पुर्व

सङ्खुवासभाको खाँदबारीबाट गर्भवती महिलाको उद्धार

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको सदरमुकाम खाँदबारीबाट एक गर्भवती महिलाको उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना हुनुभएकी भोजपुरको षडानन्द नगरपालिका–८ तुङ्गेछाकी ३५ वर्षीया रिना सार्कीलाई नेपाली सेनाको हेलिकप्टरको सहयोगले उद्धार गरिएको जिल्ला अस्पताल सङ्खुवासभाका मेडिकल अ�. . .


सीमासँग जोडिएका स्थानीयबीच नेपाल–भारत सम्बन्ध चर्चा

विराटनगर । नेपाल भारत सम्बन्धलाई काठमाडौ र दिल्लीको भन्दा सीमा वारिपारी बस्ने स्थानीयको नजरले हेर्न सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित कार्यक्रममा वक्ताहरुले सुझाब दिएका छन् । नेपाल भारतको एउटा महत्वपूर्ण छिमेकी भएकोले सदियौँ पुरानो नागरिक सम्बन्ध र विश्वासलाई सीमाले छुट्याउन नहुने बताएका . . .


उर्लाबारी आगलागीमा घाईते पाँचजनाको मृत्यु

विराटनगर । मोरङको उर्लाबारीमा २६ कात्तिकमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ । उर्लाबारी नगरपालिका ७ को सुनपसलमा भएको आगलागीमा परी घाईते भई उपचारतमध्ये मृत्यु हुनेको संख्या पाँच पुगेको हो । आगो निभाउने क्रममा सिलिण्डर विस्फोट हुँदा चार प्रहरीसहित २८ जना घाइते थिए । सोमबार राति उ�. . .


अदालतको फैसला छल्नेहरु धमाधम पक्राउ पर्दै

विराटनगर । मोरङ सुन्दरहरैंचा नगरपालिका–१० का समिर तामाङ चोरी मुद्दाका फरार हुन् । उनी मोरङ जिल्ला अदालतको फैसालले दोषी ठहर भएपनि फरार थिए । उनी विरुद्ध चार दिन कैदको फैसला भएको थियो । उनी जस्तै सुन्दरहरैंचा–१० का नविन सार्की समेत चोरी मुद्दाका दोषी हुन् । चार दिन कैद बस्नुपर्ने उनी फरार सूचिमा रहेका थ. . .


भोजपुरको खोक्सिक र बाउराङमा विद्युत् सेवा विस्तार

भोजपुर । भौगोलिक रूपमा विकट मानिने रामप्रसादराई गाउँपालिकाको खोक्सिक र बाउराङ गाउँमा बिजुली बत्ती बलेको छ । रामप्रसादराई–८ मा पर्ने यी स्थानमा वडा कार्यालयले विद्युत् विस्तार गरेको हो । विद्युत् विस्तार भएपछि वर्षौँदेखि विद्युत् उपयोग गर्न नपाएका स्थानीयलाई सहज भएको छ । कुटानी पिसानीलगायतसँगै द. . .


मदन भण्डारी राजमार्ग : झापा–सुनसरी खण्डका १४ पुल निर्माण

झापा । मदन भण्डारी राजमार्गअन्तर्गत झापा–सुनसरी खण्डमा पर्ने ३७ पुलमध्ये १४ वटाको निर्माण सम्पन्न भएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका प्रमुख गोपालप्रसाद खकुरेलका अनुसार बाँकी रहेका अधिकांश पुलको समेत मूल संरचनाको काम सकिएको छ । उहाँले निर्माण सम्पन्न पुल ४० देखि चार सय मिटर दूरीस�. . .


खोटाङमा पोखरीमा डुबेर बालिकाको मृत्यु

खोटाङ । खोटाङको साकेला गाउँपालिका-२ स्थित माछा पोखरीमा डुबेर एक जना बालिकाको मृत्यु भएको छ । आइतबार दिउँसो साढे १ बजे बराहपोखरी गाउँपालिका-६ स्थित मामा घरमा बस्दै आएकि बिरधन राईको साढे २ बर्षकी छोरी आरिमा राई घर नजिकै रहेको माछा पोखरीमा खेल्ने क्रममा पोखरीमा डुबेको अवस्थामा स्थानीयले देखि उद्धार गर. . .


नौमती बाजा बजाउँदै महिला समूह

रेसुङ्गा (गुल्मी) । गुल्मीको मदाने गाउँपालिका–६ का सुस्मिता घर्तीलाई बाजा बजाउन भ्याइनभ्याई छ । नौमती बाजा बजाउनेमध्ये एक उहाँ समूहमा बाजा बजाउँदै हिँड्नुहुन्छ । महिला पनि अगाडि बढ्नुपर्छ भन्ने ध्येयले आफू बाजा बजाउँदै समूहमा हिँड्न थालेको उहाँले बताउनुभयो । “महिला पनि सीप सिकेर अगाडि बढ्नुपर्छ”,. . .


पूर्वीनाका काँकडभिट्टाबाट निर्यातभन्दा पाँच गुणा बढी तरकारी आयात

झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको तीन महिनामा निर्यातका तुलनामा पाँच गुणाभन्दा धेरै ताजा तरकारी भारतबाट आयात भएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाको प्रथम त्रैमासिक अभिलेखअनुसार आर्थिक वर्ष २०८०/८१ को साउन, भदौ र असोजमा भारतबाट रु ४७ करोड ९७ लाख ६० हजार मूल्यबराबरको . . .


जग्गा दलालले यसरी फसाए रतुवामाईमा ६० वर्षमाथिका पाँचजना किसान

विराटनगर । मोरङको रतुवामाई नगरपालिकमा किसानलाई जग्गा दलालले योजनामा फसाएको स्थानीयले दावी गरेका छन् । प्रहरी नियन्त्रणमा रहेका पाँचजना ६० वर्षमाथिका उनीहरु खेती किसानी गरेर गुजारा चलाउँदै आएका हुन् । जम्मा सात जनाको जग्गा बिक्रीका लागि दलालमार्फत प्रक्रिया अगाडी बढाइएको थियो । त्यसमा पक्राउ पर्. . .


कार्यालय नपसी वडाको सिफारिस, पाँचजना पक्राउ

विराटनगर । मोरङको रतुवामाइ नगरपालिका–३ मा सेवाग्राहीले वडा अध्यक्षको किर्ते हस्ताक्षर गरेर घर बाटो सिफारिस बनाएको आरोपमा पाँचजना पक्राउ परेका छन् । वडााबाट लिनुपर्ने सिफारिसका लागि कार्यालयमै नपसी उनीहरुले सरकारी छाप किर्ते गरेको आरोप लागेको हो । जग्गा किनबेचका लागि रंगेली मालपोत कार्यालयमा का�. . .


खोटाङ र तेह्रथुममा रुखले किचेर दुई जनाको मृत्यु

विराटनगर । खोटाङ र तेह्रथुम जिल्लाको छुट्टा छुट्टै स्थानमा रुख काट्ने क्रममा रुखले किचेर दुई जनाको मृत्यु भएको छ । शनिबार दिउँसो तेह्रथुमको लालीगुराँस नगरपालिका-४ का ५४ बर्षीय धन बहादुर पौडेलले आफ्नै बारीमा रहेको उत्तिसको रुख काटी डोरीले तान्ने क्रममा रुखले किच्दा घाईते भएका उनलाई उपचारको लागि जि�. . .