विराटनगर । मोरङको केरावारीमा एमालेका सुमन मिरिङचिङले १ सय ८७ मत प्राप्त गर्दै सुरुवाती अग्रता लिएका छन् । काँग्रेसका रोहित कार्कीले १६७ मतसहित पछ्याईरहेका छन् । उपमेयरमा एकीकृत समाजवादीका सुभ्रदा राईले १७६ मत प्राप्त गरेकी छिन् । एमालेकी मनमाया मगरको १ सय ७८ मत छ ।. . .
झापा । झापाको दमक नगरपालिकामा महागठबन्धनबाट राप्रपाका उमेदवारलाई पछि पार्दै एमाले अग्रता लिइकी छिन् । रााप्रपाका राम थापालाई १९ मतले पछि पार्दै एमाले उमेदवार गीता अधिकारीले ३८० मत प्राप्त गरेकी छिन् । थापाले ३६१ मत पाएका छन् । उपमेयरमा काँग्रेसका उमेदवारले ३५८ र एमाले उमेदवार ३४० मत छ ।. . .
भोजपुर । भोजपुरको भोजपुर नगरपालिका–१ को वडाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का जिरामणि राई निर्वाचित भएका छन् । राईले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भक्तबहादुर तामाङलाई १४ मत अन्तरले पराजित गरेका हुन् । राईले २२३ मत पाउँदा तामाङले २०९ मत प्राप्त गरेका छन् । एमालेका टेकबहादुर तामाङले भ�. . .
फुङ्लिङ । चीनको सिमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ याङमा मतदान केन्द्रबाट मतगणनास्थलसम्म मतपेटीका आइपुग्न तीन दिन लाग्ने भएको छ । वैकल्पिक व्यवस्थापनको समस्याका कारण उक्त स्थानको मतिपेटिका पैदलमार्ग हुँदै मतगणनास्थल ल्याउन लागिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । �. . .
इलाम । इलामको देउमाई नगरपालिकामा प्रहरीले दुई राउन्ड हवाई फायर गर्नुपरेको छ । मतगणनाको विषयलाई लिएर विवाद हुँदा त्यहाँ अशान्त स्थिति सिर्जना भएको हो । गणनामा बसेको कर्मचारीको गोजीबाट स्वस्तिक छाप फेला परेको भन्दै गठबन्धन दलले पुनः चुनावको माग गरेपछि तनाव सुरु भएको थियो । जिल्ला प्रहरी कार्यालयक�. . .
विराटनगर । भद्रपुर नगरपालिकामा नेपााली कांग्रेसले सुरुवाती अग्रता बनाएको छ । शनिबार बिहानबाट सुरु भएको मतगणनाको प्रारम्भिक मत परिणाममा कांग्रेसले अग्रता बनाएको हो । भद्रपुर नगरपालिका १ को मतगणनामा मेयरमा नेपाली कांग्रेसले ३ सय ३९ मत प्राप्त गरेको छ भने नेकपा एमालेले १ सय ९९ मत प्राप्त गरेको छ । प्�. . .
धरान उपमहानगर पलिकाको मतगणना सुरु भएको छ। शनिबार बिहान पौने ११ बजेदेखि मत गणना सुरु भएको हो। धरानमा १,२ र ३ वडाको मत गणना सुरु गरिएको निर्वाचन अधिकृत पुष्कर नेपालले बताए। उनले तीन ठाउँमा मत गणना सुरु गरिएको बताए।. . .
ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं ६ नाल्बुमा नेकपा एमाले वडाध्यक्षसहित वडाका सबै सदस्य पदमा विजयी भएको छ। एमाले उम्मेदवार मनोजकुमार तुम्बाहाम्फे ४ सय ५६ मतसहित विजयी भएका छन्। उनका निकटतम् प्रतिद्धन्द्धि रुख चिन्ह लिएर चुनावी मैदानमा रहेका ठाकुरसिंह लिम्बूले ३ सय २४ मत प्राप्त ग�. . .
भोजपुर । भोजपुरको शाल्पासिलिछोमा नेपाली काङ्ग्रेसले खाता खोलेको छ । वडा नम्बर नं. १ मा नेपाली काँग्रेसका गणेश बुढाथोकी विजयी भएका हुन् । काँग्रेसका बुढाथोकीले ३७८ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका छन् । बुढाथोकीका प्रतिद्वन्दी एमालेका मिन बहादुर थापाले ३६० मत मात्रै ल्याएका छन् । वडासदस्यहरु. . .
विराटनगर । रंगेली नगरपालिकामा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । अहिलेसम्म ४ सय ६९ मतगणना हुँदा मेयरमा कांग्रेसका उम्मेदवार मोदराज घिमिरेले ३१३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका दिलीपकुमार बगडियाले २८२ मत पाएका छन् । त्यस्तै उपमेयरमा एमालेकी भुमा पराजुलीले १ सय २९ र जसपाका पन्नाल�. . .
सोलुखुम्बुको सोताङमा कांग्रेस र माओवादी कार्यकर्ता बीच झडप हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोताङ ३ का माओवादी कार्यकर्ता ३५ वर्षीय सुदीप राई रहेको प्रहरीले जनाएको छ । गएराति सोताङको खहरे भन्ने स्थानमा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप भएको थियो ।. . .
विराटनगर । कानेपोखरी गाउँपालिका र उर्लाबारी नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । ग्रामथान र मिक्लाजुङ गाउँपालिकामा भने नेपाली कांग्रेसले अग्रता लिएको छ । प्रारम्भिक मतपरिणाम अनुसार ग्रामथानको अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार थारुले ८७ र एमालेका शिवनारायण माझी थारुले ५४ मत ल्याएका छ. . .