अन्तराष्ट्रिय

केन्यामा शबाब आक्रमणमा छ जनाको मृत्यु

सोमालियासँग सीमा जोडिएको केन्याको तटीय लामु क्षेत्रमा सोमबार संदिग्ध अल-शबाब लडाकूहरूले गरेको आक्रमणमा छ जनाको मृत्यु हुनाका साथै थुप्रै घरहरूमा आगजनी भएको स्थानीय सरकारी अधिकारीले बताएका छन् । लामु काउन्टी आयुक्त इरुंगु मचारियाले जनाएअनुसार विधु भनिने ठाउँमा अल-शबाबको आक्रमण छ को निधन भएको छ । �. . .


चीनमा भूकम्पमा परी २२ जना घाइते

दक्षिणपश्चिम चीनको युनान प्रान्तको निङ्लाङ काउन्टीमा आइतबार आएको ५.५ म्याग्निच्युडको भूकम्पमा परी २२ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले अधिकारीहरूलाई उद्धृत गर्दै जानकारी दिएका छन् । चीनको दक्षिणपश्चिमी युनान प्रान्तको लिजियाङ शहरमा ५.५ म्याग्निच्युडको भूकम्प गएको चाइना अर्थक्वेक नेटवर्क �. . .


रुस र टर्कीका राष्ट्रपतिबीच फोनवार्ता

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दाेगानबीच आइतबार फोनवार्ता भएको छ । उहाँहरुका बीचमा आइतबार फोनमा वार्ता भएको समाचारमा जनाइएको छ । टर्कीका राष्ट्रपतिको कार्यालयले जनाएअनुसार उहाँहरुका बीचमा द्धिपक्षी सम्बन्धको विकास गर्नुका साथै क्षेत्रीय विकासका विभिन्न क�. . .


अमेरिकामा २४ घण्टामा करिब २ हजार उडान रद्द भएका छन्

संयुक्त राज्य अमेरिकामा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि स्थानीय समयानुसार आइतबार बिहानसम्म करिब २ हजार उडानहरू रद्द गरिएका छन् । आज बिहान ८ः३० बजेसम्म अमेरिकाभित्र वा बाहिर जम्मा एक हजार ९५६ उडानहरू रद्द गरियो । जबकि अमेरिकाभित्र र बाहिर अन्य ८७० उडानहरू ढिलाइ भएको फ्लाइटअवेयरलाई उद्धृत गर्दै द . . .


सुडानका प्रधानमन्त्रीद्धारा राजीनामा

सुडानका प्रधानमन्त्री अब्दुल्लाह हामदोकले राजीनामा दिनुभएको छ । उहाँले आइतबार आफ्नो पदबाट राजीनामा दिनुभएको समाचारमा जनाइएको छ । सुडानमा पछिल्लो समय राजनीतिक संकट गहिरिँदै गएको छ । यहाँ प्रजातान्त्रिक प्रक्रियाबाट निर्वाचनको प्रयास भने जारी छ । राजनीतिक संकट थप बढ्दै गएका बेला उहाँले आफ्नो पदब�. . .


चीनको युनानमा ५.५ म्याग्निच्युडको भूकम्प

चीनको दक्षिणपश्चिमी युनान प्रान्तको लिजियाङ शहरमा ५.५ म्याग्निच्युडको भूकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टर (CENC) ले जनाएको छ । आइतबार (बेइजिङ समय) दिउँसो ३:०२ बजे भूकम्पको धक्का महसुस गरिएको सिन्ह्वाले जनाएको छ। हालसम्म कुनै हताहतको खबर छैन । थप विवरण आउँन बाँकी छ।. . .


दक्षिण अफ्रिकाको संसद् भवनमा आगलागी

दक्षिण अफ्रिकाको केप टाउनमा रहेको संसद् भवनमा आइतबार बिहान आगलागी भएको छ । सुरक्षा र सुरक्षाका लागि मेयरल समितिका सदस्य जेपी स्मिथले जनाएअनुसार राष्ट्रिय सभा भवनमा आगो लागेको थियो र आगो छतमा फैलिएको थियो । उक्त दुर्घटनाम हालसम्म कुनै हताहतको खबर आएको छैन । "आगो नियन्त्रणमा आउन सकेको छैन र भवनका केही . . .


मस्कोमा भएको बस दुर्घटनामा पाँच जनाको मृत्यु २१ घाइते

मस्कोको दक्षिणी भागमा आइतबार बिहान भएको बस दुर्घटनामा पाँच जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएको रुसी अधिकारीहरूले बताएका छन्। रुसको फेडरल रोड ट्राफिक इन्स्पेक्शन एजेन्सीले रियाजान क्षेत्रमा स्थानीय समय अनुसार बिहान ५:४५ बजे (०२४५ GMT) दुर्घटना भएको बताएको छ । "दुर्घटनाको परिणाम स्वरूप पाँच जन�. . .


बिहीबार विश्वभर २८ सयभन्दा बढी उडान रद्द, १२ हजार विलम्ब

कोरोनाभाइरसको ओमिक्रोन संस्करणले एयरलाइन्सहरूमा कर्मचारी अभावको कारण बिहीबार विश्वभर २,८०० भन्दा बढी उडानहरू रद्द भएका छन् भने झन्डै १२,००० भन्दा बढीको उडानमा विलम्ब भएको ट्र्याकिङ वेबसाइट फ्लाइटअवेयरले देखाएको छ । "हामी २ जनवरी २०२२ भन्दा पहिले निर्धारित गैर-आवश्यक यात्रा गर्ने यात्रुहरूलाई हा�. . .


भारतमा कोरोना भाइरसबाट थप १६ हजार ७६४ सङ्क्रमित

भारतमा कोरोना भाइरसबाट थप १६ हजार ७६४ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शक्रबार जानकारी दिएको छ । यसैसँगै भारतमा कूल कोरोना सङ्क्रमित सङ्ख्या तीन करोड ४८ लाख ३८ हजार ८०४ पुगेका पनि सो मन्त्रालयले जानकारी दिएको छ । गत २४ घण्टामा थपिएका सङ्क्रमितमध्ये एक हजार २७० जना ओमि�. . .


अमेरिकी- रुसी राष्ट्रपति बीच फोनवार्ता

अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना रूसी समकक्षीलाई फोनवार्तामा आणविक युद्ध शुरु गर्न नहुने र यसबाट राम्रो परिणाम निक्लन नसकिने बताउँनुभएको क्रेमलिनका सहयोगी युरी उशाकोभले बताएका छन् । "यो धेरै महत्त्वपूर्ण छ कि राष्ट्रपति बाइडेनले वार्तालापको क्रममा बारम्बार आणविक युद्ध शुरु गर्नु हुँदैन र ज�. . .


नयाँ दिल्लीमा ओमिक्रोन भेरियन्ट समुदायस्तरमा फैलिएको पुष्टि

दिल्ली सरकारका स्वास्थ्यमन्त्री सत्यन्द्र जैनले नयाँ दिल्लीमा कोरोना भाइरसको घातक मानिएको ओमिक्रोन भेरियन्ट समुदाय स्तरमै पुगेको बताउनुभएको छ । हालैका स्वास्थ्य वैज्ञानिकहरुका अनुसन्धानबाट ओमिक्रोन समुदायमै पुगेको पाइएको अधिकारीहरुले जनाएका उहाँले बताउनुभयो । अनुसन्धानबाट ओमिक्रोनको सङ्क. . .