मलेसियाका हलमा नेपाली फिल्म

मलेसियाका हलमा नेपाली फिल्म

विश्वकै आर्कषण रहेको टुईन टावर अर्थात केएलसिसिको सिनेमा घरमा नेपाली कथानक चलचित्र प्रर्दशन हुने भएको छ । नेपाल म्युजिक सेण्टरको पहलमा नेपाली कथानक चलचित्र ‘कहा  भेटिएला’ यही जुलाई ३ तारिखका दिन प्रर्दशन हुन थालेको हो ।

चलचित्र प्रर्दशनको लागि नायक श्रीकृष्ण श्रेष्ठ र नायिका स्वेता खड्का जुन २९ तारिखका दिन मलेसिया आउने भएका छन् । नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउनका लागि ‘कहाँ भेटिएला’ को प्रर्दशन गर्न थालिएको आयोजक मध्येका एक ग्यासेन लामाले बताउनु भयो । मलेसियामा नेपाली चलचित्र हलमा प्रर्दशन हुन लागेको यो पहिलो पटक हो ।

अत्यन्तै महँगो र विश्वकै ध्यान तानिएको केएलसिसिको हलमा चलचित्र देखाउँदा नेपाली चलचित्रको विश्व बजारमा राम्रो प्रभाव रहने भएकाले पनि उक्त स्थान रोजिएको लामाको भनाई छ ।

दुई सय ५३ सिट क्षमता रहेको टिजीभिको चार नम्वर हलमा प्रर्दशन हुने चलचित्रलाई मलेसियामा रहेका नेपालीले उत्साह र उत्सुकताका साथ लिइरहेका छन् । शिव रेग्मीको कथा र निर्देशन रहेको ‘कहाँ भेटिएला’ लाई नायक श्रीकृण श्रेष्ठले निर्माण गरेका हुन ।

नेपालमा ५१ दिन मनाउन सफल यो चलचित्र मलेसियामा पनि सफल प्रर्दशन हुनेमा धेरैले विश्वास लिएका छन । चलचित्रमा ‘रुपै खोज्ने आँखाहरु धेरै धेरै आउँछन, मन खोज्ने मायालुलाई कहाँ भेटिएला’ भन्ने शीर्षकका गीत निकै चर्र्चित रहेको छ ।

चलचित्रमा श्रीकृष्ण श्रेष्ठ, स्वेता खडका, निरुता सिहं, निर शाहलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्