सोमनाथ लामिछाने/रासस काठमाडौं । अक्टोबर ७, २०२३ अर्थात् २०८० असोज २० गते इजरायलले एक अकल्पनीय घटनाको सामना गर्नु परेको थियो । गाजा क्षेत्रबाट एकाएक प्रवेश गरेका हमासका केही हजार लडाकूले बलियो इजरायली सुरक्षा तैनाथीलाई छक्याएर इजरायलको दक्षिणका किब्बुज र आसपासमा भिषण हमला गरेका थिए । यस हमलाबाट किब�. . .
जेरूसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले शनिबार गाजायुद्धविराम र बन्धक मुक्त गर्ने सम्झौतालाई इजरायलको मन्त्रिपरिषद्ले अनुमोदन गरेको जनाएको छ । आइतबारदेखि सुरु हुने युद्धविरामले गाजाको अहिलेसम्मकै सबैभन्दा घातक युद्धमा लडाई र बमबारी रोकिनेछ । यसले सन् २०२३ को अक्टो�. . .
रावलपिण्डी (पाकिस्तान) । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा बीबीलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको छ । फसलामा खानलाई १४ वर्षको जेल सजाय सुनाएको छ । न्यायाधीश नासिर जावेद राणाले फैसलाबारे भन्नुभयो, “अभियोजन पक्षले आफ्नो मुद्दा प्रमाणित गरेक�. . .
बेइजिङ । चीनले गत वर्ष दशकयताकै सबैभन्दा कम आर्थिक वृद्धिदर हासिल गरेको तथ्याङ्कले देखाएको छ । आगामी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्भावित व्यापार गतिरोधले चीनलाई आगामी केही बर्ष आर्थिक वृद्धिदरमा बृहत्तर विकास गर्न समस्या हुने विश्लेषकहरूले आँकलन गरेका छन् । बेइजिङले हालैका महिनाह�. . .
बेइजिङ । एप्पलका लागि उत्कृष्ट बजार रहेको चीनमा सन् २०२४ मा यसले सबैभन्दा बढी बिक्री हुने स्मार्टफोन ब्राण्डको हैसियत गुमाएको नयाँ तथ्याङ्कले देखाएको छ । क्यालिफोर्नियामा मुख्यालय रहेको विश्वप्रसिद्ध विशाल प्रविधि कम्पनी एप्पलले विश्वको दोस्रो ठूलो अर्थतन्त्र भनिने चीनमा विक्रीको १५ प्रतिशत ब�. . .
मुम्बई । बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार हुँदा उहाँ सख्त घाइते हुनुभएको छ । उहाँलाई धारिलो हतियारले आक्रमण हुँदा छ ठाउँमा चोट लागेको उहाँको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । अस्पतालले उहाँलाई लागेको चोटमध्ये दुई वटा गहिरो भएको र एउटा उहाँको मेरुदण्डनजिकै रहेको जनाएको छ । खानको बान�. . .
एजेन्सी । इजरायल र हमासबीच गाजामा युद्धविरामको निर्णयले त्यहाँ खुशीयाली छाएको छ । इजरायली बन्धकहरूलाई रिहा गर्ने सहमति भएसँगै मानिसहरु सडकमा उत्रिएर खुशी मनाइरहेका छन् । कतारमा इजरायल र हमासबीच युद्धविरामको सहमति भएसँगै बन्धक रिहाइको प्रक्रिया थालिने जनाइएको छ । जसका कारण इजरायली शहरहरु र गाजाम�. . .
दोहा । इजरायल र हमासबीच युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौता भएको छ । कतार र संयुक्त राज्य अमेरिकाले गाजा युद्धविरामबारे बुधबार घोषणा गर्दै यसले गाजामा जारी युद्धको स्थायी अन्त्यका लागि मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरेका छन् । कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थ�. . .
सियोल । अनुसन्धानकर्ताहरुले महाभियोगपछि निलम्बित दक्षिण कोरियाली राष्ट्रपति युन सुक योललाई सरकारविरुद्ध विद्रोह भड्काएको आरोपमा बुधबार पक्राउ गरेको सीएनएनले जनाएको छ । “संयुक्त अनुसन्धान मुख्यालयले राष्ट्रपति युनलाई बुधबार बिहान १०ः३३ बजे पक्राउ गरेको हो,” अल जजिराले बुधबार जारी गरेको विज्ञप�. . .
सान फ्रान्सिस्को । संयुक्त राज्य अमेरिकाले सोमबार कृत्रिम बौद्धिकता (एआई) का लागि प्रयोग हुने उन्नत कम्प्युटिङ चिपहरूमा नयाँ निर्यात नियमहरू सार्वजनिक गरेको छ । यसले मित्र राष्ट्रहरूलाई बिक्री सहज बनाउने र चीन जस्ता देशहरूको पहुँचलाई थप सीमित गर्ने लक्ष्य राखेको छ । बन्द एआई मोडेलहरूका लागि तौलका . . .
टोकियो । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) का अनुसार सोमबार राति जापानको दक्षिण–पश्चिमी क्षेत्रमा ६.८ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण अधिकारीहरूले सुनामीको चेतावनी जारी गरेका छन् । जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले क्युशु क्षेत्रको मियाजाकी प्रिफेक्चर नजिकै भूकम्प गएपछि राति २. . .
लस एन्जलस । लस एन्जलसमा लागेको भीषण डढेलो र आगलागीका कारण आफ्नो घरबाट विस्थापित भएका दशौँ हजार मानिस कम्तीमा चार दिनसम्म घर फर्कन नसक्ने अधिकारीहरूले आइतबार बताएका छन् । आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या आइतबार रातिसम्म २४ पुगेको छ भने विस्तथापितको सङ्ख्या करिब एक लाखको हाराहारीमा रहेको छ । यस पहि. . .