ घरको गेटले किचिएर मृत्यु भएको प्रहरीले जनाएको छ । घरको गेटनजिक खेल्दै गरेका उनलाई एक्कासि गेट लडेर किचेको थियो । सिकिस्त. . .
विराटनगर । लागूपदार्थ र प्रतिबन्धित औषधि कारोबारमा सक्रिय आठजना व्यक्तिलाई प्रहरीले कोशी प्रदेशका तीन जिल्लाबाट पक्राउ गरेको छ । झापा, मोरङ र उदयपुरको छुट्टाछुट्टै स्थानबाट प्रहरीले बिहीबार साँझ लागूऔषध ब्राउनसुगर, निषेधित औषधि र गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरी चौकी डाइनियाबाट खटि. . .
विराटनगर । प्रेस चौतारी नेपाल ताप्लेजुङले तीन जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । स्थापना दिवसको अवसर पारेर चौतारीले तीनजना पत्रकारलाई पुरस्कृत गर्ने भएको हो । मंगलबार बसेको प्रेस चौतारी ताप्लेजुङको बैठकले यस वर्षको प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट पत्रकार महासङ्घका निवर्तमान सचिव रवि�. . .
विराटनगर । मोरङ जिल्ला स्तरीय ‘बी’ डिभिजन क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार भएका दुई खेलमा मिल्स क्रिकेट क्लब विराटनगर र बेलबारी विजयी भएका छन् । विराटनगरको वैजनाथ क्रिकेट मैदानमा जारी प्रतियोगिताको पहिलो खेलमा मिल्सले कटहरी राइजिङ क्रिकेट क्लवलाई २ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गर�. . .
काठमाडौं । सरकारलाई दबाब दिन मिटरब्याज पीडितहरूले सुरु गरेको ‘न्याय मार्च’ बिहीबार मोरङको विराटचोक आइपुगेको छ । गत शुक्रबार पूर्वी नाका झापाको काँकडभिट्टास्थित मेची पुलबाट सुरु भएको ‘मिटरब्याजविरुद्धको न्याय मार्च’ का सहभागी काठमाडौं आउँदैछन्। मिटरब्याजीलाई कारबाही गर्ने कानुन कडा बनाउनुपर. . .
दमक । श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा झापा, दमक नगरपालिका वडा नं ७ का ३४ वर्षीय विनोद राई पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालयका अनुसार इलामको माङसेवुङ घर भई हाल दमक–७ श्रीपाली टोलस्थित काजीमान श्रेष्ठको घरमा भाडामा बस्दै आएका उनले २८ वर्षीया श्रीमती ममिला राईलाई कुटपिट गरी हत्या गरे. . .
विराटनगर । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड झोराहाट शाखाको वित्तीय साक्षरता तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ। सवारी चालकहरुलाई ट्राफिक प्रहरीको सहयोगमा दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतना मुलक तालिम तथा बैंकको तर्फबाट वित्तीय साक्षरता सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको हो। द. . .
संखुवासभा । जिल्ला अस्पताल संखुवासभामा न्यूनतम सेवा मापदण्डमा ८३ अंक प्राप्त गरेको छ । न्यूनतम सेवा मापदण्ड मापनमा ८३ प्रतिशत अंक प्राप्त गरेको हो । जिल्ला अस्पतालले दिने सेवा सुविधामा वृद्धि गर्ने र न्यूनतम सेवा गुणस्तरीय रूपमा दिने उद्देश्यले अस्पतालकाृ क्षमता मूल्यांकन गर्न गरिएको हो । अस्पत�. . .
सल्लेरी (सोलुखुम्बु) । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले कफीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । कफी प्रशोधन गरी अन्तराष्ट्रिय बजारमा पु¥याउने लक्ष्यका साथ गाउँपालिकाले बुधबार कफीको न्यूनतम समर्थन मूल्य तोकेको हो । कफी कृषक तथा अन्य सरोकारवालासँगको अन्तरक्रियापछि वैज्ञानिक ढङ्गबा�. . .
विराटनगर । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम उपकुलपति प्रा. डा. प्रल्हाद कार्कीको नियुक्ति बदर गर्न माग गर्दै उच्च अदालत विराटनगरमा रिट निवेदन दायर भएको छ । उनको नियुक्ति गैरकानुनी भएको दाबी गर्दै मंगलबार रिट दायर भएको हो । धरानका सुमन श्रेष्ठले दायर गरेको �. . .
विराटनगर । मौसमी कामदारका रुपमा दक्षिण कोरिया पठाइदिने भन्दै युवाहरुबाट रकम लिएको इलामस्थित एउटा संस्थाबाट प्रशासनले लाखौं रकम फिर्ता गराएको छ । कोरिया पठाइदिने भन्दै सीपमूलक तालिम सञ्चालन गरेको ‘एसीई स्किल ट्रेनिङ सेन्टर’ तालिमका लागि युवाबाट रकम लिएको थियो । त्यसबारे उजुरी परेपछि इलाम जिल्ला. . .