नेपाली लिटिल स्टारको छनौट विराटनगरमा

नेपाली लिटिल स्टारको छनौट विराटनगरमा

विराटनगर/ १६ असार । प्रतिभावान् बालबालिकाहरुको रियालिटि शो ‘नेपाली लिटिल स्टार’का लागि विराटनगरबाट प्रतियोगी छनौट गर्नका लागि आयोजक संस्था ई–फोर इन्टरटेन्मेन्टले विराटनगरको बिरेन्द्र सभागृहमा आज छनौट प्रतियोगीता आयोजना गरेको छ । प्रतियोगीतामा ४६ जना बालीका र २६ जना बालक गरि जम्मा ७२ जना प्रतिश्पर्धी सहभागी छन् । असार १८ गते शनिबार अन्तिम चरणको छनौट गरि विजेता हुने प्रतियोगीलाई काठमाडौमा हुने फाइनलमा लगीने ई–फोर इन्टरटेनमेन्टका दिपक घिमिरेले आवर बिराटनगरलाई बताए । प्रतियोगीतामा बालबालिकाले आफ्नो नृत्य, गायन, चित्रकला लगायतका कला प्रस्तुत गरेका थिए । विराटनगरबाट साइमन्स डान्स सेन्टरले ई–फोर इन्टरटेनमेन्टलाई प्रतियोगिता गर्न सघाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्