खेलकुद

बुढासुब्बा गोल्डकपः फाइनल पुग्न एनआरटी र काँकडभिट्टा भिड्दै

विराटनगर । सुनसरीको धरानमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनलमा आज काँकडभिट्टा ट्रेनिङ सेन्टर र न्युरोड टिम (एनआरटी) बीच खेल हुँदैछ । एनआरटी त्रिभुवन आर्मीलाई पराजित गर्दै सेमिफाइनल पुगेको हो । काँकडभिट्टा ट्रेनिङ सेन्टरले झापा गोल्डकप च्याम. . .


धरानलाई हराउँदै एन्फा मोरङ फाइनलमा

विराटनगर । आयोजक धरान फुटबल क्लबलाई हराउँदै एन्फा मोरङ सुनसरीको धरानमा जारी २४औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनलमा आयोजक धरान फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गर्दै मोरङ उपाधिनजिक पुगेको हो । ९० मिने. . .


राष्ट्रिय टी–२० क्रिकेट : पुलिस र त्रिभुवन आर्मी विजयी

विराटनगर । मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस र त्रिभुवन आर्मी विजयी भएका छन् । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा आज भएको पहिलो खेलमा पुलिसले लुम्बिनीलाई ८ विकेटले पराजित गरी सेमिफाइनलमा पुग्ने आशा जिवितै राखेको . . .


त्रिकोणात्मक टी-२० क्रिकेटको उपाधि पीएनजीलाई

काठमाडौं । हङकङमा सम्पन्न त्रिदेशीय टी–२० शृखंलाको उपाधि पपुवा न्युगिनि (पीएनजी) ले जितेको छ । बुधबार हङकङको मिसन रोड ग्राउन्ड मोङ कोकमा सम्पन्न खेलमा नेपाललाई ८६ रनले पराजित गर्दै पिएनजीले उपाधि कब्जा गरेको हो । पीएनजीले दिएको एक सय ७२ रनको लक्ष्य पछ्याएको नेपाल १६ ओभर ३ बलमा अलआउट हुँदै ८५ रन मात�. . .


बुढासुब्बा गोल्डकपः पहिलो सेमिफाइनलमा आयोजक र एन्फा मोरङ भिड्दै

विराटनगर । सुनसरीको धरानमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत सेमिफाइनल खेल आजबाट सुरु हुँदैछ । पहिलो सेमिफाइनल खेलमा आयोजक धरान फुटबल क्लब र एन्फा मोरङबीच प्रतिस्पर्धा हुने भएको छ । आयोजक धरान फुटबल क्लब पाहुना टोली युकेएफसी भारतलाई हराउँदै सेमिफाइनल �. . .


त्रिकोणात्मक टी-२० क्रिकेटको उपाधिका लागि नेपाल र पीएनजी खेल्दै

काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक टी-२० क्रिकेटको उपाधि भिडन्त आज हुँदै छ । उपाधिका लागि नेपाल र पपुवा न्युगिनी (पीएनजी) आमने सामने हुन लागेका छन् । नेपालले पहिलो खेलमा घरेलु टोली हङकङसँग अंक बाँडेको थियो भने दोस्रो खेलमा पीएनजीलाई ८५ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । मंगलबार नै भएको दो�. . .


बार्सिलोना युरोपेली च्याम्पियन्सको क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । स्पेनिस क्लब बार्सिलोना इटालियन क्लब नापोलीलाई पराजित गर्दै युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बार्सिलोना सन् २०२० पछि पहिलो पटक क्वाटरफाइनलमा पुगेको हो । पहिलो लेग एक-एक गोलको बराबरी खेलेको बार्सिलोनाले दोस्रो लेगमा ३-१ को जित निकालेपछि समग्रमा ४-२ को नतिजाका �. . .


इनरुवामा चैत ५ गतेदेखि अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता हुने

विराटनगर । सुनसरीको इनरुवामा कुस्ती खेलको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरिने भएको छ । नेपाल निजामती कर्मचारी संगठन जिल्ला समितिको आयोजना तथा राष्ट्रिय युवा संघ नेपालको सहआयोजनामा प्रतियोगिता गर्न लागिएको हो । ‘प्रथम मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता २०८०’ को व्यवस्�. . .


राष्ट्रिय टी–२० क्रिकेट : कोशीलाई हराउँदै आर्मी सेमिफाइनलमा

विराटनगर । मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा त्रिभुवन क्लबको आर्मी र वागमती विजयी भएका छन् । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा मंगलबार भएको पहिलो खेलमा आर्मीले घरेलु टोली कोशी प्रदेशलाई ५ विकेटले पराजित गरेको छ । आर्मीसँग �. . .


हङकङलाई हराउँदै पिएनजी त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा

काठमाडौं । पपुवा न्युगिनी (पिएनजी) ले हङकङ –चाइनालाई १० विकेटले पराजित गरेको छ । मंगलबार मोगं कोगंमा भएको दोस्रो खेलमा पिएनजीले विना विकेटको क्षतिमा सहजै लक्ष्य भट्टायो । हङकङ –चाइनाविरुद्ध १ सय २२ रनको लक्ष्य पछ्याएको पिएनजीले १२ ओभर ४ बलमै लक्ष्य पूरा गर्यो । पिएनजीका लागि ओपनर द्वव टोनी उरा र सो�. . .


नेपाल त्रिकोणात्मक टी-२० क्रिकेटको फाइनलमा

काठमाडौं । नेपालले पीएनजीलाई ८५ रनले पराजित गर्दै हङकङमा जारी त्रिकोणात्मक टी-२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । घरेलु टोली हङकङसँग बर्षाका कारण खेल रद्द भएपछि अंक बाँडेको नेपाल मंगलबारको खेलमा विजयी भएसँगै फाइनलमा पुगेको हो । मंगलबारको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभर. . .


एसियन च्याम्पियन्स लिगको क्वाटरफाइनलबाटै बाहिरियो रोनाल्डोको टिम

काठमाडौं । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो आवद्ध अल नासर एसियन च्याम्पयिन्स लिगको क्वाटरफाइनलबाट बाहिरिएको छ । सोमबार राति भएको खेलमा युएइएको क्लब अल एइनसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि साउदी क्लब अल नासर बाहिरिएको हो । पहिलो लगेमा १-० ले पराजित भएको अल नासरले सोमबार रातिको दोस्रो लेगमा ४-३ क�. . .