कोकाखोलामा व्रम्हा कपालेश्वर महादेवको उत्पति

कोकाखोलामा व्रम्हा कपालेश्वर महादेवको उत्पति

धरान, २३ जेठ । सुनसरीको विष्णुपादुका गाउँ विकास समिति वडा नं ३ स्थित विष्णुपादुका मन्दिर छेउको कोकाखोलामा व्रम्हा कपालेश्वर महादेवको उत्पति भएको छ ।

केही दिन अघिदेखि विष्णुपादुका मन्दिरमा पूजा गर्न गएका पण्डितले सपनामा भगवानले आफूलाई पानीबाट बाहिर निकालिदिनु भनेपछि ती पण्डित सो स्थानमा गएर हेर्दा शिला फेला परेको हो ।

मन्दिरमा पुजा गर्न जानुभएका शिवप्रसाद उपाध्यायले मन्दिरमा राति उही बसेको र सपनामा बालकले भगवानको रुप लिएर मलाई खोलाबाट निकाली दिनुभनेपछि देखाएको स्थानमा गएर हेर्दा शिला फेला परेको बताउनुभयो ।

यस्तो शिला भारतको गयामा बाहेक नेपालमै पहिलो भएको पण्डितहरुको दावी रहेको छ ।

विष्णुपादुका मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष राजकुमार निरौलाले भगवान प्रकट भएर सपनामा दिएको आधारमा गएर हेर्दा भगवानको स्वरुप रुपी शिला फेला परेको बताउनुभयो ।

त्यस क्षेत्रका स्थानीय वासिन्दा वषौदेखि त्यहीवाट हिंड्दासमेत कसैको नजर पुगेको तर मन्दिरमा पुजाका लागि जानुभएका पण्डितहरुले सपनामा देखेको आधारमा खोलामा गएर हेर्दा शिला फेला पर्नुले पनि साक्षात देवता नै प्रकट भएको हुनसक्ने स्थानीयबासीको विश्वास रहेको छ ।

सो स्थानमा मन्दिर निर्माण गरिने उपाध्यक्ष निरौलाले बताउनुभयो ।

सो स्थानमा भगवानको दर्शन गर्नको लागि श्रद्धालुभक्तजनहरुको घुईंचो लाग्ने गरेको छ । विष्णुपादुका पितृश्राद्धको लागि प्रसिद्ध धार्मिकस्थलको रुपमा परिचित रहेकोछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्